default_image

3 years ago

June 20, 2021

डिपाए बार्सिलोनामा अनुबन्धित

एजेन्सी – क्याटलान क्लब बार्सिलोनाले डच तथा फ्रेन्च क्लब लियोनका फरवार्ड मेम्फिस डिपाएलाई क्लबमा अनुबन्ध गरेको छ । बार्सिलोनाले २७ वर्षीय फरवार्डलाई फ्रि ट्रान्सफरमा दुई वर्षको लागि अनुबन्ध गरेको हो । सम्झौता अनुसार उनी सन् २०२३ को सिजनको अन्त्यसम्म बार्सिलोनामा रहने छ । उनको बार्सिलोनामा सम्झौता लियोनमा सम्झौता सकिएपछि (३० जुन) पछि शुरु हुनेछ । […]

86 views

0 Bookmark

एजेन्सी – क्याटलान क्लब बार्सिलोनाले डच तथा फ्रेन्च क्लब लियोनका फरवार्ड मेम्फिस डिपाएलाई क्लबमा अनुबन्ध गरेको छ । बार्सिलोनाले २७ वर्षीय फरवार्डलाई फ्रि ट्रान्सफरमा दुई वर्षको लागि अनुबन्ध गरेको हो ।

सम्झौता अनुसार उनी सन् २०२३ को सिजनको अन्त्यसम्म बार्सिलोनामा रहने छ । उनको बार्सिलोनामा सम्झौता लियोनमा सम्झौता सकिएपछि (३० जुन) पछि शुरु हुनेछ । बार्सिलोनाले गत सिजनको दुई ट्रान्सफर बजारमा डिपाएलाई अनुबन्ध गर्ने प्रयास गरेको थियो ।

तर, त्यतिबेला दुवै क्लबबीच सहमति जुट्न सकेको थिएन । लियोनले गत सिजन डिपाएको लागि गत समरमा २० मिलियन युरो र जनवरीमा १० मिलियन यृरो माग गरेपनि बार्सिलोनाले आर्थिक मन्दीका कारण डिपाएलाई अनुबन्ध गर्न सकेको थिएन । अन्ततः फ्रि ट्रान्सफरमा डच प्रशिक्षक रोनाल्ड कोम्यानकोे रोजाईका फरवार्डलाई नयाँ सिजनमा अनुबन्ध गर्न सफल भएको हो ।

नयाँ सिजनको लागि बार्सिलोनाको यो चौथो अनुबन्ध हो । बार्सिलोनाले यसअघि इंग्लिस क्लब म्यानचेस्टर सिटीका अर्जेन्टिनी फरवार्ड सर्जियो अगुएरो, स्पेनिस सेन्टर ब्याक एरिक गार्सिया र स्पेनिस क्लब रियल बेटिसका ब्राजिली राइट ब्याक इमर्सनलाई रोयललाई अनुबन्ध गर्न सफल भएको थियो । अगुएरो र गार्सिया फ्रि ट्रान्सफरमा तथा इमर्सनलाई ९ मिलियन पाउन्ड खर्चिएको थियो ।

डिपाए अनुबन्धको लागि इटालियन क्लब युभेन्टस र फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) ले पनि चासो देखाएका थिए । डिपाए अहिले युरोपेली च्याम्पियनसिपमा व्यस्त रहेका छन् । उनको डच (नेदरल्यान्ड) को टोली एक खेल बाँकी छँदै समूह ‘सी’ को विजेताको रुपमा १३ वर्षपछि नकआउट चरणमा प्रवेश गरिसकेको छ ।

डिपाएले लियोनका लागि गत सिजन ४० खेल खेल्दा २२ गोल र १३ असिस्ट दिएका थिए । उनी २०१७ मा इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडबाट लियोन पुगेका थिए । लियोनमा पाँच सिजन बिताउँदा उनले १७८ खेलमा ७६ गोल गरेका छन् । उनको उच्च प्रदर्शनका बावजुत लियोन फ्रेन्च लिग वानमा शीर्ष चारमा रहँदा युरोपा लिगको लागि छनोट भएको छ ।

April 16, 2024

चेल्सीको‌ जितमा पाल्मेरको ४ गोल

एजेन्सी – चेल्सीले इंग्लिस प्रिमियर लिगमा सोमबार सानदार जित निकालेको छ। घरेलु मैदान स्टामफोर्ड ब्रिजमा भएको खेलमा चेल्सीले एभर्टनलाई ६-० ले हराएको हो । चेल्सीका कोले पाल्मेरले ४ तथा निकोलस ज्याक्सन र अल्फी गिलक्रिस्टले समान १ गोल गरेका थिए। १३ औं मिनेटमा पहिलो गोल गरेका पाल्मेरले २९ औंमा ह्याट्रिक पूरा गरेका थिए। उनले दोस्रो गोल […]

April 16, 2024

पुलिस जीतपुरसिमरा गोल्डकप च्याम्पियन

सुनिल गाउँले, सिमरा नेपाल पुलिस क्लबले जगदम्बा स्टिल १४ औं जीतपुरसिमरा गोल्डकप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । सिमरा रंगशालामा सोमबार भएको प्रतिस्पर्धात्मक फाइनल खेलमा मच्छिन्द्र क्लबलाई टाइब्रेकरमा ४–३ ले हराउँदै पुलिसले वर्षको पहिलो उपाधि जितेको छ । निर्धारित ९० मिनेट र थप समय गोलरहित बराबरीमा टुंगिएपछि टाइब्रेकरमा पुलिसले बाजी मारेको थियो । परिवर्तित गोलकिपर […]

April 15, 2024

लिभरपुलपछि आर्सनल पनि पराजित

एजेन्सी – लिभरपुलको हारपछि इंग्लिस प्रिमियर लिग शीर्षस्थानमा उक्लने मौकालाई आर्सनलले गुमाएको छ । आर्सनल आइतबार एस्टन भिल्लासँग २–० ले पराजित भएको छ । उपाधि होडमा रहेका दुई टोली लिभरपुल र आर्सनल पराजित भएपछि त्यसको फाइदा म्यानचेस्टर सिटीलाई पुगेको छ । खेलको अन्त्यतिर एस्टन भिल्लाले २ गोल गर्दै आर्सनलमाथि सानदार जित निकालेको हो । लियोन […]

Success

Thank you for your time.