4 years ago
July 16, 2021
काठमाडौ (हाम्रो खेलकुद) – टोकियो ओलम्पिकको सेभ दि मिसन रहेका राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव रमेशकुमार सिलवालको नेतृत्वमा टोकियो ओलम्पिक २०२० का लागि नेपाली जुडो र सुटिङ टोलीसहित १० सदस्यीय टोली शुक्रबार जापान प्रस्थान गरेका छन् ।

सदस्य–सचिव सिलवालको अनुपस्थितिमा राखेप बोर्ड एवं कार्यकारी समितिका सदस्य एकेन्द्र कुँवरले निमित्त सदस्य–सचिवको कार्यभार सम्हालने छन् । शुक्रबार जापान जानेमा जुडोबाट सोनिया भट्ट, प्रशिक्षक सुर्य नारायण श्रेष्ठ, व्यवस्थापक तुलसा थापा र प्रकाश शम्शेर राणा रहेका छन् ।
सुटिङबाट खेलाडी कल्पना परियार र प्रशिक्षक असिम यादवसँगै व्यवस्थापक सुनिलकुमार श्रेष्ठ रहेका छन् । पौडी टोली यसअघि नै जापान पुगिसकेको छ । पौडी खेलाडी एलेक्स शाह र प्रशिक्षक शंकर कार्की नेपालबाट तथा गौरिका सिंह बेलायतबाट जापान पुगिसकेका छन् । ओलम्पिकमा सहभागी हुने नेपाली टोलीलाई बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारीले आफ्नै निवासमा बिदाई गरेकी थिइन् ।

१९ जुलाईमा नेपाल ओलम्पिक कमिटिका अध्यक्ष जीवनराम श्रेष्ठसँगै महासचिव निलेन्द्रराज श्रेष्ठ र युवा तथा खेलकुद मन्त्रालयका सचिव केदार न्यौपानले टोली जापान जानेछन् । एथ्लेटिक्सको टोली २५ जुलाईमा जापान जाने कार्यक्रम छ । यसपटक टोकियो ओलम्पिकमा जाने सूचीमा रहेका २६ जना रहेपनि तेज गुरुङ नजाने भएका छन् ।
नेपालबाट चार खेलमा पाँच खेलाडीले सहभागिता जनाउँदैछन् । यसपटकको ओलम्पिकमा नेपालबाट सहभागि खेलाडीमा गौरिकाले महिला १०० सय मिटर फ्रि स्टाइल र एलेक्सले पुरुष १०० मिटर फ्रि स्टाइलमा प्रतिस्पर्धा गर्नेछन् । कल्पनाले महिला १० मिटर एयर राइफल, सोनियाले महिला ४८ केजी तौल समूहमुनि तथा सरस्वती चौधरीले महिला १०० मिटरमा नेपालको प्रतिनिधित्व गर्नेछिन् ।
प्रशिक्षकमा पौडीका शंकर कार्की, सुटिङका असिम यादव, जुडोका सूर्यनारायण श्रेष्ठ र एथलेटिक्सकी इन्द्राकुमारी मल्ल छन् ।
December 6, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१ औँ अन्तर मावि आइजीपी फुटबल रनिङ ट्रफीको चौथो दिन आज एनपिएस धरान, एनपिएस साँगा (निलो) र पिस प्वाइन्ट विद्यालय विजयी भए। पहिलो खेलमा नेपाल पुलिस स्कूल धरानले डिएभी स्कुल जावलाखेललाई १५- १ ले पराजित गर्यो । धरानका श्रीजन मल्लले एक्लैले ५ गोल गर्दै ‘प्लेयर […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]
December 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण अफ्रिकाका पूर्व कप्तान फाफ डु प्लेसिस आज नेपाल आइपुगेका छन्। दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने उनी सबै हाई प्रोफाइल खेलाडी हुनेछन्। उनलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्पी लामा तथा विराटनगर किंग्सका पदाधिकारीले स्वागत गरे। विमानस्थलमा नै पत्रकारसँग बोल्दै फाफले भने, ‘म यहाँ केही छोटो […]