default_image

3 years ago

July 18, 2021

सकिब चम्कँदा बंगलादेशलाई एक खेल अगावै सिरिज

एजेन्सी – अलराउन्डर सकिब अल हसनको उत्कृष्ट अलराउन्ड प्रदर्शनमा बंगलादेशले जिम्बावेलाई दोस्रो ओडिआई खेलमा ३ विकेट पराजित गरेको छ । योसँगै तीन ओडिआई खेलको सिरिज बंगलादेशले एक खेल अगावै २–० जितेको छ । जितको लागि २ सय ४१ रनको विजयी लक्ष्य पछ्याएको बंगलादेशले ४९.१ ओभरमा ७ विकेटको क्षतिमा पूरा गर्यो । सकिब १ सय ९ […]

43 views

0 Bookmark

एजेन्सी – अलराउन्डर सकिब अल हसनको उत्कृष्ट अलराउन्ड प्रदर्शनमा बंगलादेशले जिम्बावेलाई दोस्रो ओडिआई खेलमा ३ विकेट पराजित गरेको छ । योसँगै तीन ओडिआई खेलको सिरिज बंगलादेशले एक खेल अगावै २–० जितेको छ ।

जितको लागि २ सय ४१ रनको विजयी लक्ष्य पछ्याएको बंगलादेशले ४९.१ ओभरमा ७ विकेटको क्षतिमा पूरा गर्यो । सकिब १ सय ९ बलमा ८ चौका सहित ९६ रनमा अविजित रहँदै टोलीको जित पक्का गरे । ब्लेसिङ मुर्जाबानीलाई अन्तिम ओभरको पहिलो बलमा चौका प्रहार गर्दै सकिबले जित पक्का गरेका थिए । मोहम्मद सैफुद्दिन ३४ बलमा १ चौका सहित २८ रनमा अविजित रहे ।

आठौं विकेटका लागि सकिब र सैफुद्दिनले ६४ बलमा ६९ रनको महत्वपूर्ण साझेदारी गर्दै जित पक्का गराए । कप्तान तमिम ईकबाल २०, लिटन दास २१, मोहम्मद मिथुन २, मोद्दासेन हसैन ५ र महमुदूल्लाह २६ रनमा आउट भए । जिम्बावेका ल्यूक जोंगवेले सर्वाधिक दुई विकेट लिए । मुर्जाबानी, रिचर्ड नगाराभ, वेस्ले मेधभरे र सिकन्दर राजाले एक एक विकेट लिए ।

त्यसअघि हरारे स्पोटर््स क्लबमा टस जितेर ब्याटिङ थालेको जिम्बावेले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २ सय ४० रन बनाएको थियो । जिम्बावेका युवा ब्याट्सम्यान वेस्ले मधेभरेले ६३ बलमा ५ चौका र १ छक्का सहित सर्वाधिक ५६ रनको योगदान दिए । कप्तान बे्रन्डन टेलर ५७ बलमा ५ चौका र १ छक्का सहित ४६ रनमा हिट विकेटका रुपमा आउट भए । उनको ब्याटले स्टम्प लागेको थियो । सिकन्दर राजा ३०, डियोन मायर्स ३४ र रेजिस चकवभा २६ रनमा आउट भए । अन्यले राम्रो प्रदर्शन गर्न सकेनन् ।

बंगलादेशका तीव्र गतिका बलर शोरिफुल ईस्लामले १० ओभरमा ४६ रन खर्चेर ४ विकेट लिए । सकिब अल हसनले १० ओभरमा ४२ रन खर्चेर २ विकेट लिए । तस्किन अहमद, मेहेदी हसन र मोहम्मद सैफुद्दिनले एक एक विकेट लिए । बंगलादेश पहिलो खेलमा १ सय ५५ रनले विजयी भएको थियो । तेस्रो खेल मंगलबार हुने छ ।

April 19, 2024

फाइनल पुग्न यूएईलाई नेपालको सामान्य लक्ष्य

मस्कट (हाम्रो खेलकुद) – एसीसी मेन्स प्रिमियर कप २०२४ अन्तर्गत नेपालले पहिलो सेमिफाइनलमा यूएईलाई १ सय २० रनको सामान्य लक्ष्य दिएको छ । अल अमेरतस्थित ओमान क्रिकेट एकेडेमीको मैदानमा नेपालले टस हारेपछि ब्याटिङको निम्तो पाएको थियो । शीर्षक्रमले संघर्ष गर्दा नेपालले तल्लोक्रमका ब्याटरको सहयोगमा २० ओभरमा ९ विकेट गुमाएर १ सय १९ रन जोड्यो । […]

April 16, 2024

बहराइनको कम्बोडियाविरुद्ध सहज जित

मस्कट (हाम्रो खेलकुद) – ओमनमा जारी एसिसि प्रिमियर कप अन्तर्गत बहराइनले पहिलो जित दर्ता गरेको छ । पहिलो जित दर्ता गर्ने क्रममा बहराइनले कम्बोडिया माथि ७ विकेटको सहज जित हासिल गरेको हो । कम्बोडियाले दिएको ८४ रनको झिनो लक्ष्य बहराइनले १३.१ ओभरमा ३ विकेट गुमाएर भेटायो । बहराइनका लागि हैदर बटले २७ बलमा ३ चौका […]

April 10, 2024

आर्मीलाई हराउँदै मच्छिन्द्र सिमरा गोल्डकपको सेमिफाइनलमा

सुनिल गाउँले, सिमरा विभागीय टोली त्रिभुवन आर्मी क्लब विरुद्ध संघर्षपूर्ण जित निकाल्दै मच्छिन्द्र क्लब जगदम्बा स्टिल १४ औं जीतपुरसिमरा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । सिमरा रंगशालामा मंगलबार राति भएको प्रतिष्पर्धात्मक खेलमा मच्छिन्द्रले आर्मी १–० लाई हराउँदै अन्तिम चारको यात्रा तय गरेको हो । ६९ औं मिनटमा सौरभ लिम्बुले गरेको मच्छिन्द्रला लागि निर्णायक बनेको थियो […]

Success

Thank you for your time.