default_image

3 years ago

July 31, 2021

खेल्न उत्रिए प्रशिक्षक अलमुताइरी, प्रशिक्षणमा भने नफर्कने

काठमाडौं (हाम्रो खेलकुद) – पछिल्लो केहि दिन वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्वाङसँग विवादका कारण प्रशिक्षणमा सहभागी नरहेका नेपाली राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक अब्दुल्लाह अलमुताइरी मैदानमा फर्किएका छन् । शनिबार उनी प्रशिक्षण नभएर आन्तरिक मैत्रीपूर्ण खेलमा मैदानमा नै उत्रिए । फाइल तस्बिर प्रशिक्षक अलमुताइरीले खेलाडीलाई रणनीतिक रुपमा अब्बल बनाउने लक्ष्यसहित मैत्रीपूर्ण खेलमा प्रशिक्षणको जिम्मेवारी दिँदै आएका छन् । […]

81 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – पछिल्लो केहि दिन वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्वाङसँग विवादका कारण प्रशिक्षणमा सहभागी नरहेका नेपाली राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक अब्दुल्लाह अलमुताइरी मैदानमा फर्किएका छन् । शनिबार उनी प्रशिक्षण नभएर आन्तरिक मैत्रीपूर्ण खेलमा मैदानमा नै उत्रिए ।

फाइल तस्बिर

प्रशिक्षक अलमुताइरीले खेलाडीलाई रणनीतिक रुपमा अब्बल बनाउने लक्ष्यसहित मैत्रीपूर्ण खेलमा प्रशिक्षणको जिम्मेवारी दिँदै आएका छन् । सातदोबाटोस्थित एन्फा मैदानमा आजको खेलमा दुई युवा खेलाडीले प्रशिक्षणको जिम्मेवारी पाएका थिए । मैत्रीपूर्ण खेलमा पुजन उपरकोटी प्रशिक्षक रहेको टोली नितिन थापा प्रशिक्षक रहेको टोलीसँग ४-३ ले पराजित भएको थियो ।

दोस्रो हाफमा वैकल्पिक खेलाडीका रुपमा मैदान प्रवेश गरेका प्रशिक्षक अलमुताइरीले झन्डै आधा घण्टा खेलेका थिए । विजयी टोलीमा सम्मिलित अलमुताइरीको टोलीका लागि मनिष डाँगी, नवयुग श्रेष्ठ, आयुष घलान र प्रशिक्षक विकास मल्लले गोल गरेका थिए । अर्को टोलीका लागि रोहित चन्दले दुई तथा संजोक राइले एक गोल गरे ।

प्रशिक्षक अलमुताइरी टोलीलाई प्रशिक्षण गराउनका लागि भने अखिल नेपाल फुटबल संघ (एन्फा) ले कुनै निर्णय नलिँदासम्म नजाने राष्ट्रिय टोलीका व्यवस्थापक मधुसुदन उपाध्यायले जानकारी दिए । ‘हरेक हप्ता बिहीबार वा शनिबार मैत्रीपूर्ण खेल खेलाउने तालिका छ । त्यसैका लागि प्रशिक्षक आज जानु भएको हो’, एन्फा केन्द्रिय सदस्य समेत रहेको उपाध्यायले भने, ‘प्रशिक्षण गराउने विषयमा भने एन्फाको निर्णयपछि मात्र थाहा हुन्छ ।’

व्यवस्थापक उपाध्यायले प्रशिक्षणमा नफर्कने भनिरहँदा यसैपनि राष्ट्रिय टोलीको खेलाडीलाई केहि दिन विश्राम दिइएको छ । पूर्व निर्धारित तालिका अनुसार नै खेलाडीलाई विश्राम दिने योजना रहेको एन्फाले यसअघि नै जनाएको थियो । लामो समयदेखि घरबाहिर रहेको र साफ च्याम्पियनसिप सरेसँगै एन्फाले अघिल्लो साता नै विश्राम दिने योजना बनाएको थियो ।

एन्फा आफै विवाद समाधानका लागि असफल भएपछि छानबिन गर्न एन्फा केन्द्रिय समितिको आपकालीन बैठकले युवा तथा खेलकुद मन्त्रालयलाई अनुरोध गर्ने निर्णय गरेको थियो । वरिष्ठ उपाध्यक्ष नेम्बाङ र अलमुताइरीले दुवै एकअर्काविरुद्ध छानबिनका लागि अलग अलग निवेदन एन्फाले आपतकालीन बैठक राखेको थियो ।

अलमुताइरीले एन्फाका वरिष्ठ उपाध्यक्ष नेम्बाङसहित एउटा खेलकुद अनलाइनका दुई सञ्चारकर्मीका विषयमा छानबिन गर्न बिहीबार एन्फामा पत्र दर्ता गराएका थिए । अनलाइनका एक सञ्चारकर्मीले आइतबार नै अलमुताइरीले दुव्र्यवहार गरेको भन्दै छानबिन गर्न माग गरेकी थिइन् ।
गत साता बिहीबार आफूसँग दुई सञ्चारकर्मीबीच भएको विवादमा वरिष्ठ उपाध्यक्ष नेम्बाङको भूमिका रहेको अलमुताइरीले आरोप लगाउँदै आएको बताइएको छ ।

अलमुताइरीले आइतबार सामाजिक सञ्जालमा समर्थकलाई सम्बोधन गर्दै एन्फाका वरिष्ठ उपाध्यक्ष नेम्बाङका कारण आफूले राजीनामा दिन लागेको घोषणा गरेका थिए । यद्दपी उनले लिखित राजीनामा भने दिएका छैनन् । अर्कोतर्फ नेम्बाङले भने एन्फाको आउने निर्वाचनलाई प्रभावित गर्नेगरि आफूमाथि आरोप लगाएको बताएका थिए । उनले अलमुताइरीको आरोपका सत्यता नभएको उल्लेख गर्दै छानबिनका लागि एन्फा केन्द्रिय समितिको बैठक माग गरेका थिए ।

नेम्बाङको माग अनुसार नै एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पाले केन्द्रिय समितिको आपकालीन बैठक डाकेका हुन् । आपकालिन बैठकमा अलमुताइरीलाई समेत उनको भनाई राख्न बोलाइएको थियो । नेम्बाङको निवेदन पढ्दा उनले एन्फाले आफ्नो बचाउ नगरको भन्दै रिसाएका थिए । उनी बैठकको बीचबाट निस्केका थिए । त्यसपछि नेम्बाङसहित उपाध्यक्ष कृष्णबहादुर थापा, वीरबहादुर खड्का र सदस्य दाबा लामा बैठक नसकिदै निस्केका थिए । त्यसपछि छानबिनका लागि मन्त्रालयलाई अनुरोध गर्ने निर्णय भएको थियो ।

April 23, 2024

आदर्श च्यालेन्ज कप – आदर्श र ध्रुवताराबीच उद्घाटन खेल हुने

हिमाल खरेल, मेचीनगरझापाको बुद्धशान्तिमा शनिबार सुरु हुने तेस्रो आदर्श च्यालेन्ज कप फुटबल प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ । खेल मैदान बुद्ध आदर्श माविको सभाहलमा आज भएको पत्रकार सम्मेलनमा खेल तालिका सार्वजनिक भएको हो । खेल तालिकाअनुसार उद्घाटन खेलमा आयोजक आदर्श युवा क्लबले दमकको ध्रुवतारा स्पोर्टिङ क्लबको सामना गर्नेछ । त्यस्तै, दोस्रो खेल आइतबार बिर्तामोड […]

April 23, 2024

बेलिङहमले जिते ब्रेकथ्रु अवार्ड

एजेन्सी – इङ्ल्यान्ड तथा स्पेनिस क्लब रियल म्याड्रिडका युवा मिडफिल्डर जुड बेलिङहमले अवार्ड जितेका छन् । बेलिङहमले सन् २०२४ को लौरेस वल्ड स्पोर्ट्स ब्रेकथ्रु अफ द इयर अवार्ड जितेका हुन् । गत समरमा जर्मन क्लब बोरुसिया डर्टमुन्डबाट ८९ मिलियन पाउण्डमा रियल आएका २० वर्षीय बेलिङहम क्लबका लागि महत्वपूर्ण खेलाडी बनेका छन् । उनले आइतबार एल […]

April 23, 2024

इन्टर मिलान सिरी ‘ए’ च्याम्पियन

एजेन्सी – मिलान डर्वीमा शहरी प्रतिद्धन्द्धी एसी मिलानलाई पराजित गर्दै इन्टर मिलान यस सिजन २०२३–२४ को इटालियन सिरी ‘ए’ को च्याम्पियन बनेको छ । मिलानोमा सोमबार राति भएको खेलमा इन्टरले एसी मिलानलाई २–१ ले पराजित गर्दै २०औं पटक सिरी ‘ए’ को च्याम्पियन बन्न सफल भएको हो । इन्टर यो सिजन पाँच खेल अगावै च्याम्पियन बनेको […]

Success

Thank you for your time.