default_image

3 years ago

August 1, 2021

डोना थ्री स्टारमा अनुबन्धित

काठमाडौं (हाम्रो खेलकुद) – मिडफिल्डर डोना थापा रुस्लान थ्री स्टार क्लबमा अनुबन्धित भएका छन् । थ्री स्टारले डोनालाई आसान्न ‘ए’ डिभिजन लिग र राष्ट्रिय लिगलाई मध्यनजर गर्दै टोलीमा अनुबन्ध गरेको हो । थ्री स्टारमा अनुबन्ध भएसँगै डोनाले इतिहास बोकेको क्लबमा अनुबन्ध हुन पाउँदा खुशी लागेको बताएका छन् । उनको सम्झौता रकम खुलाइएको छैन । डोनाले […]

58 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – मिडफिल्डर डोना थापा रुस्लान थ्री स्टार क्लबमा अनुबन्धित भएका छन् । थ्री स्टारले डोनालाई आसान्न ‘ए’ डिभिजन लिग र राष्ट्रिय लिगलाई मध्यनजर गर्दै टोलीमा अनुबन्ध गरेको हो ।

थ्री स्टारमा अनुबन्ध भएसँगै डोनाले इतिहास बोकेको क्लबमा अनुबन्ध हुन पाउँदा खुशी लागेको बताएका छन् । उनको सम्झौता रकम खुलाइएको छैन । डोनाले थ्री स्टारमा १० नम्वरको जर्सी लगाउनेछन् । एन्फा एकेडेमीको उत्पादन २४ वर्षीय डोनाले राष्ट्रिय टोलीको उमेर समूहबाट खेलेपनि सिनियर टोलीबाट डेब्यु गर्न पाएका छैनन् ।

पछिल्लो दुई वर्ष चोटसँग जुधेर मैदान बाहिर रहेका डोनाले गत वर्षको माघदेखि खेलमा पूनरागमन गर्दा गत फागुनमा श्री भगवती क्लब टोखाबाट सहिद स्मारक ‘बी’ डिभिजन लिग खेल्दै औपचारिक रुपमा पुनरागमन गरेका थिए ।

गत जेठमा काठमाडौंमा सम्पन्न खुकुरी नेपाल सुपर लिग (एनएसएल) मा उनले ललितपुर सिटी एफसीबाट खेलेका थिए । सुरुवाती खेलमा मौका नपाएका डोनाले पछिल्लो खेलमा पहिलो रोजाईमा खेल्ने मौका पाएका थिए । टोलीको फाइनल यात्रासम्म उनको भुमिका महत्वपुर्ण थियो ।

डोनाले २०७५ को लिग मनाङ मर्स्र्याङ्दी क्लबबाट खेलेका थिए । उनले मोफसलका प्रतियोगितामा पनि मनाङबाटै प्रतिनिधित्व गरेका थिए ।डोनाले नेपालका लागि उमेर समूहमा यू-१९ साफ च्याम्पियनसिप पनि जितेका छन् । यसबाहेक उनी यू-२३ उमेर समुहसम्म पनि खेलिसकेका छन् । नेपाल पुलिस क्लब, मनाङ मर्स्याङ्दी क्लब लगायत ए डिभिजनका क्लबबाट खेलिसकेका छन् ।

राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले घोषणा गरेको ५० सदस्यीय प्रारम्भिक सुचीमा स्थान बनाएका डोनाले दोस्रो चरणमा भने स्थान बनाउन सकेनन् । उनी प्रशिक्षण क्याम्पमै रहँदा कोरोना पुष्टि भएपछि टोलीबाट बाहिरिएका थिए ।

March 24, 2024

दोस्रो गल्कोट कप भलिबल अर्काे साता

सिड्नी (हाम्रो खेलकुद) – अस्ट्रेलियाको सिड्नीमा अर्काे साता दोस्रो गल्कोट कप भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । अस्ट्रेलियामा रहेका बागलुङस्थित गल्कोटबासीको सक्रियतामा स्थापना भएको गल्कोट समाज अस्ट्रेलिया (जिएसए) को आयोजनामा अर्काे साता अर्थात मार्च ३१ तारिखमा एकदिने पुरुष भलिबल प्रतियोगिता आयोजना हुन लागेको हो । एक दिने प्रतियोगिता सिड्नीको ओवर्नस्थित ओवर्न बास्केटबल सेन्टरमा हुनेछ […]

March 23, 2024

फखरउद्दिन र केपी अनुश्री सर्वाेत्कृष्ट

काठमाडौं (हाम्रो खेलकुद) – च्याम्पियन टिप टप हेल्प नेपाल स्पोर्ट्स क्लबका पाकिस्तानी स्पाइकर फखरउद्दिन र एभरेस्ट भलिबल क्लबकी भारतीय स्पाइकर केपी अनुश्री आठौं आरबीबी एनभिए महिला तथा पुरुष भलिबल च्याम्पियनसिपको सर्वोत्कृष्ट खेलाडी चुनिएका छन् । फखरउद्दिन र केपी अनुश्रीले आ–आफ्नो टोलीलाई च्याम्पियन बनाउन महत्वपूर्ण भुमिका निभाएका थिए । फाइनलमा आफ्ना सहयात्री उस्मान फरयाद अलीले प्रदर्शन […]

March 23, 2024

आर्मीमाथि राेमाञ्चक जित निकाल्दै हेल्प नेपाल च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद) – विभागीय त्रिभुवन आर्मी क्लबमाथि रोमाञ्चक र प्रतिस्पर्धात्मक जित निकाल्दै टिप टप हेल्प नेपाल आठौं आरबीबी एनभिए महिला तथा पुरुष भलिबल च्याम्पियनसिपको पुरुषतर्फ च्याम्पियन बनेको छ । तीन पाकिस्तानी र घरेलु भलिबलका चर्चित खेलाडीसम्मिलित हेल्प नेपालले आर्मीमाथि ३–२ को रोमाञ्चक र प्रतिस्पर्धात्मक जित निकाल्दै लगातार च्याम्पियन बन्न सफल भएको हो । त्रिपुरेश्वरस्थित […]

Success

Thank you for your time.