default_image

3 years ago

August 2, 2021

गौतम विश्व र्‍याफ्टिङको सदस्यमा चयन

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल र्‍याफ्टिङ तथा क्यानोईङ संघका महासचिव सुदीप राज गौतम बिश्व र्‍याफ्टिङ महासंघको बोर्ड सदस्यमा चयन भएका छन् । बिश्व र्‍याफ्टिङ महासंघको चुनावी साधारणसभाले चार बर्ष (२०२१–२०२४) का लागि एशियन कन्टिनेन्टको कोटाबाट गौतमलाई महासंघको बोर्ड सदस्यमा चयन गरेको हो । महासंघको बोर्ड सदस्यमा चयन हुने गौतम पहिलो नेपाली हुन् । फ्रान्समा आयोजना […]

41 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल र्‍याफ्टिङ तथा क्यानोईङ संघका महासचिव सुदीप राज गौतम बिश्व र्‍याफ्टिङ महासंघको बोर्ड सदस्यमा चयन भएका छन् ।

बिश्व र्‍याफ्टिङ महासंघको चुनावी साधारणसभाले चार बर्ष (२०२१–२०२४) का लागि एशियन कन्टिनेन्टको कोटाबाट गौतमलाई महासंघको बोर्ड सदस्यमा चयन गरेको हो । महासंघको बोर्ड सदस्यमा चयन हुने गौतम पहिलो नेपाली हुन् ।

फ्रान्समा आयोजना भएको विश्व र्‍याफ्टिङ च्याम्पियनसिपका दौरान भएको साधारण सभाले महासंघको अध्यक्षमा ईटालीका बारमाज डानिलोलाई दोश्रो कार्यकालको लागि पुनः अध्यक्षमा चयन गरेको थियो ।

नेपालमा र्‍याफ्टिङमै आफ्नो जीवन व्यतित गरेका गौतम र्‍याफ्टिङखेलको विकास र विस्तारमा अहोरात्र लाग्दै आई रहेका छन् । गौतम र्‍याफ्टिङ तथा क्यानोइङ संघको संस्थापक सदस्य समेत हुन् ।

March 24, 2024

दोस्रो गल्कोट कप भलिबल अर्काे साता

सिड्नी (हाम्रो खेलकुद) – अस्ट्रेलियाको सिड्नीमा अर्काे साता दोस्रो गल्कोट कप भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । अस्ट्रेलियामा रहेका बागलुङस्थित गल्कोटबासीको सक्रियतामा स्थापना भएको गल्कोट समाज अस्ट्रेलिया (जिएसए) को आयोजनामा अर्काे साता अर्थात मार्च ३१ तारिखमा एकदिने पुरुष भलिबल प्रतियोगिता आयोजना हुन लागेको हो । एक दिने प्रतियोगिता सिड्नीको ओवर्नस्थित ओवर्न बास्केटबल सेन्टरमा हुनेछ […]

March 23, 2024

फखरउद्दिन र केपी अनुश्री सर्वाेत्कृष्ट

काठमाडौं (हाम्रो खेलकुद) – च्याम्पियन टिप टप हेल्प नेपाल स्पोर्ट्स क्लबका पाकिस्तानी स्पाइकर फखरउद्दिन र एभरेस्ट भलिबल क्लबकी भारतीय स्पाइकर केपी अनुश्री आठौं आरबीबी एनभिए महिला तथा पुरुष भलिबल च्याम्पियनसिपको सर्वोत्कृष्ट खेलाडी चुनिएका छन् । फखरउद्दिन र केपी अनुश्रीले आ–आफ्नो टोलीलाई च्याम्पियन बनाउन महत्वपूर्ण भुमिका निभाएका थिए । फाइनलमा आफ्ना सहयात्री उस्मान फरयाद अलीले प्रदर्शन […]

March 23, 2024

आर्मीमाथि राेमाञ्चक जित निकाल्दै हेल्प नेपाल च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद) – विभागीय त्रिभुवन आर्मी क्लबमाथि रोमाञ्चक र प्रतिस्पर्धात्मक जित निकाल्दै टिप टप हेल्प नेपाल आठौं आरबीबी एनभिए महिला तथा पुरुष भलिबल च्याम्पियनसिपको पुरुषतर्फ च्याम्पियन बनेको छ । तीन पाकिस्तानी र घरेलु भलिबलका चर्चित खेलाडीसम्मिलित हेल्प नेपालले आर्मीमाथि ३–२ को रोमाञ्चक र प्रतिस्पर्धात्मक जित निकाल्दै लगातार च्याम्पियन बन्न सफल भएको हो । त्रिपुरेश्वरस्थित […]

Success

Thank you for your time.