default_image

3 years ago

August 3, 2021

रोमाञ्चक जित निकाल्दै अर्जेन्टिना र फ्रान्स सेमिफाइनलमा

एजेन्सी – अर्जेन्टिना र फ्रान्स टोकियो ओलम्पिक २०२० अन्तरगत पुरुष भलिबलतर्फको सेमिफाइनलमा प्रवेश गरेका छन् । अर्जेन्टिनाले उपाधि दावेदार इटालीलाई तथा फ्रान्सले पोल्यान्डलाई हराउँदै अन्तिम चारको यात्रा तय गरेका हुन् । निकै नै रोमाञ्चक र प्रतिस्पर्धात्मक बनेको खेलमा फ्रान्सले इटालीमाथि तथा फ्रान्सले पोल्यान्डमाथि समान ३–२ को सेटमा जित निकालेका हुन् । अब यि दुई टोलीबीच […]

33 views

0 Bookmark

एजेन्सी – अर्जेन्टिना र फ्रान्स टोकियो ओलम्पिक २०२० अन्तरगत पुरुष भलिबलतर्फको सेमिफाइनलमा प्रवेश गरेका छन् । अर्जेन्टिनाले उपाधि दावेदार इटालीलाई तथा फ्रान्सले पोल्यान्डलाई हराउँदै अन्तिम चारको यात्रा तय गरेका हुन् ।

निकै नै रोमाञ्चक र प्रतिस्पर्धात्मक बनेको खेलमा फ्रान्सले इटालीमाथि तथा फ्रान्सले पोल्यान्डमाथि समान ३–२ को सेटमा जित निकालेका हुन् । अब यि दुई टोलीबीच नै सेमिफाइनलमा भिडन्त हुनेछ ।

एरिएक एरिनामा मंगलबार भएको खेलको पहिलो सेट अर्जेन्टिनाले २१–२५ ले गुमाएको अर्जेन्टिनाले दोस्रो सेट २५–२३ ले तथा तेस्रो सेट २५–२२ ले आफ्नो पक्षमा पार्दै जिततर्फ अघि बढेको थियो । तर चौथो सेट इटालीले २५–१४ ले सहजै आफ्नो पक्षमा पारेपछि खेल पाँचौ सेटमा लम्बिएको थियो । निर्णायक सेटमा अर्जेन्टिना १५–१२ ले विजयी हुन सफल भयो ।

अर्काे क्वाटरफाइनलमा पनि फ्रान्सले पोल्यान्डमाथि ३–२ को रोमाञ्चक जित दर्ता गर्न सफल भयो । पहिलो सेट २१–२५ ले गुमाएको फ्रान्सले दोस्रो सेट २५–२२ ले आफ्नो पक्षमा पारेको थियो । तेस्रो सेट पुनः २१–२५ ले गुमाएको फ्रान्सको चौथो सेट २५–२१ ले जित्दै खेललाई पाँचौ सेटमा लम्ब्याएको थियो । निर्णायक सेटमा एकपक्षीय प्रदर्शन गरेको फ्रान्सले १५–९ को सहज जित दर्ता गर्दै सेमिफाइनलमा पुग्न सफल भयो ।

त्यसअघि मंगलबारै भएको क्वाटरफाइनलमा रसियन ओलम्पिक कमिटि (आरओसी) ले क्यानडालाई ३–० को सोझो सेटमा तथा ब्राजिलले घरेलु टोली जापानमाथि ३–० को सोझो सेटमा जित निकाल्दै सेमिफाइनलमा भेट पक्का गरेको थियो ।

सेमिफाइनलका खेलहरु ५ अगस्टमा हुनेछ । फाइनल तथा तेस्रो स्थानको खेल ७ अगस्टमा हुनेछ ।

April 25, 2024

आर्मीमाथि एपिएफको रोमाञ्चक जित

काठमाडौं (हाम्रो खेलकुद) – साविक उपविजेता विभागीय नेपाल एपिएफ क्लबले सातौं केएनपी नेरोलेक राष्ट्रिय महिला भलिबल प्रतियोगितामा अर्काे विभागीय टोली त्रिभुवन आर्मी क्लबमाथि रोमाञ्चक जित निकाल्दै फाइनल पुग्ने सम्भावना बलियो बनाएको छ । एपिएफले आर्मीलाई ३–२ को सेटमा पराजित गर्दै फाइनल पुग्ने सम्भावना बलियो बनाएको हो । सुरुवाती दुई सेट जितेको एपिएफले त्यसपछि लगातार दुई […]

April 24, 2024

हिमाल र रिमा सर्वाेत्कृष्ट

गोरखा (हाम्रो खेलकुद) – नवलपुरका मिडल ब्लकर हिमाल सुनारी र पर्वतकी स्पाइकर रिमा कुँवर गण्डकी प्रदेश स्तरीय महिला तथा पुरुष भलिबल प्रतियोगिताको सर्वाेत्कृष्ट खेलाडी घोषित भएका छन् । दुवैले आ–आफ्नो टोलीलाई च्याम्पियन बनाउन सानदार प्रदर्शन गरेका थिए । सर्वाेत्कृष्ट बनेसँगै उनले १० हजार रुपैयाँसँगै ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् । गोरखाको बारपाक सुलिकोट […]

April 24, 2024

नवलपुर र पर्वतलाई भलिबल उपाधि

गोरखा (हाम्रो खेलकुद) – नवलपुर र पर्वतले गण्डकी प्रदेश स्तरीय महिला तथा पुरुष भलिबल प्रतियोगिताको उपाधि जितेका छन् । नवलपुर पुरुषमा तथा पर्वत महिलामा च्याम्पियन बनेका हुन् । गोरखाको बारपाक सुलिकोट गाउँपालिकामा बुधबार भएको फाइनलमा स्याङ्जालाई ३–२ को सेटमा पराजित गर्दै नवलपुरले उपाधि जित्न सफल भएको हो । नवलपुरले सुरुवाती दुई सेट गुमाएपनि त्यसपछिको तीनै […]

Success

Thank you for your time.