default_image

4 years ago

August 9, 2021

श्रेष्ठप्रति श्रद्धाञ्जली

177 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय खेलकुद परिषद् (राखेप) अन्तर्गत तालिम तथा प्रशिक्षण विभागकी कार्यालय सहयोगी मैया श्रेष्ठको आइतबार निधन भएको छ ।

श्रेष्ठको कोरोना भाइरस (कोभिड– १९) को संक्रमणका कारण ५४ वर्षको उमेरमा निधन भएको हो । श्रेष्ठलाई करिब २ हप्ताअघि कोरोना भाइरस पोजेटिभ देखिएपछि एपीएफ अस्पतालमा उपचारका लागि भर्ना गरिएको थियो । उपचारकै क्रममा श्रेष्ठको निधन भएको हो ।

ग्वार्को बस्दै आएकी स्व. श्रेष्ठका श्रीमान् र ४ छोरा छन् । श्रेष्ठको आइतबारै पशुपति आर्याघाटमा अन्त्येष्टि गरिएको परिवारले जनाएका छन् । श्रेष्ठको निधनमा राखेपले सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा शोक सभा आयोजना ग¥यो । श्रेष्ठको सम्झनामा एक मिनेट मौन धारण गरी दिवंगता आत्माको चिर शान्तिको कामना गरिएको थियो ।

प्रशासन विभाग प्रमुख कुलबहादुर थापा, तालिम तथा प्रशिक्षण विभागका निर्देशक अर्जुन विक, आर्थिक प्रशासन शाखाका प्रमुख ऋखिराम पोखरेललगायतका कर्मचारीले स्व. श्रेष्ठको तस्वीरमा पुष्प गुच्छा चढाईं भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेका थिए ।

December 6, 2025

एनपिसी धरान र आयोजक निलो नकआउट चरणमा

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१ औँ अन्तर मावि आइजीपी फुटबल रनिङ ट्रफीको चौथो दिन आज एनपिएस धरान, एनपिएस साँगा (निलो) र पिस प्वाइन्ट विद्यालय विजयी भए। पहिलो खेलमा नेपाल पुलिस स्कूल धरानले डिएभी स्कुल जावलाखेललाई १५- १ ले पराजित गर्यो । धरानका श्रीजन मल्लले एक्लैले ५ गोल गर्दै ‘प्लेयर […]

December 5, 2025

एपिएफको सानदार सुरुवात

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले‌ समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]

December 1, 2025

‘नेपालमा‌ छोटो तर अर्थपूर्ण समय बिताउँने छु’ – डु प्लेसिस

काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण अफ्रिकाका पूर्व कप्तान फाफ डु प्लेसिस आज नेपाल आइपुगेका छन्। दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने उनी सबै हाई प्रोफाइल खेलाडी हुनेछन्। उनलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्पी लामा तथा विराटनगर किंग्सका पदाधिकारीले स्वागत गरे। विमानस्थलमा नै पत्रकारसँग बोल्दै फाफले भने, ‘म यहाँ केही छोटो […]

Success

Thank you for your time.