4 years ago
August 31, 2021
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल ओलम्पिक कमिटि (एनओसी) को प्रेक्षालयमा प्रथम एसियाली खेलकुद खेलकुद १९५१ (नयाँ दिल्ली) नेपालका प्रथम अन्तर्राष्ट्रिय धावक तथा नेपाली सेनाका पहिलो पुस्ताका खेलाडी स्व. गजराज जोशीको प्रतिमा अनावरण गरिएको छ ।

नेपाल ओलम्पिक संग्रालयको आयोजनामा एनओसीका अध्यक्ष जीवनराम श्रेष्ठले मंगलबार स्वर्गीय जोशीको प्रतिमा अनावरण गरेका हुन । कार्यक्रममा एनओसीका उपाध्यक्षद्धय चतुरानन्द राज वैद्य, ज्योती राणा, महासचिव निलेन्द्रराज श्रेष्ठ, टोखा नगरपालिकाका प्रमुख प्रकाश अधिकारीसहितले गजराज जोशीका विभिन्न आयमहरुका बारेमा धारणा राखेका थिए ।
एनओसीका अध्यक्ष श्रेष्ठले स्व. जोशीलाई आफुले एक खेलाडीको रुपमा मात्र स्मरण गरेकोमा आज आएर उनका बारेमा विविध जानकारी हासिल गर्न पाएको बताए । उनले आउदो पिढीको लागि स्व. जोशीको योगदानबाट प्रेरणा मिल्ने बताए ।
ओलम्पिक संग्राहलयमा खेल क्षेत्रलाई विकास गर्न योगदान गर्ने खेल कर्मी र विभिन्न खेलाडीहरुको प्रतिमा स्थापना गर्ने लक्ष्य रहेता पनि स्व. गजराज जोशीको खेलकुद लगायत विभिन्न क्षेत्रमा गरिएको योगदानको कदर गर्दै उनको प्रतिमा स्थापना गरिएको नेपाल ओलम्पिक संग्राहलयका अध्यक्ष क्षितिज अरुण श्रेष्ठले बताए ।
उक्त अवसरमा गजराज जोशीका पुत्र, नेपाल फुटभली संघका अध्यक्ष एवम् भेट्रान एथलेटिक्स खेलाडी मनिष जोशीलाई मानार्थ सदस्यता समेत प्रदान गरिएको थियो ।
December 6, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१ औँ अन्तर मावि आइजीपी फुटबल रनिङ ट्रफीको चौथो दिन आज एनपिएस धरान, एनपिएस साँगा (निलो) र पिस प्वाइन्ट विद्यालय विजयी भए। पहिलो खेलमा नेपाल पुलिस स्कूल धरानले डिएभी स्कुल जावलाखेललाई १५- १ ले पराजित गर्यो । धरानका श्रीजन मल्लले एक्लैले ५ गोल गर्दै ‘प्लेयर […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]
December 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण अफ्रिकाका पूर्व कप्तान फाफ डु प्लेसिस आज नेपाल आइपुगेका छन्। दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने उनी सबै हाई प्रोफाइल खेलाडी हुनेछन्। उनलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्पी लामा तथा विराटनगर किंग्सका पदाधिकारीले स्वागत गरे। विमानस्थलमा नै पत्रकारसँग बोल्दै फाफले भने, ‘म यहाँ केही छोटो […]