default_image

3 years ago

September 5, 2021

डिपाएको दुई गोलमा नेदरल्यान्ड्सको सानदार जित

एजेन्सी – क्याटलान क्लब बार्सिलोनाका फरवार्ड मेम्फिस डिपाएले दुई गोल गरेपछि नेदरल्यान्ड्सले फिफा विश्वकप कतार २०२२ को युरोपियन छनोटमा सानदार जित दर्ता गरेको छ । घरेलु मैदानमा नेदरल्यान्ड्सले मोन्टेनेग्रोमाथि ४–० को फराकिलो जित आत्मसात गरेको हो । जर्जिनो वाइनाल्डम र कोडी गाक्पोले समान एक गोल थपे । फिलिप्स स्टेडियम इन्डओभेनमा शनिबार राति भएको खेलको ३८औं […]

35 views

0 Bookmark

एजेन्सी – क्याटलान क्लब बार्सिलोनाका फरवार्ड मेम्फिस डिपाएले दुई गोल गरेपछि नेदरल्यान्ड्सले फिफा विश्वकप कतार २०२२ को युरोपियन छनोटमा सानदार जित दर्ता गरेको छ ।

घरेलु मैदानमा नेदरल्यान्ड्सले मोन्टेनेग्रोमाथि ४–० को फराकिलो जित आत्मसात गरेको हो । जर्जिनो वाइनाल्डम र कोडी गाक्पोले समान एक गोल थपे ।

फिलिप्स स्टेडियम इन्डओभेनमा शनिबार राति भएको खेलको ३८औं मिनेटमा डिपाएको पेनाल्टी गोलबाट नेदरल्यानडले पहिलो हाफमा १–० को अग्रता बनाएको थियो । पेनाल्टी बक्समा लागाटोरले डिपाएलाई फल गरेपछि प्राप्त पेनाल्टीमा उनी आफैले गोल गर्न सफल रहे ।

६२औं मिनेटमा डिपाएले व्यक्तिगत र टोलीका लागि दोस्रो गोल गर्दै डच टोलीको अग्रता दोब्बर पारे । उनले कोडी गाक्पोको पासलाई गोलमा परिणत गरेका थिए ।

७०औं मिनेमा जर्जिनो वाइनाल्डमले स्टेभेन वर्गहुइसको पासमा गोल गर्दै नेदरल्यान्ड्सलाई फराकिलो जिततर्फ अग्रसर गराए । ७६औं मिनेटमा कोडी गाक्पोले टेरेल मालासियाको पासमा गोल गर्दै नेदरल्यान्ड्सलाई ४–० को फराकिलो जित दिलाए ।

यो जितपछि समूह ‘जी’ मा नेदरल्यान्ड्स ५ खेलबाट १० अंक जोडेर दोस्रो स्थानमा रहेको छ । शीर्षस्थानको टर्कीको ११ अंक छ । पराजित मोन्टेनग्रो ७ अंक जोडेर चौथो स्थानमा रहेको छ ।

April 19, 2024

फाइनल पुग्न यूएईलाई नेपालको सामान्य लक्ष्य

मस्कट (हाम्रो खेलकुद) – एसीसी मेन्स प्रिमियर कप २०२४ अन्तर्गत नेपालले पहिलो सेमिफाइनलमा यूएईलाई १ सय २० रनको सामान्य लक्ष्य दिएको छ । अल अमेरतस्थित ओमान क्रिकेट एकेडेमीको मैदानमा नेपालले टस हारेपछि ब्याटिङको निम्तो पाएको थियो । शीर्षक्रमले संघर्ष गर्दा नेपालले तल्लोक्रमका ब्याटरको सहयोगमा २० ओभरमा ९ विकेट गुमाएर १ सय १९ रन जोड्यो । […]

April 16, 2024

बहराइनको कम्बोडियाविरुद्ध सहज जित

मस्कट (हाम्रो खेलकुद) – ओमनमा जारी एसिसि प्रिमियर कप अन्तर्गत बहराइनले पहिलो जित दर्ता गरेको छ । पहिलो जित दर्ता गर्ने क्रममा बहराइनले कम्बोडिया माथि ७ विकेटको सहज जित हासिल गरेको हो । कम्बोडियाले दिएको ८४ रनको झिनो लक्ष्य बहराइनले १३.१ ओभरमा ३ विकेट गुमाएर भेटायो । बहराइनका लागि हैदर बटले २७ बलमा ३ चौका […]

April 10, 2024

आर्मीलाई हराउँदै मच्छिन्द्र सिमरा गोल्डकपको सेमिफाइनलमा

सुनिल गाउँले, सिमरा विभागीय टोली त्रिभुवन आर्मी क्लब विरुद्ध संघर्षपूर्ण जित निकाल्दै मच्छिन्द्र क्लब जगदम्बा स्टिल १४ औं जीतपुरसिमरा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । सिमरा रंगशालामा मंगलबार राति भएको प्रतिष्पर्धात्मक खेलमा मच्छिन्द्रले आर्मी १–० लाई हराउँदै अन्तिम चारको यात्रा तय गरेको हो । ६९ औं मिनटमा सौरभ लिम्बुले गरेको मच्छिन्द्रला लागि निर्णायक बनेको थियो […]

Success

Thank you for your time.