default_image

3 years ago

September 18, 2021

स्नुकर टोली स्वदेश फर्कियो

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल स्नुकर, बिलियर्ड तथा पुल संघले ३६औं एसियाली पुरुष स्नुकर च्याम्पियनसिपमा सहभागी भइ स्वदेश फर्किएका नेपाली टोलीलाई शनिबार स्वगात गरेका छन् । सेप्टेम्बर १२ देखि १६ तारिखसम्म भएको प्रतियोगितामा २ खेलाडीसहित ३ सदस्यीय नेपाली टोली सहभागी थिए । उनीहरुलाई संघका अध्यक्ष चारपटकका स्नुकरका राष्ट्रिय च्याम्पियन सरोजकुमार मुल्मी, महासचिव केशव अधिकारी, खेलाडीलगायतले […]

28 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल स्नुकर, बिलियर्ड तथा पुल संघले ३६औं एसियाली पुरुष स्नुकर च्याम्पियनसिपमा सहभागी भइ स्वदेश फर्किएका नेपाली टोलीलाई शनिबार स्वगात गरेका छन् ।

सेप्टेम्बर १२ देखि १६ तारिखसम्म भएको प्रतियोगितामा २ खेलाडीसहित ३ सदस्यीय नेपाली टोली सहभागी थिए । उनीहरुलाई संघका अध्यक्ष चारपटकका स्नुकरका राष्ट्रिय च्याम्पियन सरोजकुमार मुल्मी, महासचिव केशव अधिकारी, खेलाडीलगायतले त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरे ।

अंकितमान श्रेष्ठले प्रि–क्वाटरफाइनलसम्मको यात्रा तय गरे । लिगमा अंकितले ४ खेल मध्ये ३ मा जित हात पार्दै अन्तिम ३२ का लागि छनोट भएका थिए । उनले लिगमा कतारलाई ४–३, युएईलाई ४–२ र इराकलाई ४–३ ले पराजित गरेका थिए । भारत विरुद्धको खेलमा भने अंकित ४–० ले पछि परे ।

अन्तिम ३२ को प्रतिस्पर्धामा अंकितले कतारलाई ४–३ ले हराउदै प्रिक्वाटरफाइनलमा स्थान सुरक्षित गरेका थिए । प्रिक्वाटरफाइनलमा भने अंकित इरानसंग ४–० ले रोकिए । प्रतियोगितामा अंकितले ८३ अंकको ब्रेक गर्दै ४२ खेलाडी सहभागी मध्ये ११ औं स्थान हात पारे ।

अर्का खेलाडी निर्मल बोगटीले समान २–२ खेलमा जित÷हार आत्मसात गरे । उनले जोर्डनलाई ४–२ तथा कुवेतलाई ४–३ ले पन्छाएका थिए । निर्मल पाकिस्तानसंग ४–० र कतारसंग ४–३ ले चुके ।

अध्यक्ष मुल्मीले सीमित श्रोत र साधनका बावजुद खेलाडीले उच्च प्रदर्शन गरेकोमा बधाइ दिदै नेपाली खेलाडी पनि कोहि भन्दा कम नभएको सन्देश दिन सफल भएको धारणा व्यक्त गरे । न

ेपाल स्नुकर, बिलियर्ड तथा पुल संघका सचिव समेत रहेका सञ्जयकुमार मुल्मीले टोली प्रशिक्षकको भूमिका निर्वाह गरेका थिए । संघका अनुसार प्रतियोगितामा विभिन्न १९ राष्ट्रका ४२ खेलाडीले सहभागिता जनाएका थिए ।

April 24, 2024

हिमाल र रिमा सर्वाेत्कृष्ट

गोरखा (हाम्रो खेलकुद) – नवलपुरका मिडल ब्लकर हिमाल सुनारी र पर्वतकी स्पाइकर रिमा कुँवर गण्डकी प्रदेश स्तरीय महिला तथा पुरुष भलिबल प्रतियोगिताको सर्वाेत्कृष्ट खेलाडी घोषित भएका छन् । दुवैले आ–आफ्नो टोलीलाई च्याम्पियन बनाउन सानदार प्रदर्शन गरेका थिए । सर्वाेत्कृष्ट बनेसँगै उनले १० हजार रुपैयाँसँगै ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् । गोरखाको बारपाक सुलिकोट […]

April 24, 2024

नवलपुर र पर्वतलाई भलिबल उपाधि

गोरखा (हाम्रो खेलकुद) – नवलपुर र पर्वतले गण्डकी प्रदेश स्तरीय महिला तथा पुरुष भलिबल प्रतियोगिताको उपाधि जितेका छन् । नवलपुर पुरुषमा तथा पर्वत महिलामा च्याम्पियन बनेका हुन् । गोरखाको बारपाक सुलिकोट गाउँपालिकामा बुधबार भएको फाइनलमा स्याङ्जालाई ३–२ को सेटमा पराजित गर्दै नवलपुरले उपाधि जित्न सफल भएको हो । नवलपुरले सुरुवाती दुई सेट गुमाएपनि त्यसपछिको तीनै […]

April 24, 2024

एपिएफले पुलिसलाई हरायो

काठमाडौं (हाम्रो खेलकुद) – साविक उपविजेता विभागीय नेपाल एपिएफ क्लबले सातौं केएनपी नेरोलेक राष्ट्रिय महिला भलिबल प्रतियोगितामा अर्काे विभागीय टोली नेपाल पुलिस क्लबलाई पराजित गरेको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा बुधबार भएको उद्घाटन खेलमा एपिएफले पुलिसमाथि ३–१ को सेटमा जित निकाल्दै विजयी सुरुवात गरेको हो । पहिलो सेट २५–२१ ले जितेको […]

Success

Thank you for your time.