default_image

3 years ago

September 22, 2021

बागमती प्रदेश खेलकुदको ४ राष्ट्रिय संघसँग सहकार्य

काठमाडौं (हाम्रो खेलकुद) – बागमती प्रदेश खेलकुद बिकास परिषद्ले चार वटा राष्ट्रिय खेल संघसँग प्रशिक्षक तालिम सञ्चालनको लागि सम्झौता गरेको छ । संघले प्रशिक्षक तालिमका लागि नेपाल ब्याडमिन्टन संघ, नेपाल एथलेटिक्स संघ, नेपाल रग्वी संघ र नेपाल आइटिएफ तेक्वान्दो संघसँग बुधबार सम्झौता गरेको हो । सम्झौतामा बागमती प्रदेश खेलकुद बिकास परिषद्का सदस्यसचिव सुर्य लाल भण्डारी, […]

23 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – बागमती प्रदेश खेलकुद बिकास परिषद्ले चार वटा राष्ट्रिय खेल संघसँग प्रशिक्षक तालिम सञ्चालनको लागि सम्झौता गरेको छ ।

संघले प्रशिक्षक तालिमका लागि नेपाल ब्याडमिन्टन संघ, नेपाल एथलेटिक्स संघ, नेपाल रग्वी संघ र नेपाल आइटिएफ तेक्वान्दो संघसँग बुधबार सम्झौता गरेको हो । सम्झौतामा बागमती प्रदेश खेलकुद बिकास परिषद्का सदस्यसचिव सुर्य लाल भण्डारी, ब्याडमिन्टन संघका अध्यक्ष रामजी बहादुर श्रेष्ठ, रग्वी संघका अध्यक्ष टंकलाल घिसिङ,आइटिएफ तेक्वान्दोका अध्यक्ष अन्जन धमला र एथलेटिक्स संघको तर्फबाट राखेप अन्तरगतको एथलेटिक्सको वरिष्ठ प्रशिक्षक चन्द्र गुरुङले हस्ताक्षर गर्दै आदान–प्रदान गरे ।

सम्झौता अनुसार एथलेटिक्सको प्रशिक्षक प्रशिक्षण कार्यक्रम असोज ९ देखि १३ गते सम्म त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा तथा आइटिएफ तेक्वान्दोको प्रशिक्षण असोज १६ र १७ गते रामेछापमा हुनेछ । रग्वीको असोज १९ र २० गते चितवनमा तथा कात्तिक ५ र ६ गते ब्याडमिन्टनको राखेप कभर्डहलमा हुनेछ । यि चार प्रशिक्षक तालिम सञ्चालनको लागि २० लाख रुपैयाँ बजेट रहेको बताइएको छ ।

बागमती प्रदेश खेलकुद बिकास परिषद्का सदस्यसचिव भण्डारीले यो कार्यक्रमलाई हरेक वर्ष गर्दै जाने र पहिलोपटक भएकाले यसपटक चार खेललाई मात्रै समेटिएको बताए । उनले राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले आयोजना गर्ने सबै खेलको संघसँग सहकार्य गर्दै विस्तारै प्रशिक्षक प्रशिक्षण कोर्स गरिने जानकारी दिए ।

‘संघलाई पनि जिम्मेवार बनाउनुपर्छ । खेल विकास गर्ने दायित्व खेल संघकै हो ’ भण्डारीले भने, ‘प्रतियोगिता आयोजना र त्यसमा बजेट छुट्याएर मात्रै खेलकुदको विकास हुँदैन । त्यसका लागि भौतिक पुर्वाधारसँगै खेलाडी र प्राविधिक टोली (प्रशिक्षक र रेफ्री) को आवश्यकता हुन्छ । हामीले त्यसैलाई जोड दिएका हौं।’

खेल संघको तर्फबाट रग्वी संघका अध्यक्ष घिसिङले यो प्रशिक्षक तालिम अपरिहार्य रहेको र यो कार्यको थालनी गर्न लागेका बागमती प्रदेश खेलकुद विकास परिषद्प्रति आभार व्यक्त गरे ।

March 24, 2024

दोस्रो गल्कोट कप भलिबल अर्काे साता

सिड्नी (हाम्रो खेलकुद) – अस्ट्रेलियाको सिड्नीमा अर्काे साता दोस्रो गल्कोट कप भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । अस्ट्रेलियामा रहेका बागलुङस्थित गल्कोटबासीको सक्रियतामा स्थापना भएको गल्कोट समाज अस्ट्रेलिया (जिएसए) को आयोजनामा अर्काे साता अर्थात मार्च ३१ तारिखमा एकदिने पुरुष भलिबल प्रतियोगिता आयोजना हुन लागेको हो । एक दिने प्रतियोगिता सिड्नीको ओवर्नस्थित ओवर्न बास्केटबल सेन्टरमा हुनेछ […]

March 23, 2024

फखरउद्दिन र केपी अनुश्री सर्वाेत्कृष्ट

काठमाडौं (हाम्रो खेलकुद) – च्याम्पियन टिप टप हेल्प नेपाल स्पोर्ट्स क्लबका पाकिस्तानी स्पाइकर फखरउद्दिन र एभरेस्ट भलिबल क्लबकी भारतीय स्पाइकर केपी अनुश्री आठौं आरबीबी एनभिए महिला तथा पुरुष भलिबल च्याम्पियनसिपको सर्वोत्कृष्ट खेलाडी चुनिएका छन् । फखरउद्दिन र केपी अनुश्रीले आ–आफ्नो टोलीलाई च्याम्पियन बनाउन महत्वपूर्ण भुमिका निभाएका थिए । फाइनलमा आफ्ना सहयात्री उस्मान फरयाद अलीले प्रदर्शन […]

March 23, 2024

आर्मीमाथि राेमाञ्चक जित निकाल्दै हेल्प नेपाल च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद) – विभागीय त्रिभुवन आर्मी क्लबमाथि रोमाञ्चक र प्रतिस्पर्धात्मक जित निकाल्दै टिप टप हेल्प नेपाल आठौं आरबीबी एनभिए महिला तथा पुरुष भलिबल च्याम्पियनसिपको पुरुषतर्फ च्याम्पियन बनेको छ । तीन पाकिस्तानी र घरेलु भलिबलका चर्चित खेलाडीसम्मिलित हेल्प नेपालले आर्मीमाथि ३–२ को रोमाञ्चक र प्रतिस्पर्धात्मक जित निकाल्दै लगातार च्याम्पियन बन्न सफल भएको हो । त्रिपुरेश्वरस्थित […]

Success

Thank you for your time.