3 years ago
September 25, 2021
काठमाडौं (हाम्रो खेलकुद) – चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (इपिएल) उद्धघाटन खेलमा ललितपुर प्याट्रियटर्सका कप्तान कुशल भुर्तेल पहिलो बलमै क्याच आउट भएका भएका छन् । टियु मैदानमा टस हारेर पहिला ब्याटिङ थालको ललितपुरले सुरुवाती एक ओभरमा ३ रन जोड्दै २ विकेट गुमाएको छ । तीव्र गतिका बलर जितेन्द्र मुखियाको बलमा ठूलो सट खेल्ने धुनमा कुशल […]
काठमाडौं (हाम्रो खेलकुद) – चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (इपिएल) उद्धघाटन खेलमा ललितपुर प्याट्रियटर्सका कप्तान कुशल भुर्तेल पहिलो बलमै क्याच आउट भएका भएका छन् । टियु मैदानमा टस हारेर पहिला ब्याटिङ थालको ललितपुरले सुरुवाती एक ओभरमा ३ रन जोड्दै २ विकेट गुमाएको छ ।
तीव्र गतिका बलर जितेन्द्र मुखियाको बलमा ठूलो सट खेल्ने धुनमा कुशल भुर्तेल पहिलो बलमै टप एज लागेर विकेटकिपर रहमानउल्लाह गुरबाजबाट क्याच आउट भएका छन् ।
ललितपुरमा आजको टोलीमा भुटानका ब्याट्सम्यान मिक्यो दोर्जी खेलेका छन् । ललितपुरले तीन विदेशी खेलाडीमा मिक्योसँगै श्रीलंका सन्दुन वीराकीडो र ओशदा फर्नान्डोलाई खेलाएको छ । काठमाडौंले विदेशी खेलाडीको रुपमा शाहिद अफ्रिदी, रहममानउल्लाह गुरबाज र रयान बर्ललाई खेलाएको छ । मुखियाले अन्तिम बलमा श्राीलंका ब्याट्सम्यान सन्दुन वीराक्कोडीलाई दुई रनमा क्याच आउट गराउँदै काठमाडौंलाई उत्कृष्ट सुरुवात दिलाएका छन् ।
हेड टु हेड : इपिएलमा काठमाडौं र ललितपुरबीच तीन खेल भएका छन् । तीनै खेलमा ललितपुर विजयी भएको छ । २०१८ मा ललितपुरले काठमाडौंलाई एक रन र १० विकेटले पराजित गरेको थियो । २०१७ मा ललितपुर ७ विकेटले विजयी भएको थियो ।
काठमाडौंको प्लेइङ ११ : सन्दीप लामिछाने (कप्तान), जितेन्द्र कुमार मुखिया, अमित श्रेष्ठ, राजु रिजाल, सुवास खकुरेल, शेर मल्ल, गुलशन झा, सिद्धान्त लोहनी, रयान बर्ल , शाहिद अफ्रिदी. रहमानउल्लाह गरबाज ।
ललितपुरको प्लेइङ ११ :
कुशल भुर्तेल (कप्तान) सन्दीप जोरा, राशिद खान, पवन सरार्फ, योगेन्द्रसिंह कार्की, रिजन ढकाल, शंखर राना, नारायण जोशी, मिक्यो दोर्जी सन्दुन वीराक्कोडी, ओशदा फर्नान्डो
April 20, 2024
मस्कट (हाम्रो खेलकुद) – एसिसि प्रिमियर कप अन्तर्गत हङकङ विरुद्ध तेस्रो स्थानको खेलमा नेपालले प्रतिस्पर्धात्मक योगफल खडा गरेको छ । पछिल्लो खेलमा खराब ब्याटिङ प्रदर्शन गरेको नेपालले आज निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १३९ रन बनाएको हो । टस जितेर पहिला ब्याटिङ रोजेको नेपालका लागि दीपेन्द्र सिंह ऐरीले २९ बलमा ४ चौका र ३ […]
April 20, 2024
काठमाडौं (हाम्रो खेलकुद) – वीर गणेशमान सिंह राष्ट्रिय टी-ट्वान्टी च्याम्पिनसिपमा शनिबार लुम्बिनी प्रदेशले कोशी प्रदेशलाई ५० रनले हराएको छ। लुम्बिनीको यो तेस्रो जित हो र ६ अंक सहित अंक तालिकाको शीर्षस्थानमा रहेको छ। लुम्बिनीको जितमा कप्तान देव खनालले ४५ रन बनाए। जितको लागि १ सय ३९ रनको मध्यम लक्ष्य पछाएको कोशी प्रदेश १९.४ ओभरमा मात्र […]
April 20, 2024
मस्कट (हाम्रो खेलकुद) – एसिसि प्रिमियर कप अन्तर्गत हङकङ विरुद्ध तेस्रो स्थानको खेलमा नेपालले टस जितेको छ । नेपालका कप्तान रोहित पौडेलले टस जितेर ब्याटिङ रोजेका छन् । नेपालले युएई विरुद्ध सेमिफाइनल खेलमा हार बेहोरेको प्लेइङ-११मा कुनै पनि परिवर्तन नगरी सोही टोली उतार्ने भएको छ । नेपालको प्लेइङ ११: कुशल भुर्तेल, आसिफ शेख, रोहित पौडेल […]