3 years ago
October 8, 2021
काठमाडौं (हाम्रो खेलकुद) – प्रदेश खेलकुद बिकास परिषद् बागमतीले प्रदेश खेलकुद प्रतियोगिता आयोजना गर्ने भएको छ । प्रदेशकै सबैभन्दा ठूलो कार्यक्रमको रुपमा विगत दुई वर्षदेखि नै आयोजनाको तयारी गरिएको उक्त प्रतियोगिता आगामी पुस र माघमा सञ्चालन हुने भएको छ । आगामी फागुनमा पोखरामा आयोजना हुने नवौं राष्ट्रिय खेलकुद प्रतियोगितालाई मध्यनजर गरि प्रदेशले आफ्नो टिम तयारीको […]
काठमाडौं (हाम्रो खेलकुद) – प्रदेश खेलकुद बिकास परिषद् बागमतीले प्रदेश खेलकुद प्रतियोगिता आयोजना गर्ने भएको छ । प्रदेशकै सबैभन्दा ठूलो कार्यक्रमको रुपमा विगत दुई वर्षदेखि नै आयोजनाको तयारी गरिएको उक्त प्रतियोगिता आगामी पुस र माघमा सञ्चालन हुने भएको छ ।
आगामी फागुनमा पोखरामा आयोजना हुने नवौं राष्ट्रिय खेलकुद प्रतियोगितालाई मध्यनजर गरि प्रदेशले आफ्नो टिम तयारीको लागी पनि नवौं राष्ट्रिय खेलकुद भन्दा पहिले नै प्रदेश खेलकुद सम्पन्न गर्ने तयारी गरेको हो ।
१५ असोजमा प्रदेशका सामाजिक विकास मन्त्री बिजय सुबेदीको अध्यक्षतामा बसेको परिषद् बैठकले गरेका निर्णयहरु शुक्रबार सार्वजनिक गरिएको हो । प्रदेश खेलकुद विकास परिषद्को विनियोजित २ करोड र थप ४ करोड ५४ लाख प्रदेश सरकारसँग माग गरि जम्मा ६ करोड ५४ लाखको कुल लागत अनुमान स्वीकृत गरिएको छ ।
स्थानिय, जिल्ला र प्रदेश गरि तीन चरणमा हुने उक्त प्रतियोगितामा फुटबल, भलिबल, क्रिकेट, एथलेटिक्स, तेक्वान्दो, कराते, बक्सिङ, ब्याडमिन्टन समाबेश हुनेछन् । प्रतियोगिताको लागि स्थानीय तहले प्रतियोगिता वा छनोटमार्फत टिम तयार गरि जिल्ला प्रतियोगिताको लागि सहभागी पठाउनु पर्नेछ । प्रत्येक जिल्लाले जिल्ला प्रतियोगिताको लागि ८ लाख अनुदान प्राप्त गर्नेछन् ।
जिल्ला टिममा ब्यक्तिगत स्पर्धामा खेलिने खेलबाट बिजेता खेलाडीलाई खेलाइने छ । समुह खेलमा बिजेता र अन्य टिमका पनि उत्कृष्ट खेलाडी मध्येबाट जिल्ला टिम तयार गरि प्रदेशमा सहभागी गराइनेछ । प्रतियोगितामा सबै खेलका महिला र पुरुष टिम सहभागी हुनेछन् । क्रिकेटको पुरुष टिमले मात्रै सहभागीता जनाउने छ ।
करिब एक महिना सम्म चल्ने प्रदेश खेलकुद प्रतियोगिता प्रदेशका १३ वटै जिल्लालाई समेट्ने गरि आयोजना गरिने परिषद्का सदस्यसचिव सुर्यलाल भण्डारीले बताए । पर्यटकीय सिजनमा साहसिक तथा पर्यटकीय खेलकुद हुने प्रदेश खेलकुद बिकास परिषद्ले नेपालको पर्यटकीय सिजन कार्तिक र मंसिरको दोस्रो सातासम्ममा ३ वटा साहसिक तथा पर्यटकीय खेलकुद प्रतियोगिता आयोजना हुनेछ ।
१३ कात्तिकमा विश्वमै पहिलोपटक दोलखाको चरिकोटमा हाइ अल्टिच्युड रेस्लिङ, २७ गते सिन्धुपाल्चोकको पाँचपोखरीमा अल्ट्रा म्याराथन र मंिसर १० गते रसुवामा माउन्टेन साइक्लिङ प्रतियोगिता आयोजना गरिनेछ ।
April 19, 2024
मस्कट (हाम्रो खेलकुद) – एसीसी मेन्स प्रिमियर कप २०२४ अन्तर्गत नेपालले पहिलो सेमिफाइनलमा यूएईलाई १ सय २० रनको सामान्य लक्ष्य दिएको छ । अल अमेरतस्थित ओमान क्रिकेट एकेडेमीको मैदानमा नेपालले टस हारेपछि ब्याटिङको निम्तो पाएको थियो । शीर्षक्रमले संघर्ष गर्दा नेपालले तल्लोक्रमका ब्याटरको सहयोगमा २० ओभरमा ९ विकेट गुमाएर १ सय १९ रन जोड्यो । […]
April 16, 2024
मस्कट (हाम्रो खेलकुद) – ओमनमा जारी एसिसि प्रिमियर कप अन्तर्गत बहराइनले पहिलो जित दर्ता गरेको छ । पहिलो जित दर्ता गर्ने क्रममा बहराइनले कम्बोडिया माथि ७ विकेटको सहज जित हासिल गरेको हो । कम्बोडियाले दिएको ८४ रनको झिनो लक्ष्य बहराइनले १३.१ ओभरमा ३ विकेट गुमाएर भेटायो । बहराइनका लागि हैदर बटले २७ बलमा ३ चौका […]
April 10, 2024
सुनिल गाउँले, सिमरा विभागीय टोली त्रिभुवन आर्मी क्लब विरुद्ध संघर्षपूर्ण जित निकाल्दै मच्छिन्द्र क्लब जगदम्बा स्टिल १४ औं जीतपुरसिमरा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । सिमरा रंगशालामा मंगलबार राति भएको प्रतिष्पर्धात्मक खेलमा मच्छिन्द्रले आर्मी १–० लाई हराउँदै अन्तिम चारको यात्रा तय गरेको हो । ६९ औं मिनटमा सौरभ लिम्बुले गरेको मच्छिन्द्रला लागि निर्णायक बनेको थियो […]