default_image

2 years ago

October 10, 2021

ओलम्पियन हमालले लिए लुम्बिनी प्रदेश सरकार मन्त्रीको सपथ

काठमाडौं (हाम्रो खेलकुद)– ओलम्पियन बाँकेका सुरेन्द्र हमाल लुम्बिनी प्रदेश सरकारको वन वातावरण तथा भूसंरक्षण मन्त्री बनेका छन् । हमालसँग नवनियुक्त प्रदेश सरकारका मन्त्रीले आइतबार सपथ लिएका छन् । उनका आइतबार नै पदभारसमेत ग्रहण गरेका छन् । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का पूर्व कोषाध्यक्ष समेत रहेका हमालल बाँके क्षेत्र २ (ख) बाट नेपाल कांग्रेसकोतर्फबाट प्रदेश सभामा […]

77 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– ओलम्पियन बाँकेका सुरेन्द्र हमाल लुम्बिनी प्रदेश सरकारको वन वातावरण तथा भूसंरक्षण मन्त्री बनेका छन् । हमालसँग नवनियुक्त प्रदेश सरकारका मन्त्रीले आइतबार सपथ लिएका छन् । उनका आइतबार नै पदभारसमेत ग्रहण गरेका छन् ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) का पूर्व कोषाध्यक्ष समेत रहेका हमालल बाँके क्षेत्र २ (ख) बाट नेपाल कांग्रेसकोतर्फबाट प्रदेश सभामा निर्वाचित भएका थिए । पदभारपछि कर्मचारीहरुलाई सम्बोधन गर्ने क्रममा हमालले आफू खेलकुद पृष्ठमूभीबाट आएकोले नतिजामा विश्वास गर्ने बताएका थिए ।

हमालले आफू खेलाडीका रुपमा सफल रहेको स्मरण गर्दै राजनीतिमा पनि असल नेताका रुपमा परिचिय बनाउने चाहना रहेको र सोही अनुसार काम गर्ने बताएका छन् । फरक मन्त्रालयको जिम्मेवारी भएपनि खेलकुदको विकासमा पनि हामीले सहकार्य गर्ने हमालले बताएका छन् ।

आफ्नो खेल जीवनमा हमालले सन् १९८३ मा दमसकसमा भएको एसियन वेट लिफ्टिङ च्याम्पियनसिपको ६७।५ केजी तौल समूहमा स्न्याचतर्फ कास्य पदक जितेका थिए । त्यस्तै दक्षिण एसियाली खेलकुद (साग) तत्कालिन दक्षिण एसियाली महासंघिय खेलकुद (साफ) को भारोत्तोलनमा ५ रजत र ७ कास्य पदक जितेका थिए । स्वदेशमा सन् १९८४ मा भएको पहिलो सागमा ३ रजत जितेका हमालले १९८५ दोस्रो सागमा २ रजत र १ कास्य, पाकिस्तानमा १९८९ मा भएको चौथो साग र श्रीलंकामा १९९१ मा भएको पाँचौं सागमा ३ कास्य पदक जितेका थिए ।

हमालले १९८४ मा अमेरिकाको लस एन्जल्समा भएको ओलम्पिकमा देशको प्रतिनिधित्व गरेका थिए । भारोत्तोलनका सफल खेलाडीका रुपमा रहेका हमालको आत्मकथा ओलम्पियन २०७३ विमोचन भएको थियो । क्रिएटिभ बुक्सले प्रकाशन गरेको ओलम्पियन ः सुरेन्द्र हमालको सहलेखन टीएस ठकुरीले गरेका थिए ।

March 24, 2024

दोस्रो गल्कोट कप भलिबल अर्काे साता

सिड्नी (हाम्रो खेलकुद) – अस्ट्रेलियाको सिड्नीमा अर्काे साता दोस्रो गल्कोट कप भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । अस्ट्रेलियामा रहेका बागलुङस्थित गल्कोटबासीको सक्रियतामा स्थापना भएको गल्कोट समाज अस्ट्रेलिया (जिएसए) को आयोजनामा अर्काे साता अर्थात मार्च ३१ तारिखमा एकदिने पुरुष भलिबल प्रतियोगिता आयोजना हुन लागेको हो । एक दिने प्रतियोगिता सिड्नीको ओवर्नस्थित ओवर्न बास्केटबल सेन्टरमा हुनेछ […]

March 23, 2024

फखरउद्दिन र केपी अनुश्री सर्वाेत्कृष्ट

काठमाडौं (हाम्रो खेलकुद) – च्याम्पियन टिप टप हेल्प नेपाल स्पोर्ट्स क्लबका पाकिस्तानी स्पाइकर फखरउद्दिन र एभरेस्ट भलिबल क्लबकी भारतीय स्पाइकर केपी अनुश्री आठौं आरबीबी एनभिए महिला तथा पुरुष भलिबल च्याम्पियनसिपको सर्वोत्कृष्ट खेलाडी चुनिएका छन् । फखरउद्दिन र केपी अनुश्रीले आ–आफ्नो टोलीलाई च्याम्पियन बनाउन महत्वपूर्ण भुमिका निभाएका थिए । फाइनलमा आफ्ना सहयात्री उस्मान फरयाद अलीले प्रदर्शन […]

March 23, 2024

आर्मीमाथि राेमाञ्चक जित निकाल्दै हेल्प नेपाल च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद) – विभागीय त्रिभुवन आर्मी क्लबमाथि रोमाञ्चक र प्रतिस्पर्धात्मक जित निकाल्दै टिप टप हेल्प नेपाल आठौं आरबीबी एनभिए महिला तथा पुरुष भलिबल च्याम्पियनसिपको पुरुषतर्फ च्याम्पियन बनेको छ । तीन पाकिस्तानी र घरेलु भलिबलका चर्चित खेलाडीसम्मिलित हेल्प नेपालले आर्मीमाथि ३–२ को रोमाञ्चक र प्रतिस्पर्धात्मक जित निकाल्दै लगातार च्याम्पियन बन्न सफल भएको हो । त्रिपुरेश्वरस्थित […]

Success

Thank you for your time.