default_image

2 years ago

October 23, 2021

अष्ट्रेलियालाई दक्षिण अफ्रिकाको सामान्य लक्ष्य

एजेन्सी – आइसिसी टि२० विश्वकप २०२१ सुपर १२ समूह ए को पहिलो खेलमा दक्षिण अफ्रिकाले अष्ट्रेलियालाई १ सय १९ रनको सामान्य विजयी लक्ष्य दिएको छ । शेख जायद स्टेडियम आबूधाबीमा टस हारेर ब्याटिङको निम्तो पाएको दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय १८ रन बनायो । दक्षिण अफ्रिका युवा ब्याटर एडेन माक्ररमले […]

29 views

0 Bookmark

एजेन्सी – आइसिसी टि२० विश्वकप २०२१ सुपर १२ समूह ए को पहिलो खेलमा दक्षिण अफ्रिकाले अष्ट्रेलियालाई १ सय १९ रनको सामान्य विजयी लक्ष्य दिएको छ ।

शेख जायद स्टेडियम आबूधाबीमा टस हारेर ब्याटिङको निम्तो पाएको दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय १८ रन बनायो । दक्षिण अफ्रिका युवा ब्याटर एडेन माक्ररमले ३६ बलमा ३ चौका र १ छक्का सहित सर्वाधिक ४० रनको योगदान दिए । अन्य कुनैपनि ब्याटरले राम्रो प्रदर्शन गर्न सकेनन् । कागिसो रबाडा २३ बलमा १ चौका र १ छक्का सहित १९ रनमा अविजित रहे ।

दोस्रो ओभरको तेस्रो बलमा स्पिन अलराउन्डर ग्लेन म्याक्सवेलले कप्तान टेम्बा बभुमालाई १२ रनमा बोल्ड आउट गर्दै पहिलो सफलता दिलाएका थिए । तीव्र गतिका बलर जोश हेजलवुडले आफ्नो स्पेलकै पहिलो बलमा प्रमुख ब्याटर रास्सी भान डर डुसेनलाई २ रनमा म्याथ्यु वेडबाट क्याच गराएपछि दक्षिण अफ्रिका सुरुवातमै दबाबमा परेको थियो ।

हेजलवुडले पाँचौं ओभरको पहिलो बलमा ओपनर क्विन्टन डी ककलाई ७ रनमा बोल्ड आउट गर्दा दक्षिण अफ्रिका २३–३ को कमजोर अवस्थामा पुगेको थियो । अर्का तीव्र गतिका बलर प्याट कमिन्सले आठौं ओभरको अन्तिम बलमा हेनरिक क्लासेनलाई १३ रनमा स्टिभ स्मिथबाट १३ रनमा क्याच गराए । उनले १३ बलमा २ चौका प्रहार गरे ।

१४ औं ओभरमा स्पिनर एडम जम्पाले दुई विकेट लिएपछि दक्षिण अफ्रिका संकटमा परेको थियो । तेस्रो बलमा आक्रमक ब्याटर तथा फिनिसर डेविड मिलरलाई १६ रनमा एलबीडब्लू आउट गरे । ड्वेन प्रिट्रिययस १, केशव महाराज शून्य र एनरिच नोर्किया रन २ रनमा आउट भए ।

अष्ट्रेलिया तीव्र गतिका बलर जोश हेजलवुडले ४ ओभरमा १ मेडन सहित १९ रन खर्चेर २ विकेट लिए । स्पिनर एडम जाम्पाले ४ ओभरमा २१ रन खर्चेर २ विकेट लिए । मिचेल स्टार्कले २, प्याट कमिन्स र ग्लेन म्याक्सवेलले १–१ विकेट लिए ।

March 29, 2024

नेपाल ‘ए’ लाई आयरल्यान्ड वल्भ्सको विशाल लक्ष्य

काठमाडौं (हाम्रो खेलकुद) – आयरल्यान्ड वल्भ्सले नेपाल ‘ए’ विरुद्धको टि२० सिरिज अन्तर्गत पहिलो खेलमा २ सय २३ रनको विशाल लक्ष्य प्रस्तुत गरेको छ । पहिलो ब्याटिङको निम्तो पाएको वल्भ्सले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर २ सय २२ रन बनायो । मध्यम सुरुवात गरेको आयरल्यान्ड वल्भ्सले अन्त्यतिर आक्रामक ब्याटिङ गर्दै विशाल योगफल खडा गर्यो । […]

March 29, 2024

कमल प्लेइङ-११ मा खेल्दै, पवन बेन्चमा

काठमाडौं (हाम्रो खेलकुद) – तीव्र गतिका बलर कमलसिंह ऐरीले नेपाल ‘ए’ बाट आयरल्यान्ड वल्भ्सविरुद्ध शुक्रबार हुने टि२० खेलमार्फत पुनरागमन गर्ने भएका छन् । नेपाल ‘ए’ को कप्तान विनोद भण्डारीले टस जितेर पहिलो फिल्डीङ गर्ने निर्णय लिएका हुन् । आयरल्यान्ड वल्भ्सले सुरुवाती इनिङमा ब्याटिङ गर्दैछ । कमलले लामो समय चोटका कारण बाहिर रहेर आज पुनरागमन गर्दैछन् […]

March 29, 2024

नेपाल ‘ए’ ले टस जित्यो

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल ‘ए’ क्रिकेट टोलीले आयरल्यान्ड वल्भ्सविरुद्ध पहिलो टि२० खेलमा टस जितेको छ । नेपाल ‘ए’ को कप्तान विनोद भण्डारीले टस जितेर पहिलो फिल्डीङ गर्ने निर्णय लिएका हुन् । आयरल्यान्ड वल्भ्सले पहिलो ब्याटिङ गर्दैछ । नेपालको टोली : विनोद भण्डारी (कप्तान), लोकेश बम, देव खनाल, किरण ठगुन्ना, आरिफ शेख, अर्जुन घर्ती, बसिर […]

Success

Thank you for your time.