default_image

2 years ago

October 29, 2021

आरडब्लू च्याम्पियनसिपका लागि खेलाडी चरिकोटमा

दोलखा (हाम्रो खेलकुद)– नेपाल रिङ रेस्लिङ संघ र प्रदेश खेलकुद विकास परिषद बागमतीको संयुक्त आयोजनामा दोलखाको चरिकोटमा हुने पहिलो संस्करणको ‘हाइ अल्टिच्युड’ रिङ रेस्लिङ (आरडब्लू) प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको बताइएको छ । प्रतियोगितामा सहभागी हुन खेलाडी शुक्रबार आयोजना स्थल पुगेको र सम्पूर्ण खेलाडीलाई पूर्व पर्यटन मन्त्री आनन्द प्रसाद पोखरेल सहितका जिल्लाका अधिकारीले फुल माला […]

53 views

0 Bookmark

दोलखा (हाम्रो खेलकुद)– नेपाल रिङ रेस्लिङ संघ र प्रदेश खेलकुद विकास परिषद बागमतीको संयुक्त आयोजनामा दोलखाको चरिकोटमा हुने पहिलो संस्करणको ‘हाइ अल्टिच्युड’ रिङ रेस्लिङ (आरडब्लू) प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको बताइएको छ ।

प्रतियोगितामा सहभागी हुन खेलाडी शुक्रबार आयोजना स्थल पुगेको र सम्पूर्ण खेलाडीलाई पूर्व पर्यटन मन्त्री आनन्द प्रसाद पोखरेल सहितका जिल्लाका अधिकारीले फुल माला सहित स्वागत गरेका थिए । स्वागत कार्यक्रममा पूर्व पर्यटन मन्त्री पोखरेल सहित जिल्ला खेलकुद विकास समितिका अध्यक्ष रोहित खड्का, जिल्ला उद्योग वाणिज्य संघ पूर्व अध्यक्ष सुन्दर कार्की, विभिन्न खेलकुद संघका पदाधिकारी उपस्थित थिए ।

खेलाडीको स्वागत गर्दै पूर्व पर्यटन मन्त्री पोखरेलले अन्तराष्ट्रिय स्तरमा लोकप्रिय खेलको आयोजनाबाट जिल्लाको खेलकुदसँगै पर्यटन विकासमा समेत टेवा पुग्ने बताए । खेलकुदसँगै पर्यटनको प्रबद्र्धन गर्ने उद्धेश्यले पहिलो पटक आयोजना हुन लागेको रेस्लिङ शनिबार दिउँसो सञ्चालन हुने बताइएको छ । दोलखा चरिकोटको भ्युटावरस्थित फुटबल मैदानमा हुने प्रतियोगितामा देशभरका उत्कृष्ट रेस्लरले विभिन्न स्पर्धामा प्रतिस्पर्धा गर्ने आयोजकले जनाएको छ ।

नेपाल रिङ रेस्लिङ संघकी महासचिव सुवर्ण श्रेष्ठले प्रतियोगिताका लागि मञ्चदेखि रिङ व्यवस्थापन लगायतका सम्पुर्ण काम सकिएको जानकारी दिइन् । उनले भनिन्, ‘मञ्च व्यवस्थापनदेखि रिङ व्यवस्थापनको काम सकिएको छ । सबै खेलाडी कार्यक्रम स्थलसम्म आईपुगेका छन् । जिल्लावासीले खेलाडी र यस खेललाई न्यायो स्वागत गर्नुभएको छ ।’

प्रतियोगितामा नुवाकोटे टाईगर, थागु, डेभिड, साईन, टुप्पी ग्याङ, एक्स हिरो, लेडी एञ्जल, तन्नु, चटान, द युव, सिजे, एससी, जोन लगायत महिला तथा पुरुष रेस्लरले प्रतिस्पर्धा गर्नेछन् । यस प्रतियोगितामा हेभी वेट च्याम्पियनले १ लाख ५० हजार रुपैयाँ, हार्डकोर च्याम्पियनले १ लाख २० हजार, मिडल वेट च्याम्पियनले ८५ हजार, ट्याग टिम च्याम्पियनले ७५ हजार, लाईट वेट च्याम्पियनले ५० हजार र ट्रिपल थ्रेट च्याम्पियनले ४५ हजार रुपैयाँका साथ मेडल, प्रमाणपत्र प्राप्त गर्ने संघकी महासचिव श्रेष्ठले बताईन् ।

April 19, 2024

फाइनल पुग्न यूएईलाई नेपालको सामान्य लक्ष्य

मस्कट (हाम्रो खेलकुद) – एसीसी मेन्स प्रिमियर कप २०२४ अन्तर्गत नेपालले पहिलो सेमिफाइनलमा यूएईलाई १ सय २० रनको सामान्य लक्ष्य दिएको छ । अल अमेरतस्थित ओमान क्रिकेट एकेडेमीको मैदानमा नेपालले टस हारेपछि ब्याटिङको निम्तो पाएको थियो । शीर्षक्रमले संघर्ष गर्दा नेपालले तल्लोक्रमका ब्याटरको सहयोगमा २० ओभरमा ९ विकेट गुमाएर १ सय १९ रन जोड्यो । […]

April 16, 2024

बहराइनको कम्बोडियाविरुद्ध सहज जित

मस्कट (हाम्रो खेलकुद) – ओमनमा जारी एसिसि प्रिमियर कप अन्तर्गत बहराइनले पहिलो जित दर्ता गरेको छ । पहिलो जित दर्ता गर्ने क्रममा बहराइनले कम्बोडिया माथि ७ विकेटको सहज जित हासिल गरेको हो । कम्बोडियाले दिएको ८४ रनको झिनो लक्ष्य बहराइनले १३.१ ओभरमा ३ विकेट गुमाएर भेटायो । बहराइनका लागि हैदर बटले २७ बलमा ३ चौका […]

April 10, 2024

आर्मीलाई हराउँदै मच्छिन्द्र सिमरा गोल्डकपको सेमिफाइनलमा

सुनिल गाउँले, सिमरा विभागीय टोली त्रिभुवन आर्मी क्लब विरुद्ध संघर्षपूर्ण जित निकाल्दै मच्छिन्द्र क्लब जगदम्बा स्टिल १४ औं जीतपुरसिमरा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । सिमरा रंगशालामा मंगलबार राति भएको प्रतिष्पर्धात्मक खेलमा मच्छिन्द्रले आर्मी १–० लाई हराउँदै अन्तिम चारको यात्रा तय गरेको हो । ६९ औं मिनटमा सौरभ लिम्बुले गरेको मच्छिन्द्रला लागि निर्णायक बनेको थियो […]

Success

Thank you for your time.