default_image

2 years ago

October 30, 2021

कैलाश कपमा आयोजकका दुवै टोली विजयी

भरतपुर – कैलाश कप सेभेन ए साइड फुटबलमा कालिका ८, गैरिबारी, आयोजक कैलाश युथ क्लब ए, बी, युनिक एफसी बी र खेतबारी एफसी विजयी भएका छन् । भरतपुर ११ स्थित कैलाश क्लबको मैदानमा भएको पहिलो खेलमा कालिका ८ गैरिवारीले युनिक एफसीलाई १–० ले पराजित गर्यो । दोस्रो खेलमा आयोजक कैलाश युथ क्लब ’ए’ ले फ्रेण्ड्ली […]

77 views

0 Bookmark

भरतपुर – कैलाश कप सेभेन ए साइड फुटबलमा कालिका ८, गैरिबारी, आयोजक कैलाश युथ क्लब ए, बी, युनिक एफसी बी र खेतबारी एफसी विजयी भएका छन् ।

भरतपुर ११ स्थित कैलाश क्लबको मैदानमा भएको पहिलो खेलमा कालिका ८ गैरिवारीले युनिक एफसीलाई १–० ले पराजित गर्यो । दोस्रो खेलमा आयोजक कैलाश युथ क्लब ’ए’ ले फ्रेण्ड्ली फुटबल क्लब माडीलाई २–१ ले हरायो । आयोजकलाई जित दिलाउन दुवै गोल कृष्ण गुरुङले गरे ।

आजको तेस्रो खेलमा खेतबारी एफसीले अकलादेवी एफसी दासढुंगालाई २–० ले पराजित गरेको छ । खेतबारीको जितमा दुवै गोल आशिष गजुरेलले गरे । चौथो खेलमा युनिक एफसी ’बी’ ले साहारा क्लब मनहरीलाई ३–० ले पाखा लगायो ।

पाँचौ तथा अन्तिम खेलमा आयोजक कैलाश युथ क्लब ’बी’ ले भरतपुर ६ लाई १–० ले पाखा लगायो । कैलाशको जितमा सविन क्षेत्रीले गोल गरे ।
प्रतियोगितामा आइतबार समूह चरणका अन्तिम तीन खेल हुनेछन् । एफसीएन नौरङ्गे र एएफसी पिपलटार, बागेश्वरी एफसी र गङ्गोत्री एफसी तथा क्षेत्रपुर फुटसल एरिना र भरतपुर ९ बीच प्रतिस्पर्धा हुनेछ ।

April 19, 2024

फाइनल पुग्न यूएईलाई नेपालको सामान्य लक्ष्य

मस्कट (हाम्रो खेलकुद) – एसीसी मेन्स प्रिमियर कप २०२४ अन्तर्गत नेपालले पहिलो सेमिफाइनलमा यूएईलाई १ सय २० रनको सामान्य लक्ष्य दिएको छ । अल अमेरतस्थित ओमान क्रिकेट एकेडेमीको मैदानमा नेपालले टस हारेपछि ब्याटिङको निम्तो पाएको थियो । शीर्षक्रमले संघर्ष गर्दा नेपालले तल्लोक्रमका ब्याटरको सहयोगमा २० ओभरमा ९ विकेट गुमाएर १ सय १९ रन जोड्यो । […]

April 16, 2024

बहराइनको कम्बोडियाविरुद्ध सहज जित

मस्कट (हाम्रो खेलकुद) – ओमनमा जारी एसिसि प्रिमियर कप अन्तर्गत बहराइनले पहिलो जित दर्ता गरेको छ । पहिलो जित दर्ता गर्ने क्रममा बहराइनले कम्बोडिया माथि ७ विकेटको सहज जित हासिल गरेको हो । कम्बोडियाले दिएको ८४ रनको झिनो लक्ष्य बहराइनले १३.१ ओभरमा ३ विकेट गुमाएर भेटायो । बहराइनका लागि हैदर बटले २७ बलमा ३ चौका […]

April 10, 2024

आर्मीलाई हराउँदै मच्छिन्द्र सिमरा गोल्डकपको सेमिफाइनलमा

सुनिल गाउँले, सिमरा विभागीय टोली त्रिभुवन आर्मी क्लब विरुद्ध संघर्षपूर्ण जित निकाल्दै मच्छिन्द्र क्लब जगदम्बा स्टिल १४ औं जीतपुरसिमरा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । सिमरा रंगशालामा मंगलबार राति भएको प्रतिष्पर्धात्मक खेलमा मच्छिन्द्रले आर्मी १–० लाई हराउँदै अन्तिम चारको यात्रा तय गरेको हो । ६९ औं मिनटमा सौरभ लिम्बुले गरेको मच्छिन्द्रला लागि निर्णायक बनेको थियो […]

Success

Thank you for your time.