default_image

3 years ago

September 15, 2021

चीनको राष्ट्रिय खेलकुदमा केल्मीको प्रायोजन

एजेन्सी – विश्व खेलकुदको महारथी चीनको राष्ट्रिय खेलकुदलाई खेल सामाग्री निर्माणकर्ता केल्मीले प्रायोजन गरेको छ । शान्सी सहरमा बुधबार उद्घाटन भएको चीनको राष्ट्रिय खेलकुदको १४ औं संस्करण १२ दिनसम्म चल्नेछ । प्रतियोगितामा ४१ खेलका ५ सय १ इभेन्ट समावेश रहेका छन् । चीनले आफ्नो राष्ट्रिय खेलकुदकै कारण विभिन्न अन्तर्राष्ट्रिय च्याम्पियनसिपमा आफ्नो टोली पठाएको छैन । […]

63 views

0 Bookmark

एजेन्सी – विश्व खेलकुदको महारथी चीनको राष्ट्रिय खेलकुदलाई खेल सामाग्री निर्माणकर्ता केल्मीले प्रायोजन गरेको छ । शान्सी सहरमा बुधबार उद्घाटन भएको चीनको राष्ट्रिय खेलकुदको १४ औं संस्करण १२ दिनसम्म चल्नेछ ।

प्रतियोगितामा ४१ खेलका ५ सय १ इभेन्ट समावेश रहेका छन् । चीनले आफ्नो राष्ट्रिय खेलकुदकै कारण विभिन्न अन्तर्राष्ट्रिय च्याम्पियनसिपमा आफ्नो टोली पठाएको छैन । यसै महिना हुने टेबल टेनिसको एसियन च्याम्पियनसिपमा पनि चीनका खेलाडी सहभागी नहुने भएका छन् ।

राष्ट्रिय खेलकुदको आयोजक संस्थाले एक वर्ष अघि नै प्रतियोगिताको लागि प्रायोजकको रुपमा केल्मीसँग सम्झौता गरेको थियो । केल्मीले पछिल्लो समय विश्व खेलकुदमा आफ्नो बजार विस्तार गर्दै गएको छ । नेपालमा राष्ट्रिय फुटबल टोलीको प्रायोजनसँगै प्रवेश गरेको केल्मीले अहिले नेपालका तीनै विभागीय टोलीसँगै कराते र तेक्वान्दोको राष्ट्रिय टोलीलाई पनि प्रायोजन गरेको छ ।

केल्मीले इंग्लिस प्रिमियर लिगको वाटफर्ड तथा स्पेनिस लिगमा पनि अलाभेस, एस्पान्योल लगायत टोलीलाई प्रायोजन गरेको छ । गत महिना मात्र एसियाली फुटबल महासंघसँग केल्मीले सन् २०२४ सम्म सम्झौता गरेको थियो ।

April 24, 2024

युभेन्ट्स कोपा इटालियाको‌ फाइनलमा

एजेन्सी – युभेन्ट्स कोपा इटालियाको फाइनलमा प्रवेश गरेको छ। खेलको अन्त्यतिर गोल गरेपछि समग्रमा लाजियोलाई ३-२ ले पछि पार्दै युभेन्टस अन्तिम दुईमा पुगेको हो। बुधबार भएको दोस्रो लेगमा २-१ ले पराजित भएको युभेन्ट्सले पहिलो लेगमा २-० को‌ जित निकालेको थियो।८३ औं मिनेटमा परिवर्तित खेलाडीका रुपमा मैदान प्रवेश गरेको केही सेकेन्डमै आर्काडिउज मिलिकले गोल गरेपछि युभेन्ट्सको […]

April 24, 2024

चेल्सीमाथि आर्सनलको सानदार जित

एजेन्सी – आर्सनलले इंग्लिस प्रिमियर लिगमा ३ अंकको‌ स्पष्ट अग्रता लिएको छ। चेल्सीलाई मंगलबार ५-० ले हराउँदै आर्सनलले दोस्रो स्थानको लिभरपुललाई ३ अंकले पछि छाडेको छ । आर्सनलको ७७ अंक छ । लिभरपुलले एक खेल कम खेलेको छ भने २ खेल कम खेलेको तेस्रो स्थानको म्यानचेस्टर सिटी ७३ अंक छ।एफए कपको सेमिफाइनलमा सिटी सँग पराजित […]

April 23, 2024

स्टोइन्सको शतकमा चेन्नईमाथि लखनउको जित

एजेन्सी – मार्कुस स्टोइन्सको सानदार शतकसहित लखनउ सुपर जाइन्ट्ले इन्डियन प्रिमियर लिग (आइपिएल) मा मंगलबार चेन्नई सुपर किंग्सलाई ६ विकेटले हराएको छ । २ सय ११ रनको लक्ष्य पछ्याएको लखनउले ३ बल बाँकी रहँदै २ सय १३ जोडेर जित निकालेको हो । स्टोइन्सले ६३ बल खेल्दै १३ चौका र ६ छक्काको मद्दतमा नटआउट १ सय […]

Success

Thank you for your time.