default_image

ताजा समाचारहरु

April 9, 2025

अन्तिम खेलमा नेपाल यू१९ को सामान्य योगफल

काठमाडौं (हाम्रो खेलकुद) – आइसीसी यू१९ विश्वकप छनोटको तयारीका लागि नेपाल र अफगानिस्तानबीच जारी सिरिजको तेस्रो खेलमा नेपालले १ सय ९२ रनको सामान्य योगफल प्रस्तुत गरेको छ । टस जितेर बलिङ रोजेको अफगानिस्तानविरुद्ध नेपालले ४५ औं ओभरमा अलआउट हुँदै १ सय ९१ रनमात्र बनाउन सक्यो । नेपालले सानदार सुरुवात गरेपनि मध्यक्रमका ब्याटरले राम्रो खेल्न नसक्दा […]

April 9, 2025

नेपालको विजयी सुरुवात

काठमाडौं (हाम्रो खेलकुद) – हङकङमा आजदेखि सुरु भएको चार देश सम्मिलित टि२० प्रतियोगितामा नेपालले विजयी सुरुवात गरेको छ । नेपालले कतारलाई ८ विकेटले पराजित गरेको हो । कतारले प्रस्तुत गरेको १ सय ५२ रनको लक्ष्य नेपालले १७ ओभरमा २ विकेट गुमाएर पूरा गर्यो । दुवै ओपनरले आक्रामक ब्याटिङ गर्दै नेपाललाई सानदार सुरुवात दिलाएका थिए । […]

April 9, 2025

मच्छिन्द्र जीतपुरसिमरा गोल्डकप फाइनलमा

सुनिल गाउँले,सिमरा मच्छिन्द्र फुटबल क्लब लगातार दोस्रो पटक जीतपुरसिमरा गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । १५ औं जीतपुरसिमराको मंगलवार राति भएको पहिलो सेमिफाइनलमा चितवनको हनामी विएफसी भरतपुरलाई १-० हराउँदै मच्छिन्द्र उपाधि नजिक पुगेको हो। गत बर्ष फाइनलमा‌ मच्छिन्द्र नेपाल पुलिस क्लबसँग पराजित भएको थियो। मच्छिन्द्रको जित दिलाउन परिवर्तित खेलाडी अनिल रानामगरले ६८ औं मिनेटमा निर्णायक […]

April 9, 2025

नेपाललाई कतारको प्रतिस्पर्धात्मक लक्ष्य

काठमाडौं (हाम्रो खेलकुद) – हङकङमा जारी चार देशीय टि२० सिरिजको पहिलो खेलमा कतारले नेपालसामु १ सय ५२ रनको प्रतिस्पर्धात्मक लक्ष्य प्रस्तुत गरेको छ । कतारले २० ओभरमा ५ विकेट गुमाएर १ सय ५१ रन जोडेको हो । कतारका लागि कप्तान इक्रमउल्लाह खानले सर्वाधिक ५४ रनको योगदान दिए । उनले ५२ बलमा अर्धशतक पूरा गरेका थिए […]

April 9, 2025

किरण पहिलो पटक नेपालको टोलीमा

काठमाडौं – सुदूरपश्चिम प्रदेशका फिनिसर ब्याटर किरण ठगुन्ना पहिलो पटक नेपालको राष्ट्रिय टोलीमा परेका छन् । हङकङमा आजदेखी सुरु हुने चारदेश सम्मिलित टी-२० आई सिरिजमा आक्रामक ब्याटर लोकेश बमको भिसा समस्याको कारण नेपालले किरणलाई बोलाएको हो । किरण हङकङतर्फ मंगलबार राती नै प्रस्थान गरी सकेपनि नेपाल क्रिकेट संघ(क्यान) ले भने औपचारिक रुपमा घोषणा गर्न बाँकी […]

April 9, 2025

आर्सनलसँग रियल म्याड्रिड स्तब्ध

एजेन्सी – डेक्लान राइसले दोस्रो हाफमा फ्रिकिकमार्फत उत्कृष्ट २ गोल गरेपछि आर्सनललाई च्याम्पियन्स लिगको सेमिफाइनलको सम्भावनालाई बलियो बनाएको छ। एमिरेट्स स्टेडियममा मंगलवार आर्सनलले क्वाटरफाइनलको पहिलो लेगमा रियल म्याड्रिडलाई ३-० ले हराएको छ। आर्सनलले सुरुवातमै रियलको पेनाल्टी क्षेत्रभित्र केहि खतरनाक क्रसहरु गर्दै दबाब दिएको थियो । २०औं मिनेटसम्म रियलले मौका बनाउन सकेन । पहिलो मौकाका‌ रुपमा […]

April 9, 2025

इन्टरले बायर्नलाई हरायो

एजेन्सी – इन्टर मिलानले खेलको अन्त्यतिर गोल गर्दै च्याम्पियन्स लिगको सेमिफाइनलमा पुग्न बलियो बनाएको छ‌ । इन्टरले क्वाटरफाइनलको पहिलो लेगमा मंगलवार घरेलु टोली बायर्न म्युनिखलाई २-१ ले हराएको छ। बायर्नले सुरुआती ३० मिनेटसम्म खेलमा पूर्ण नियन्त्रणमा राख्यो। इङ्ल्यान्डका कप्तान ह्यारी केनले गोलपोस्टको दाहिने कुनामा बल प्रहार गरे । तर सफल भएनन्। त्यसपछि इन्टरले आफ्नो पहिलो […]

April 8, 2025

पन्जाबसँग चेन्नई पराजित

एजेन्सी – पन्जाब किंग्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा आज चेन्नई सुपर किंग्सलाई १८ रनले हराएको छ। २ सय २० रनको लक्ष्य पछ्याएको चेन्नईले ५ विकेटको क्षतिमा २ सय १ रन बनाउन सक्यो । रविन रविन्द्र र डेभन कन्वेले चेन्नईलाई बलियो सुरुवात दिलाए पनि त्यसपछिका सम्हालिन नसक्दा चेन्नईले हार बेहोरेको थियो। शिवम् दुवे र महेन्द्र […]

April 8, 2025

बनेपामा टिप टप न्यु डायमण्डको जित

काठमाडौं (हाम्रो खेलकुद)- काभ्रेपलाञ्चोकको बनेपामा जारी दोस्रो उपमेयर कप खुल्ला तथा आमन्त्रण महिला भलिबल प्रतियोगिता दोस्रो दिन मंगलवार टिप‌ टप न्यु डायमण्ड स्पोर्टस क्लब विजयी भएको छ। बनेपाको लायकु मञ्चमा रहेको भलिबल कोर्टमा भएको मंगलवारको खेलमा समूह खमा न्यु डायमण्डले धुलिखेल नगरपालिकालाई ३-० को सोझो सेटमा पराजित गर्यो । न्यु डायमण्ड समूह विजेता र धुलिखेल उपविजेताका […]

April 8, 2025

चेन्नईलाई पन्जाबको प्रतिस्पर्धात्मक चुनौती

एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) मा पन्जाब किंग्सले आज चेन्नई सुपर किंग्सलाई जितको लागि २ सय २० रनको चुनौती दिएको छ। महाराजा यादविन्द्र सिंह अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा टस जितेर पहिले ब्याटिङ गरेको पन्जाबले २० ओभरमा ६ विकेट गुमाउँदै २ सय १९ रन बनायो। ओपनर प्रियांन्स आर्यले कीर्तिमानी रन जोडे‌। उनी क्रिजमा जमे। अन्य खेलाडीले […]

Success

Thank you for your time.