default_image

ताजा समाचारहरु

March 19, 2016

बक्सिङका कांस्य विजेता सम्मानित

काठमाडौं, चैत ६ ललितपुर जिल्ला बक्सिङ संघले भारतमा भएको १२ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत बक्सिङका कांस्यपदक विजेता तीन खेलाडीलाई शनिबार नगदसहित सम्मान गरेको छ । भारतको सिलोङमा भएको बक्सिङमा पुरुषमा दीपक श्रेष्ठ तथा महिलामा मीनु गुरुङ र सरस्वती रानाले कांस्य जितेका थिए । विजेतात्रय समान १५ हजार नगदसहित प्रशंसा पत्रबाट सम्मानित भए । […]

March 19, 2016

सम्मानको पैसा असहायलाई

काठमाडौं, चैत ६ अस्ट्रेलियामा केही समयअघि सुकोकाई ओपन अन्तर्राष्ट्रिय कराते च्याम्पियनसिपमा रजत जितेका कुशल श्रेष्ठले सम्मानबापत पाएको रकमको केही हिस्सा असहाय बालबालिकाका लागि खर्चेका छन् । उनलाई नगदसहित शनिबारै न्यू शिवशक्ति विजनेश प्राइभेट लिमिटेडका निर्देशक भरत शंकर र जयलक्ष्मी गहनागृह चाबहिलका प्रोप्राइटर लभ बराइलीले सम्मान गरेका थिए । सम्मानवापत प्राप्त रकमबाट कुशलले ११ हजार रुपैयाँ […]

March 18, 2016

उर्गेन र राजिवलाई स्वर्ण

काठमाडौं, चैत ५ बौद्ध डोजोका उर्गेन लामा र बालाजुका नवीन रसाइलीले तेश्रो राष्ट्रिय खुला रेन्बुकाइ कराते प्रतियोगितामा शुक्रबार स्वर्ण जितेका छन् । जोरपाटीको नारायणटारस्थित हिम्स स्कुलमा भएको पुरुष ६० केजीमा उर्गेनले बुढानीलण्ठका सुनील राई तथा ६५ केजीमा नवीनले बुद्ध एकेडेमीका राजिव पुनलाई फाइनलमा पराजित गरे । नेपाल रेन्बुकाइ कराते संघद्वारा आयोजित प्रतियोगिताको पुरुष ४० केजीमा […]

March 18, 2016

भलिबल खेलाडी छनोट

काठमाडौ, चैत ५ भारतमा हुन लागेको सेन्ट्रल जोन भलिबलका लागि नेपाल भलिबल संघले महिला तथा पुरुष खेलाडी छनोट गरेको छ । संघले छनोट गरेको दुबै टोलीमा समान १७ खेलाडी रहेका छन् । छनोट भएका खेलाडीलाई बन्द प्रशिक्षणमा राख्ने तयारी भईरहेका संघले बताएको छ । प्रतियोगिता चैतको दोस्रो साता देखी भारतमा हुने भनेपनि केहि दिनको लागी […]

March 18, 2016

टेनिस टोली बैंककतर्फ

काठमाडौं, चैत ५ एटीएफ÷आईटीएफ सोह्र वर्षमुनिको टेनिस क्याम्पमा सहभागी हुन २ खेलाडीसहित ३ सदस्यीय नेपाली लनटेनिस टोली शुक्रबार थाइल्यान्डको बैंकक प्रस्थान गरेको छ । मार्च १९ देखि अप्रिल १ तारिखसम्म हुने क्याम्पमा समान १–१ पुरुष÷महिला खेलाडीले सहभागिता जनाउने छन् । पुरुषमा प्रणव खनाल र महिलामा अभिलाषा विष्ट छन् । खेलाडीले बैंककमै चैत १३ र १४ […]

March 18, 2016

अत्तरिया दोस्रो स्थानमा

धनगढी, चैत ५ सिवाइसी अत्तरिया सगरमाथा सिमेन्ट धनगढी क्रिकेट लिग भाग तीनमा दोस्रो स्थानमा उक्लिएको छ । धनगढीस्थित अञ्चल प्रहरीको खेल मैदानमा शुक्रबार भएको पहिलो खेलमा सन्तोषी टोल माथि ८ विकेटको फराकिलो जित निकाल्दै अत्तरिया दोस्रो स्थानमा उक्लिएको हो । अत्तरियाको सात अंक छ । शीर्ष स्थानको क्याम्पस रोडको ८ अंक छ । बर्षाले खेल […]

March 17, 2016

सागमा पदक जित्ने बक्सर सम्मानित

काठमाडौं, चैत ४ भारतमा भएको १२ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत बक्सिङमा पदक जित्न सफल खेलाडी तथा प्रशिक्षकलाई बिहीबार सम्मान गरिएको छ । नेपाल बक्सिङ संघले उनीहरुलाई नगदसहित एक कार्यक्रमबीच सम्मान ग¥यो । साथै सहभागी अन्य खेलाडी र टिम व्यवस्थापक पनि सोही अवसरमा सम्मानित भए । नेपालले बक्सिङमा एक पुरुष र दुई महिला गरी […]

March 17, 2016

सशस्त्रले विभिन्न खेलकुद प्रतियोगिताको आयोजना गर्ने

काठमाडौं, चैत ४ सशस्त्र प्रहरीको एपिएफले चैत्र तेस्रो साताबाट विविध खेलकुद प्रतियोगिताको आयोजना गर्ने भएको छ । सशस्त्र प्रहरीको मुख्यालय हल्चोकमा बिहिबार पत्रकार सम्मेलन गर्दै बलका खेलकुद विभाग प्रमुख अतिरिक्त महानिरिक्षक सिंहबहादुर श्रेष्ठले भलिबल, ब्याडमिन्टन र लनटेनिस प्रतियोगिताबारे हुने जानकारी दिए । सशस्त्रले यही चैत १५ देखि १९ गतेसम्म सशस्त्र प्रहरी महानिरीक्षक तेस्रो राष्ट्रिय महिला […]

March 17, 2016

नेपाली टोलीको प्रशिक्षण तीव्र [भिडियो]

मलेसिया अन्डर-२२ विरुद्ध मार्च २७ गते खेलिने मैत्रीपूर्ण खेलका लागि नेपाली राष्ट्रिय टोलीको प्रशिक्षण जारी छ| नवनियुक्त जापानी प्रशिक्षक ग्योतोकु कोजिले प्रारम्भिक छनोटमा ४४ खेलाडी बोलाएकोमा अहिले ३६ खेलाडी प्रशिक्षणरत छन् |यो हप्ता भित्रै अन्तिम २३को घोषणा गर्ने लक्ष्य एन्फाले लिएको बुझिएको छ | १२औं सागमा स्वर्ण विजेता टोलीको प्रमुख प्रशिक्षक रहेका राजु काजी शाक्य […]

March 17, 2016

सुपर ओभरमा हसनपुरको जित

सगरमाथा सिमेन्ट धनगढी क्रिकेट लिग भाग ३ अन्र्तगत विहीबार भएको सनसनीपुर्ण दास्रो खेलमा सुपर ओभरमा जित निकाल्दै हसनपुर रोयल्र्स अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । टस जितेर पहिले ब्याटिंग गरेको हसनपुरले २० ओभरमा ७ विकेट गुमाउादै १ सय ४५ रन बनायो । उसका लागि बिनोद लामाले ३८ बलमा ४६ रनको ईनिंग खेले । विनोदले […]

Success

Thank you for your time.