default_image

ताजा समाचारहरु

February 28, 2016

अस्वस्थताका कारण पारस खड्का अस्पतालमा!

आकस्मिक आन्द्राको समस्याका कारण नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्का अस्पतालमा भर्ना भएका छन्| सामान्य मानिने आन्द्राको समस्या (Intestinal Obstruction)ले सताएपछि पारस नर्भिक हस्पिटल पुगेका हुन्| सामान्य समस्या भएपनि डाक्टरले उनलाई अब्जरभेसनमा राखेका छन्| डाक्टर मधु घिमिरेको नेतृत्वमा उनको उपचार भैरहेको जानकारी प्राप्त भएको छ| अकस्मात पेट दुख्न थालेपछि उनलाई शुक्रबार दिउसो साढे दुइ […]

February 28, 2016

सागका स्वर्णधारी सुनिलले युएसए ओपनमा प्रतिस्पर्धा गर्ने

काठमाडौं, फागनु १६ मित्र राष्ट्र युएसएको न्यूयोर्क शहरमा आयोजना हुने न्यूयोर्क अन्तर्राष्ट्रिय खुला कराँते च्याम्पियनसिपमा सहभागी हुन सागका स्वर्णधारी सुनिल लामा त्यसतर्फ प्रस्थान गर्ने भएका छन् । लामा सोमबार त्यसतर्फ प्रस्थान गर्नेछ । उनलाई आज एक समारोहका बीच राष्ट्रिय खेलकुद परिषदका सदस्य–सचिव केशव कुमार बिष्टले शुभकामनासहित विदाई गरे । प्रतियोगिता मार्च ५ र ६ तारिखमा […]

February 28, 2016

एपिएफ र हिमालयन विजयी

काठमाडौं, फागुन १६ काठमाडौंमा जारी प्रथम रुस्लान कप टी–२० प्र्रतियोगितामा सशस्त्र प्रहरकिो एपिएफ क्लब र हिमालयन क्रिकेट एकेडेमी विजयी भएको छ । आइतबार भएको पहिलो खेलमा हिमालयन क्रिकेट एकेडेमीले लर्ड बुद्ध क्रिकेट क्लबलाई ५४ रनले पराजित गरेको हो । हिमालयनले दिएको १५५ रनको लक्ष्य पछ्याएको लर्डबुद्ध निर्धारित २० ओभरमा सात विकेट गुमाएर १०० रनमात्र बनाउन […]

February 28, 2016

म्यानचेस्टर युनाइटेड पुगिसकेका १४ वर्षीय कटवाल बार्सिलोना जाने

गत साल म्यान्चेस्टर युनाइटेडको सकर स्कुल पुगेका ड्यानिएल डेबिड कटवाल, यो वर्ष बार्सिलोना जाने पक्का भएको छ| गत साल जुलाई ५-१०मा एक हप्ता म्यानचेस्टर युनाइटेडको सकर स्कुलमा प्रशिक्षण लिएका ड्यानिएलले त्यहाँ राम्रो प्रभाव पारेका थिए| युनाईटेड सकर स्कुलका प्रशिक्षकले उनको खेल राम्रो भएको भन्दै ८/१०को रेटिंग पनि दिएका थिए| यसअघि पनि कटवाल दुइ महिने प्रशिक्षणका […]

Nepal Coach Patrick Aussems

February 27, 2016

पुर्व प्रसिक्षक ओजेम्स – “भनेजस्तै ३ खेलाडिलाइ फ्रान्स बोलाउने छु “

राष्ट्रिय टोलिका पुर्व प्रशिक्षक बेल्जियमका प्याटरिक ओजेम्सले आफ्नो वचन पूरा गर्दै तीन नेपाली खेलाडिहरुलाइ फ्रान्सको पहिलो डिभिजनमा बोलाउने कुरा टुइट गरेका छन । अखिल नेपाल फुटबल संघको व्यवस्थापन प्रती असन्तुस्टी जनाउदै फ्रान्स गएर नेपाली टोलि सम्हाल्न नफर्केका ओजेम्सले यसअघि नेपाली टोलि समाल्धा आफु नेपाली खेलाडीहरुलाइ बिदेशमा मौका दिन मद्धत गर्ने बताएका थिए । “म वचनको […]

February 27, 2016

सुनिल र फूर्वा सम्मानित

काठमाडौं, फागुन १५ नेपाल गोजुरियो कराते डो संघ शाखा डोजो स्वयम्भुले दुई कराते खेलाडीलाई सम्मान गरेको छ । सम्मानित हुनेमा ११औ साग खेलकुदका स्वर्ण पदकधारी तथा अमेरिकामा भएको फिका ओपन अन्तर्राष्ट्रिय कराते प्रतियोगिताको ७५ किलो तौल समुहमा कास्य विजेता सुनिल लामा र स्वीडेनमा भएको स्कटहोम ओपन कराते प्रतियोगिताको ६० किलो तौल समुहका रजत पदक विजेता […]

February 27, 2016

झापालाइ हराउँदै पुलिस बिराट गोल्ड कप विजेता

बिराटनगरको सहिद मैदानमा सम्पन्न बिराट गोल्ड कप मा झापा ११ लाई १-० ले हराउदै नेपाल पुलिस क्लब उपाधि जित्न सफल भएको छ| दोस्रो हाफमा बिमल घर्ती मगरको स्थानमा मैदान प्रवेश गरेका भरत शाह्को ८७औ मिनेटको गोल खेलको निर्णायक गोल साबित भयो । झापाले भने धेरै प्रयास गर्दा पनि गोल गर्न सकेन । कर्ण लिम्बुको तीन […]

February 27, 2016

केसीटिसीको फराकिलो जित

काठमाडौं, फागुन १५ आयोजक रुस्लान काठमाडौं क्रिकेट टे«निङ सेन्टर(केसीटिसी) ले शनिबारबाट सुरु भएको प्रथम रुस्लान क्रिकेट कप प्रतियोगितामा विजयी सुरुआत गरेका छन् । शनिबार त्रिवि मैदानमा भएको दोस्रो खेलमा आयोजक केसीटिसीले ग्रेट हिमालयन क्रिकेट एकेडेमीलाई १० विकेटको भारी अन्तरले पराजित गरेको हो । ग्रेट हिमालयनले दिएको ८२ रनको झनो लक्ष्य केसीटिसीले विना विकेट १६.१ ओभरमा […]

February 27, 2016

ललितपुर बक्सिङ संघको अध्यक्षमा राम अवाले

ललितपुर, फागुन १५ ललितपुर जिल्ला खेलकुद बिकास समितिको रोहवरमा ललितपुर जिल्ला बक्सिङ संघको दोश्रो साधारण सभाले पुर्व खेलाडी राम अवालेको अध्यक्षमा ८ सदस्य जिल्ला समिति निर्विरोध निर्वाचित गरेको छ । कार्यसमितिको उपाध्यक्षमा आठौ सागका स्वर्णधारी प्रकाश थापामगर रहेका छन् । त्यसै गरि सचिवमा राजन प्रजापति,कोषाध्यक्ष रत्न अवाले रहेका छन् । सदस्यहरुमा रमेश चन्द्र ऐर, आठौ […]

February 27, 2016

सजना र बिशाल पहिलो

काठमाडौं, फागुन १५ सजना श्रेत्री र बिशाल बाँनियाले १० किमी खुल्ला दौड प्रतियोगितामा पहिलो स्थान हात पारेका छन् । कुसुन्ती युवा क्लबले स्थापनाको २८औ बर्ष पुरा गरेको अवसरमा शनिवार आयोजना गरिएको खुला दौड प्रतियोगिताका महिलातर्फ सजना खत्री पहिलो, बर्षा थापा दोश्रो प्रिति श्रेष्ठ तेश्रो भए । त्यस्तै पुरुषतर्फ बिशाल बानिया पहिलो,बिकास सुब्बा दोश्रो र श्री […]

Success

Thank you for your time.