default_image

ताजा समाचारहरु

August 17, 2025

अस्ट्रेलिया मान र दिलको जोडी बिच भलिबल च्याम्पियन

सिड्नी (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय बिच भलिबलका सफल मानबहादुर श्रेष्ठ र दिल बहादुर सुनारको जोडी अस्ट्रेलियामा भएको ब्राइटन बिच भलिबल कपको च्याम्पियन बनेका छन् । ब्राइटन बिच भलिबल संघको आयोजनामा आइतबार भएको फाइनलमा आयाेजक ब्राइटनका जाेडीलाई २–० को सोझो सेटमा पराजित गर्दै उपाधि जित्न सफल भएको हो । सिड्नीस्थित ब्राइटन बिचमा रोमाञ्चक र प्रतिस्पर्धात्मक […]

August 17, 2025

एनओसी विवादमा प्रधानको उल्टो बाटो

फेयर प्ले प्रकाश तिमल्सिना, काठमाडौं एउटा गल्ति सच्याउन अर्को गल्ति गर्नु समस्या समाधान होइन, बरु त्यसलाई अझ जटिल बनाउने काम मात्र हो। अहिले नेपाल ओलम्पिक कमिटी (एनओसी) मा देखिएको दोहोरो अस्तित्वले त्यहि संकेत गर्छ । जीवनराम श्रेष्ठले नेतृत्व गरेको अन्तर्राष्ट्रिय मान्यता प्राप्त एनओसी आफै विवादको भुमरीबाट बाहिरिन नसकेको समयमा सरकारको समर्थनमा एनओसीको अर्को तदर्थ समिति […]

August 17, 2025

इन्डो–नेपाल करातेको उपाधि धरान रंगशाला कराते एकेडेमीलाई

हिमाल खरेल, बिर्तामोड प्रथम इन्डो–नेपाल अन्तरविद्यालय खुला कराते च्याम्पियनसिपको उपाधि धरान रंगशाला कराते एकेडेमीले जितेको छ । धरानले ७५ वटा विद्यालयलाई पछि पार्दै उपाधि उचालेको हो । च्याम्पियनसिपको विजेता धरानले नगद नगद १ लाख रुपैयाँसहित आकर्षक ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्‍यो । धरान ३३ स्वर्ण जित्दै च्याम्पियन बनेको हो । धरानकै अर्को टिम धरान […]

August 17, 2025

गोलसहित मेस्सीको पुनरागमनमा मियामीको जित

एजेन्सी – दायाँ घाँटीको मांसपेशी अझै शत प्रतिशत ठिक नभई‌ मैदान फर्केका लियोनेल मेस्सीले गोल गरेको मेजर लिग सकर (एमएलएस) को आजको खेलमा इन्टर मियामीले एलए ग्यालेक्सीलाई ३-१ ले हराएको छ। मेसीले ८४ औँ मिनेटमा गोल गरे। त्यस अघि जोर्डी आल्बाले ४३ औँ मिनेटमा र लुइस सुआरेजले ८९ औँ मिनेटमा गोल गरेर इन्टर मियामीलाई सहज […]

August 17, 2025

बायर्नलाई जर्मन सुपर कप

एजेन्सी – नयाँ खेलाडी लुइस डियाज र हेरी केनको गोलमा बायर्न म्युनिखले स्टुटगार्टलाई २-१ ले पराजित गर्दै जर्मन सुपर कप उपाधि जितेको छ। क्लबमा आफ्नो पहिलो खेल खेलिरहेका डियाजले उत्कृष्ट प्रदर्शन गरे। डियाजले लिभरपुलबाट ६५.५ मिलियन पाउण्डमा बायर्नमा ४ वर्षका लागि अनुबन्ध भएका थिए। उनले ७७ औँ मिनेटमा सर्ज नाब्रीको क्रसमा हेड गोल गर्दै टोलीलाई […]

August 17, 2025

बार्सिलोनाको विजयी सुरुवात

एजेन्सी – बार्सिलोनाले ला लिगाको नयाँ सिजनको सुरुवात सहज जितबाट गरेको छ। बार्सिलोनाले शनिवार राति मालोर्काको मैदानमा भएको खेलमा घरेलु टोलीलाई ३-० ले पाखा लगायो। खेलमा मालोर्काका २ खेलाडी पहिलो हाफमै रातो कार्ड पाएपछि बार्सिलोनाको जित सहज बनाइदियो। खेल सुरु भएको सातौँ मिनेटमै लामिन यामालको क्रसमा राफिन्हाले नजिकैबाट हेड बाट पहिलो गोल गरे । पछिल्लो […]

August 17, 2025

म्यानचेस्टर सिटीको सानदार सुरुवात

एजेन्सी – म्यानचेस्टर सिटीले सानदार जितका साथ प्रिमियर लिगको सुरुवात गरेको छ। टिज्जानी रेजन्डर्स र रायान चर्चीले प्रिमियर लिगमा आफ्नो पहिलो खेलमै गोल गर्दा सिटीले वुल्भ्सलाई ४-० ले‌‌ हरायो । टोलीका लागि‌ एर्लिङ हालान्डले २ गोल गरे। प्रिमियर लिगको पहिलो हप्तामा गोल गर्ने आफ्नो परम्परा कायम राख्दै हालान्डले ३४ औँ मिनेटमा ट्याप–इन गोल गरे । […]

August 16, 2025

टोटनहमको विजयी सुरुवात

एजेन्सी – टोटनहम हट्सपरले नयाँ प्रशिक्षक थॉमस फ्र्याङ्कको नेतृत्वमा प्रिमियर लिगको पहिलो खेलमा शानदार नतिजा निकालेको छ। शनिवार भएको खेलमा टोटनहमले बर्न्लीलाई ३-० गोलले पराजित गर्‍यो। खेलको १० औँ मिनेटमै मो कुडुसले दिएको पासमा रिचार्लिसनले उत्कृष्ट गोल गर्दै टिमलाई अग्रता दिलाए। कुडुसको यो प्रिमियर लिग डेब्यू खेल थियो र उनले सुरुवातमै राम्रो प्रभाव पारे। ६० […]

August 16, 2025

सलहेशलाई ताप्लेजुङ गोल्डकप उपाधि

ताप्लेजुङ (हाम्रो खेलकुद) – सिराहाको सलहेश युवा क्लब तेस्रो ताप्लेजुङ गोल्डकपको च्याम्पियन बनेको छ । सलहेशले शनिबार भानुजन माविको खेलमैदानमा भएको उपाधि भिडन्तमा ललितपुरको चर्च ब्वाइज युनाइटेड क्लबलाई २-० ले पराजित गर्यो । जितसँगै सलहेशले नगद ७ लाख २ हजार ८२ प्राप्त गर्दा चर्च ब्वाइजले ३ लाख ५० हजार ८२ रुपैयाँमा चित्त बुझाएको छ । […]

August 16, 2025

म्याक्सवेलको अर्धशतकमा अष्ट्रेलियाको रोमाञ्चक जित

एजेन्सी – ग्लेन म्याक्सवेलले  अविजित अर्धशतक बनाएपछि शनिवार अष्ट्रेलियाले दक्षिण अफ्रिकालाई तेस्रो तथा अन्तिम टि ट्वान्टी आईमा २ विकेटले हराएको‌ छ‌ । योसँगै अष्ट्रेलियाले २-१ ले सिरिज जितेको छ। केर्न्सको काजलिज स्टेडियममा भएको निर्णायक खेल निकै रोमाञ्चक रह्यो। दक्षिण अफ्रिकाले टस हारेर ब्याटिङ गर्दै निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ७२ रन बनायो। […]

Success

Thank you for your time.