default_image

ताजा समाचारहरु

August 16, 2025

म्याक्सवेलको अर्धशतकमा अष्ट्रेलियाको रोमाञ्चक जित

एजेन्सी – ग्लेन म्याक्सवेलले  अविजित अर्धशतक बनाएपछि शनिवार अष्ट्रेलियाले दक्षिण अफ्रिकालाई तेस्रो तथा अन्तिम टि ट्वान्टी आईमा २ विकेटले हराएको‌ छ‌ । योसँगै अष्ट्रेलियाले २-१ ले सिरिज जितेको छ। केर्न्सको काजलिज स्टेडियममा भएको निर्णायक खेल निकै रोमाञ्चक रह्यो। दक्षिण अफ्रिकाले टस हारेर ब्याटिङ गर्दै निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ७२ रन बनायो। […]

August 16, 2025

नेपालको लगातार दोस्रो हार

काठमाडौं (हाम्रो खेलकुद)- अस्ट्रेलियामा जारी टप एन्ड टि ट्वान्टी सिरिजमा नेपाल लगातार दोस्रो खेलमा पराजित भएको छ । नेपाल आज आफ्नो खेलमा बंगलादेश ‘ए’ सँग ३२ रनले पराजित भएको छ। १ सय ८७ रनको लक्ष्य पछ्याएको नेपालले कुलश मल्लको अर्धशतकसहित २० ओभरमा ७ विकेट गुमाएर १ सय ५४ रन मात्र बनाउन सक्यो । कुशल मल्ल लगातार […]

August 16, 2025

नेपाललाई ठूलो लक्ष्य

काठमाडौं (हाम्रो खेलकुद)- टप एन्ड टी-ट्वान्टी सिरिजको दोस्रो खेलमा बङ्गलादेशको ‘ए’ ले नेपाललाई १ सय ८७ रनको चुनौती दिएको छ। अष्ट्रेलियास्थित डार्विनको डिएक्ससी एरिनामा बङ्गलादेशले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गर्यो।‌ निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ८६ रन बनायो। ओपनर जिसान अलाम र मोहम्मद नैम शेखले पहिलो विकेटको लागि ६२ रनको […]

August 16, 2025

फुटबल एकेडेमी सञ्चालन गर्दै मकवानपुरको बागमती गाउँपालिका

रविन्द्र वाईबा, बागमतीमकवानपुरको बागमती गाउँपालिकाले फुटबल एकेडेमी सञ्चालनको तयारी थालेको छ। राष्ट्रियस्तरको गोल्डकप आयोजना गर्दै आइरहेको बागमतीले अब व्यवसायिक रुपमा खेलाडी उत्पादन गर्ने गरि एकेडेमी सञ्चालनको तयारी सुरु गरेको हो। पालिकाले `बागमती एकेडेमी´ सञ्चालनका खेलाडी छनोट कार्य सुरु गर्ने भएको गाउँपालिकाका अध्यक्ष सर्केश घलानले बताए। प्रारम्भिक चरणमा १० देखि १४ वर्ष उमेरसमूहका खेलाडीहरु छनोट गरिने […]

August 16, 2025

रोमान्चक खेलमा लिभरपुलको विजयी सुरुवात

एजेन्सी – लिभरपुलले आफ्नो प्रिमियर लिग उपाधि रक्षा अभियान जितबाट सुरु गरेको छ। बराबरीतर्फ उन्मुख शुक्रवारको खेल अन्त्यमा लिभरपुलले बोर्नमाउथलाई ४-२ ले हराएको थियो।जुलाइमा कार दुर्घटनामा ज्यान गुमाएका डिजगो जोटा र उनका दाइ आन्द्रे सिल्भाको सम्झनामा खेल सुरु हुनुअघि एक मिनेट मौन धारण गरिएको थियो ।  २०औँ मिनेटमा ताली बजाएर उनीहरुलाई श्रद्धाञ्जलि अर्पण गरिएको थियो […]

August 15, 2025

राष्ट्रिय टोलीका ४ खेलाडीसहित यु-२३ टोली छनोट

काठमाडौं (हाम्रो खेलकुद) – ताजिकिस्तानमा हुने एएफसी यु-२३ एसियन कप छनोटका लागि नेपालको अन्तिम टोली सार्वजनिक गरिएको छ। प्रमुख प्रशिक्षक नविन न्यौपानेले २३ सदस्यीय टोली घोषणा गरेका हुन्। न्यौपानेले राष्ट्रिय टोलीका ४ खेलाडी आयुष घलान, कृतिश रत्न छुन्जु , निराजन धामी र सुमित श्रेष्ठ सहित टोली घोषणा गरेका हुन्। टोलीमा गोलकिपरमा कृशाल मोक्तान, अमित टमाटा […]

August 15, 2025

अन्डर डिस्ट्यान्स एथलेटिक्समा विभागीय खेलाडीको दबदबा

काठमाडौं (हाम्रो खेलकुद)- हिमालयन रनिङ क्लब तथा भेट्रान धावकहरुको संयुक्त आयोजनामा प्रथम अन्डर डिस्ट्यान्स एथलेटिक्स च्याम्पियनसिपमा विभागीय खेलाडीको दबदबा रहेको छ। दशरथ रंगशालामा भएको च्याम्पियन्समा महिला/पुरुष ६० मिटर,१ सय ५० मिटर , ३ सय ५० मिटर, ६ सय मिटरमा प्रतिस्पर्धा भएको थियो। महिला ६० मिटर दौडमा त्रिभुवन आर्मी क्लबकी सरस्वती चौधरी (७.६ सेकेन्ड) विजयी भइन् […]

August 15, 2025

टप एन्ड टि ट्वान्टी – नेपाल पहिलो खेलमै पराजित

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल टप एन्ड टि ट्वान्टी सिरिजको पहिलो खेलमा घरेलु टोली नर्दन टेरिटोरी स्ट्राइक (एनटिएस) सँग ४२ रनले पराजित भएको छ। अष्ट्रेलियाको डार्बिनस्थित मरारा क्रिकेट ग्राउन्ड टुमा १ सय ७८ रनको लक्ष्य पछ्याएको नेपाल २० ओभरमा ८ विकेट गुमाउँदै मात्र १ सय ३५ रनमा समेटियो। नेपालले कमजोर सुरुवात गर्यो। मात्र २५ रन जोड्दा […]

August 15, 2025

फ्यान्टसी प्रिमियर लिगमा टिम बनाउनु भयो त?

विश्व फुटबलको सबैभन्दा चर्चित फुटबल लिग, इंग्लिस प्रिमियर लिग आजबाट सुरु हुँदैछ । सहभागी सबै टोलीका प्रशिक्षकहरु ट्रान्सफर विन्डोमा खेलाडी किनबेच गर्दै आफ्नो टोलीलाई उच्च विन्दुमा पुर्याउन तल्लिन छन् । प्रशिक्षक, खेलाडी, रेफ्री लगायत लिगमा प्रत्यक्ष सहभागी हुने मात्र होइन, हिजोआज प्रिमियर लिगले आम दर्शकलाई पनि खेल सुरु हुनुअघि तयारीमा व्यस्त बनाउन थालेको छ । […]

August 15, 2025

मधेश युनाइटेडको जर्सी सार्वजनिक,इडब्लुभिएलको ट्रफी वीरगंजमा अनावरण

वीरगंज (हाम्रो खेलकुद)- मधेश स्पोर्टस प्रा.लिले एभरेस्ट महिला भलिबल लिग (इडब्लुभिएल) ट्रफी वीरगंजमा बिहीवार अनावरण गरेको छ । वीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंह र मधेश युनाइटेडकी ब्रान्ड एम्बेसडर कलाकार नीति शाहले संयुक्त रूपमा ट्रफी अनावरण गरेका हुन् । मेयर सिंहले मधेश युनाइटेडले इडब्लुभिएलको दोस्रो संस्करणमा प्रयोग गर्ने नयाँ जर्सी सार्वजनिक गरे। उनले टोलीकी मार्की प्लेयर […]

Success

Thank you for your time.