default_image

May 27, 2025

आइपिएल – लिग चरणको अन्तिम खेल आज

एजेन्सी – भारतमा जारी इण्डियन प्रिमियर लिग(आइपिएल) २०२५ को लिग चरणको अन्तिम खेल आज हुदैछ । लिग चरणको अन्तिम खेलमा रोयल च्यालेन्जर्स बेंगलुरु र लखनउ सुपर जायन्ट्सबीच खेल हुदैछ । दुईबीचको खेल ऐकना क्रिकेट स्टेडियम लखनउमा बेलुका ७ः४५ बजेबाट सुरु हुदैछ । लखनउ १३ खेलमा १२ अंकका साथ प्लेअफबाट बाहिरिसकेको छ । बेंगलुरुविरुद्ध खेल जित्दै […]

May 27, 2025

जुडोमा नेपालले जित्यो ५ स्वर्ण

काठमाडौं (हाम्रो खेलकुद)- बंगलादेश क्रिरा सिखा प्रोतिष्ठान (बिकेएसपी) कप आमन्त्रण अन्तर्राष्ट्रिय जुडो च्याम्पियनसिपमा नेपाली खेलाडीले ५ स्वर्णसहित १० पदक जितेका छन् । नेपाल ५ स्वर्ण, १ रजत र ४ कांस्य पदकसहित उपविजेता बन्यो । त्यसमा बन्दी सहायता नियोग (पाम) का खेलाडीले सर्वाधिक ४ स्वर्ण र १ कांस्य पदक जितेकि राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले जनाएको […]

May 27, 2025

न्यु डायमण्ड र पुलिस फाइनलमा

पोखरा (हाम्रो खेलकुद)- टिप टप न्यु डायमन्ड स्पोर्टस क्लब नवौं पिएम कप एनभिए लिगको महिलातर्फ फाइनलमा पुगेको छ । नेपाल एपिएफ क्लबलाई आज ३- ० सोझो सेटमा हराएसँग न्यु डायमण्ड फाइनल यात्रा पक्का भएको हो । त्यो नतिजापछि साविक विजेता नेपाल पुलिस क्लबको पनि फाइनलमा स्थान भएको छ । काभा क्लब च्याम्पियन्सको समेत विजेता रहेको […]

May 27, 2025

आर्मीको‌ सान्त्वना जित

पोखरा (हाम्रो खेलकुद)- त्रिभुवन आर्मी क्लबले सान्त्वना जितका साथ नवौं पिएम कप एनभिए लिगको महिलातर्फको यात्राको अन्त्य गरेको छ। लिग चरणबाट बाहिरिसकेका दुई टोलीबीचको प्रतिस्पर्धामा आर्मीले कर्णाली प्रदेशलाई‌ ३-० को जित निकाल्यो। एकपक्षीय खेलमा आर्मी २५-१३, २५-६ र २५-१५ ले विजयी भयो । आर्मीले ४ अंकसहित पाँचौं स्थानमा रहँदै लिगको यात्रा टुंगाएको छ। कर्णाली प्रदेशले […]

May 27, 2025

रोनाल्डोको गोल बाबजुत नासर पराजित

एजेन्सी – कप्तान क्रिस्टियानो रोनाल्डोको गोलका बाबजुत अल नासरले साउदी प्रो लिगमा हार बेहोरेको छ । नासर सोमवार अल फताहसँग ३-२ ले पराजित भएको हो । नासरले दुई‌ पटक लिएको अग्रता जोगाउन सकेन। फताहको जितमा माटियास वर्गस, मुराद बत्ना र माथूश माचाडोले गोल गरे । नासरका लागि अर्को गोल साडियो मानेले गरे । खेलमा सुरुवाती […]

May 27, 2025

पञ्जाब आइपिएलको पहिलो क्वालिफायरमा

एजेन्सी – पन्जाब किंग्स इण्डियन प्रिमियर लिग (आइपिएल) को पहिलो क्वालिफायरमा पुगेको छ। मुम्बई इण्डियन्सलाई सोमवार ७ विकेटले‌ हराउँदै पञ्जाबले शीर्ष २ मा‌ लिग चरणको अन्त्य गरेको छ।१ सय ८५ रनको लक्ष्य पछ्याएको पञ्जाबले ९ बल बाँकी रहँदा ३ विकेट गुमाएर जित निकालेको हो। पञ्जाबका ओपनर प्रियान्स आर्य र जोस इङलिसले अर्धशतक बनाए। प्रियान्सले ३५ […]

May 26, 2025

आर्मी राष्ट्रिय रग्बी सेभेन्स च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- त्रिभुवन आर्मी क्लब प्रथम सहिद स्मृति महिला राष्ट्रिय रग्बी सेभेन्स च्याम्पियन बनेको छ।‌ त्रिपुरेश्वरस्थित दशरथ रंउशालामा आज भएको फाइनलमा आर्मीले विभागीय डर्बीमा नेपाल एपिएफ क्लबलाई एकपक्षीय खेलमा २०-५ ले हराउँदै उपाधि जित्यो । आर्मीले १ लाख रुपैयाँ प्राप्त गर्यो । एपिएफले ५० हजार रुपैयाँ प्राप्त गर्यो । विजेता आर्मीकी मुना सोरेन उत्कृष्ट […]

May 26, 2025

पञ्जाबलाई प्रतिस्पर्धात्मक लक्ष्य

एजेन्सी – इण्डियन प्रिमियर लिग (आइपिएल) मा मुम्बई इण्डियन्सले पञ्जाब किंग्सलाई १ सय ८५ रनको प्रतिस्पर्धात्मक लक्ष्य दिएको छ । राजस्थानको जयपुरमा रहेको सवाइमान सिंह क्रिकेट स्टेडियममा टस जितेर पञ्जाबले फिल्डिङ रोज्यो । पहिला ब्याटिङ गरेको मुम्बईले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ८४ रनको बनाएको छ। मुम्बईका सूर्यकुमार यादवले अर्धशतकको योगदान गरे।सूर्यकुमारले […]

May 26, 2025

पुलिसको चौथो जित

पोखरा (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले नवौं पिएम कप एनभिए लिगको पुरुषतर्फ चौथो जित दर्ता गरेको छ। पुलिसले अर्को विभागीय टोली नेपाल एपिएफ क्लबलाई ३-० को सोझो सेटमा माथ दियो। पोखरा रंगशालास्थित कभर्ड जलमा भएको आजको अन्तिम खेलमा पुलिसले एपिएफलाई २५-२२,२५-२० र २५-१६ ले हरायो। ५ खेलमा १२ अंक बनाएको पुलिसले फाइनलमा पुग्ने संभावनालाई कायमै […]

May 26, 2025

बनेपामा मेयर कप टेबलटेनिस हुने

बनेपा (हाम्रो खेलकुद)- बनेपा नगर टेबलटेनिस संघको आयोजनामा यसै साता प्रथम मेयर कप राष्ट्रिय खुला टेबलटेनिस प्रतियोगिता हुने भएको छ । जेठ १५ गते सुरु हुने प्रतियोगितामा करिब २ सय खेलाडीको सहभागिता रहने आयोजक संघका अध्यक्ष परमेश्वर श्रेष्ठले सोमवार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए । बनेपा नगरपालिकाको सहयोगमा हुने प्रतियोगितामा विभिन्न ६ स्पर्धामा प्रतिस्पर्धा हुनेछ […]

Success

Thank you for your time.