default_image

May 25, 2025

चेन्नईले टस जित्यो

एजेन्सी – इण्डियन प्रिमियर लिग(आइपिएल) मा चेन्नई सुपर किंग्सले गुजरात टाइटन्ससँगको‌ खेलमा टस जितेको छ । गुजरातको घरेलु मैदान नरेन्द्र मोदी क्रिकेट स्टेडियममा टस जितेर चेन्नईका कप्तान महेन्द्र सिंह धोनीले ब्याटिङ रोजेका हुन् । दुवै टोली यो सिजनको लिग चरणको अन्तिम खेल खेल्दै छन् । गुजरात यो खेल जितेर लिग चरणको शीर्ष स्थानमा रहँदै पहिलो […]

May 25, 2025

पुलिससँग सुदूरपश्चिमको हार

पोखरा (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले नवौं पिएम कप एनभिए लिगको पुरुषतर्फ दोस्रो जित हात पारेको छ। पुलिसले सुदूरपश्चिम प्रदेशलाई ३-० को सोझो सेटमा हरायो। पोखराको कभर्ड हलमा भएको खेलमा पुलिसले एकपक्षीय दबाब बनायो। विना दबाब १५-१९, १५-९ र २५-१९ को सहज जित आफ्नो पक्षमा पार्यो। यो जितमा पुलिसले ३ अंक जोडेको छ। पुलिसको यो […]

May 25, 2025

लगातारको जितमा पुलिस शीर्षस्थानमा

पोखरा (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले नवौं पिएम कप एनभिए लिग अन्तर्गत महिलातर्फ लगातार तेस्रो जित दर्ज गर्दै फाइनलमा पुग्ने संभावनालाई बलियो बनाएको छ। विभागीय डर्बीमा पुलिसले नेपाल एपिएफ क्लबलाई ३-१ ले हरायो। यो जितमा पुलिस ९ अंकसहित तालिकाको शीर्षस्थानमा उक्लिएको छ। पोखराको कभर्ड हलमा भएको खेलमा २५-१९ ले पहिलो सेट पुलिसले जित्यो। तर दोस्रो […]

May 25, 2025

कान्तिपुर हाफ म्याराथन यसै साता

काठमाडौं (हाम्रो खेलकुद )- कान्तिपुर हाफ म्याराथनको १३ औं संस्करण यसै साता आयोजना हुने भएको छ। कान्तिपुर हाफ म्याराथन जेठ शनिवार हुने आयोजक कान्तिपुर पब्लिकेसन्स लिमिटेडले आइतवार पत्रकार सम्मेलनमार्फत जानकारी दिइएको छ। ग्लोबल आईएमईको प्रस्तुती रहेको कान्तिपुर हाफ म्याराथनमा यो वर्षको नारा ‘लेट्स रन फर ग्रिनर टुमारो’ रहेको छ । कान्तिपुर हाफ म्याराथनमा महिला र […]

May 25, 2025

न्यु डायमण्डको लगातार तेस्रो जित

पोखरा (हाम्रो खेलकुद)- टिप टप न्यु डायमण्ड स्पोर्टस क्लबले नवौं पिएम एनभिए भलिबल लिगको महिलातर्फ लगातार तेस्रो जित निकालेको छ। पोखरा रंगशालास्थित कभर्ड हलमामा जारी लिगको चौथो दिन आजको पहिलो खेलमा न्यु डायमण्डले त्रिभुवन आर्मी क्लबलाई ३-१ ले हराएको छ। पहिलो सेट गुमाएर पनि न्यु डायमण्डले उत्कृष्ट पुनरागमन गर्दै नतिजा आफ्नो पक्षमा पारेको छ । […]

May 25, 2025

रियलले जितका साथ ला लिगाको अन्त्य गर्यो

एजेन्सी – रियल म्याड्रिडले जितका साथ यो सिजन ला लिगाको अन्त्य गरेको छ। रियल सोसिडाडलाई शनिवार २-० ले हराउँदै रियलले ला लिगामा सुखद अन्त्य गरेको हो । टोलीका लागि दुबै गोल किलियन एम्बाप्पेले गरे ‌। एमबाप्पेले ३१ गोल गर्दै ला लिगाको समाप्त गरे। रियलका प्रशिक्षक कार्लो एन्चेलोट्टी र कप्तान लुका मोड्रिचको यो बिदाइ खेल पनि […]

May 24, 2025

दिल्लीले पञ्जाबलाई हरायो

एजेन्सी – इण्डियन प्रिमियर लिग (आइपिएल) मा दिल्ली क्यापिटल्सले पञ्जाब किंग्सलाई पराजित गरेको छ । राजस्थानको सवाइमान सिंह क्रिकेट स्टेडियममा शनिवार भएको खेलमा दिल्ली ६ विकेटले विजयी भयो । २ सय ७ रनको प्रतिस्पर्धात्मक लक्ष्य दिल्लीले १९.३ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो । दिल्लीक समिर रिजवीले २५ बलमा ३ चौका र ५ छक्काको सहयोगमा […]

May 24, 2025

कोशीको पहिलो जित

पोखरा (हाम्रो खेलकुद)- कोशी प्रदेशले नवौं पिएम कप एनभिए लिगको पुरुषतर्फ पहिलो जित दर्ता गरेको छ। सुदूरपश्चिम प्रदेशलाई ३-१ ले हराउँदै कोशीले पहिलो जित निकालेको हो। पोखरा रंगशालास्थित कभर्ड हलमा शनिवार दिनको सातौं खेलमा पहिलो सेट गुमाएर पनि कोशी नतिजा आफ्नो पक्षमा पार्ने सफल भएको छ। २५-२७ ले पहिलो सेट गुमाएको कोशीले त्यसपछि २५-२०,२७-२५,२५-१७ ले […]

May 24, 2025

दिल्लीलाई प्रतिस्पर्धात्मक लक्ष्य

एजेन्सी – इण्डियन प्रिमियर लिग (आइपिएल) मा पञ्जाब किंग्सले दिल्ली क्यापिटल्सलाई २ सय ७ रनको प्रतिस्पर्धात्मक लक्ष्य दिएको छ । राजस्थानको सवाइमान सिंह क्रिकेट स्टेडियममा टस हारेर पहिले ब्याटिङ गरेको पञ्जाबले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर २ सय ६ रनको प्रतिस्पर्धात्मक योगफल तयार गरेको थियो । पञ्जाबका लागि कप्तान श्रेयस अय्यरले ३४ बलमा ५ […]

May 24, 2025

हेल्प नेपाललाई लगातार तेस्रो सफलता

पोखरा (हाम्रो खेलकुद)- साविक विजेता टिप टप हेल्प नेपालले नवौं पिएम कप एनभिए लिगको पुरुषतर्फ लगातार तेस्रो जित निकालेको छ। नेपाल एपिएफ क्लबलाई ३-० को सोझो सेटमा हराएपछि हेल्प नेपालको ९ अंक पुगेको छ। पोखराको कभर्ड हलमा भएको खेलमा हेल्प नेपालले एपिएफलाई २५-२१, २५-२२ र २५-२१ को सेटमा माथ दियो। तीनै खेलमा हेल्प नेपाल सोझो […]

Success

Thank you for your time.