May 24, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण कोरियामा हुने नेपाली खेलाडीले २६ औं एसियाली एथलेटिक्स च्याम्पियनसिपमा भाग लिने भएका छन्। ५ खेलाडीसहित ६ सदस्य नेपाली टोली शनिवार दक्षिण कोरिया प्रस्थान गरेको छ। गुमीमा जेठ १३ देखि १७ गते (मे २७ देखि ३१ सम्म ) हुने प्रतियोगितामा ३ पुरुष र २ महिला खेलाडीले नेपालको चुनौती पेश गर्ने छन् । […]
May 24, 2025
काठमाडौं (हाम्रो खेलकुद)- त्रिभुवन आर्मी क्लबका सुशील कुमार शाही र सोही क्लबकी निशा सार्कीले वान रन अन्तराष्ट्रिय हाफ म्याराथनको उपाधि जितेका छन्। आज भएको दौडमा १ घण्टा ०५ मिनेट ५८ सेकेन्ड समयका साथ सुशीलले उपाधि जितेका हुन्।आर्मीकै विनोद रोकायालाई १ घण्टा ०६ मिनेट ११ सेकेन्डका साथ दोस्रो भए। नरेन्द्र सिंह रावत तेस्रो भए। उनले १ […]
May 24, 2025
पोखरा (हाम्रो खेलकुद)- गण्डकी प्रदेशले नवौं पिएम कप एनभिए लिगको पुरुषतर्फ लगातार तेस्रो खेल जितेको छ। पोखरा रंगशालास्थित कभर्ड हलमा गण्डकीले आज विभागीय टोली नेपाल पुलिस क्लबलाई ३-० को सोझो सेटमा हरायो। पाकिस्तानी ३ खेलाडी सम्मिलित गण्डकी प्रदेशले पुलिसलाई २५-२२, २५-२२ र २५-२३ ले पराजित गर्यो । तीनै खेल गण्डकीको ३-० को सोझो सेटको जितेको […]
May 24, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले पहिलो पटक साफ महिला क्लब च्याम्पियनसिप आयोजना गर्ने भएको छ। काठमाडौंमा आज भएको साफ कार्यकारिणी समितिको बैठकले साफ महिला क्लब च्याम्पियनसिप आयोजना गर्ने निर्णय गरेको हो । च्याम्पियनसिप सन् २०२५ को नोभेम्बरमा नेपाललमा हुने तय भएको छ। तर प्रतियोगिताको फरम्याट तथा कुन प्रक्रियाबाट क्लब छनोट हुने […]
May 24, 2025
एजेन्सी – इण्डियन प्रिमियर लिग (आइपिएल) मा दिल्ली क्यापिटल्सले पञ्जाब किंग्सविरुद्ध टस जितेको छ । राजस्थानको सवाइमान सिंह क्रिकेट स्टेडियममा दिल्लीका कप्तान फाफ डु प्लेसिसले टस जितेर बलिङ रोजेका हुन् । दिल्ली यो संस्करणको अन्तिम खेल खेल्दैछ । दिल्लीको प्लेअफमा छनोट हुने सम्भावना समाप्त भइसकेको छ । पञ्जाब भने शीर्ष २ मा रहँदै पहिलो क्वालिफायर […]
May 24, 2025
काठमाडौं (हाम्रो खेलकुद)- प्रोफेशनल खेलाडी रामे मगरको टोलीले सूर्य नेपाल च्यालेन्ज प्रो-एमको उपाधि जितेको छ। रोयल नेपाल गल्फ क्लबमा आज रामेको टिमले १ सय २४ अंक सहित उपाधि जितेको हो। एमेच्योर गल्फर सत्यजङ्ग रानाले ४४, सरोज थापाले ४१ र अञ्जिला योञ्जनले ३९ स्कोर गरे। प्रो भुवन नगरकोटीको टोलीले १ सय १७ अंक सहित दोस्रो स्थान […]
May 24, 2025
एजेन्सी – ब्याटर शुभमन गिललाई इंग्ल्याण्ड भ्रमण अघि भारतको पुरुष टेस्ट टोलीको नयाँ कप्तानको जिम्मेवारी दिइएको छ। २५ वर्षीय गिलले ३८ वर्षीय रोहित शर्माको स्थान लिएका हुन्। रोहितले केहि साता अगाडि टेस्ट क्रिकेटबाट सन्न्यास लिएका थिए। राोहितले सन्न्यासको घोषणा गरेको केहि दिनपछि विराट कोहलीले पनि टेष्ट क्रिकेटबाट सन्यास लिएका थिए। ३२ टेस्ट खेलमा १ हजार […]
May 24, 2025
पोखरा (हाम्रो खेलकुद)- त्रिभुवन आर्मी क्लबले नवौं पिएम कप एनभिए लिगको पुरुषतर्फ पहिलो जित हात पारेको छ। अत्यन्त रोमाञ्चक प्रतिस्पर्धामा आर्मीले मणिमुकुन्द भलिबल क्लबलाई पाँचौं सेटमा हराउन सफल भएको हो। आजको पुरुषतर्फको पहिलो खेलमा मणिमुकुन्द क्लबले सुरूवात राम्रो गर्यो। २५-२० ले पहिलो सेट जित्यो। १-० ले अगाडि बढेको मणिमुकुन्द क्लबले दोस्रो सेट भने २३-२५ ले […]
May 24, 2025
पोखरा (हाम्रो खेलकुद)- टिप टप न्यु डायमन्ड स्पोर्टस क्लबले नवौं पिएम कप एनभिए लिगको महिलातर्फ लगातार दोस्रो जित दर्ज गरेको छ। न्यु डायमण्डले थाइल्याण्डका ३ खेलाडी सम्मिलित एभरेष्ट भलिबल क्लबलाई ३-१ को नतिजामा पराजित गर्यो। पोखरास्थित कभर्ड हलमा आज भएको महिलातर्फ दिनको तेस्रो खेलमा न्यु डायमण्डले उत्कृष्ट कमब्याकका साथ जित निकालेको हो। एभरेष्ट भलिबल क्लबले […]
May 24, 2025
पोखरा (हाम्रो खेलकुद)- नेपाल एपिएफ क्लबले नवौं पिएम कप एनभिए लिगको महिलातर्फ लगातार दोस्रो जित हात पारेको छ। एपिएफले विभागीय डर्बीमा त्रिभुवन आर्मी क्लबलाई ३-० को सोझो सेटमा माथ दियो। पोखरास्थित कभर्ड हलमा आज भएको खेलमा एपिएफले खेल अवधिभर दबाब बनायो। २५-७, २५-२३ र २५-२० ले खेल आफ्नो पक्षमा पार्यो। एपिएफले पहिलो खेलमा कर्णाली प्रदेशलाई […]