default_image

May 22, 2025

एभरेष्टसँग आर्मीको हार

पोखरा (हाम्रो खेलकुद)- एभरेष्ट भलिबल क्लबले पोखरामा आज सुरु भएको नवौं पिएम कप भलिबल लिगमा विजयी सुरुवात गरेको छ। पहिलो दिनको दोस्रो खेलमा एभरेष्टले पुनरागमन जित निकाल्ने क्रममा त्रिभुवन आर्मी क्लबलाई ३-१ ले हराएको छ । पोखरा रंगशालास्थित कभर्ड हलमा पहिलो सेट २२-२५ ले गुमाएको एभरेष्टले त्यसपछि लगातार २५-१९, २५-१७,२५-१३ ले सेट आफ्नो पक्षमा पारेको […]

May 22, 2025

पिएम कपमा एपिएफको विजयी सुरुवात

पोखरा (हाम्रो खेलकुद)- नेपाल एपिएफ क्लबले आज सुरु भएको नवौ पिएम कप एनभिए भलिबल लिगमा विजयी सुरुवात गरेको छ। पहिलो दिनको पहिलो खेलमा कर्णाली प्रदेशलाई ३-० को सोझो सेटमा हराउँदै एपिएफले जितबाट लिगको यात्रा सुरु गरेको हो। पोखरा रंगशालास्थित कभर्ड हलमा भएको खेलमा एपिएफले २५-१०,२५-१०, २५-१५ को सहज जित निकालेको हो। अब महिलातर्फको दोस्रो खेल […]

May 22, 2025

टोटनहम युरोपा लिग च्याम्पियन

एजेन्सी – टोटनहमले युरोपा लिगको उपाधि जितेको छ। म्यानचेस्टर युनाइटेडलाई बुधवार १-० ले हराउँदै टोटनहम युरोपा लिग च्याम्पियन बनेको हो । टोटनहमले १७ वर्षपछि उपाधि जितेको हो।‌ ब्रेनन जोन्सनले ४२ औं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो। यो जितसँगै आलोचनामा परेका मुख्य प्रशिक्षक एन्ज पोस्टेकोग्लुले आफ्नो दोस्रो सिजनमा ट्रफी जिताउने वाचा पूरा गरेका छन्। खेल […]

May 21, 2025

मुम्बई आइपिएलको प्ले अफमा पुग्ने चौथो टोली

एजेन्सी – पाँच पटकको च्याम्पियन मुम्बई इण्डियन्स इण्डियन प्रिमियर लिग (आइपिएल) को प्ले अफमा प्रवेश गरेको छ। यो सँगै प्ले अफ पुग्ने चार टिमको टुंगो लागेको छ। आज मुम्बईले दिल्ली क्यापिटल्सलाई ५९ रनले हरायो। यो जितमा मुम्बई प्ले अफ पुग्ने चौथो टिम बन्यो। मुम्बई प्ले अफमा पुगेको यो ११ औं पटक हो। यसअघि गुजरात टाइटन्स, […]

May 21, 2025

महिला क्रिकेट टोली स्वदेश फर्कियो

काठमाडौं (हाम्रो खेलकुद)- आइसिसी महिला टि-ट्वान्टी वर्ल्ड कप एसिया क्वालिफायरमा ऐतिहासिक सफलता प्राप्त गर्दै नेपाली राष्ट्रिय महिला टोली आज स्वदेश फर्किएको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा साँझ महिला टोली लाई नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्का र प्रवक्ता छुम्पी लामाले स्वागत गरे। चोटको कारण यो पटक टोली बाहिर रहेकी सीता राना मगर र पूव […]

May 21, 2025

एचजेबिएलमा गोल्डेनगेटको चौथो जित

काठमाडौं (हाम्रो खेलकुद)- गोल्डेनगेट बास्केटबल क्लबले हिमालयन जाभा बास्केटबल लिग (एचजेबिएल) मा चौथो जित हात पारेको छ । कीर्तिपुर कभर्डहलमा बुधवार भएको एक मात्र खेलमा गोल्डेनगेटले रोयल्सलाई ८२-७४ ले पराजित गरेको हो ।चौथो जितपछि गोल्डेगेटले ५ खेलबाट शीर्ष स्थानको हाउण्ड्स समान ९ अंक जोडेको छ । रोयल्सको यो तेस्रो हार हो । ५ खेलबाट ७ […]

May 21, 2025

दिल्लीलाई मुम्बईको मध्यम लक्ष्य

एजेन्सी – मुम्बई इण्डियन्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा दिल्ली क्यापिटल्सलाई १ सय ८१ रनको लक्ष्य दिएको छ। दिल्लीले टस जितेर फिल्डिङ रोजेको थियो। मुम्बईले‌ पहिला ब्याटिङ गर्दै सूर्यकुमार यादवको अर्धशतकमा १ सय‌ ८० रन बनाएको छ। ५८ रन जोड्दा ३ विकेट गुमाई सकेको मुम्बईका‌ लागि सूर्यकुमार र तिलक बर्माले उकासेका थिए। उनीहरुले चौथो विकेटका […]

May 21, 2025

शुक्रलाई एक स्ट्रोकको अग्रता

काठमाडौं (हाम्रो खेलकुद)- सूर्य नेपाल च्यालेन्जको दोस्रो दिन पूर्व नम्बर एक गल्फर शुक्र बहादुर राई एकल अग्रता बनाउँदै शीर्षस्थानमा रहेका छन्। समग्रमा ६-अन्डर १ सय ३० को स्कोर‌मा शुक्रले दिनेश प्रजापतिलाई १ स्ट्रोकले पछि पारेका छन्। आज शुक्रले १-ओभर ६९ को स्कोर गरे। पहिलो दिन ७-अन्डर खेलेका शुक्रले आज सो लयलाई निरन्तरता दिन सकेनन्। पहिलो […]

May 21, 2025

सैनिक महाविद्यालयमा ‘स्कुल टु ओलम्पिक’

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल ओलम्पियन्स संघले भक्तपुर सल्लाघारीको सैनिक आवासीय महाविद्यालयमा बुधवार स्कुल टु ओलम्पिक कार्यक्रम गरेको छ । यो वर्षको‌ त्यो दोस्रो कार्यक्रम हो । गत साता काभ्रेपलाञ्चोक साँगास्थित नेपाल पुलिस स्कुलमा कार्यक्रम आयोजना भएको थियो। झन्डै ४ वर्ष अघि कर्णालीको सुर्खेतबाट स्कुल ओलम्पिक कार्यक्रम सुरु भएको थियो। संघले बागमती प्रदेश युवा तथा खेलकुद […]

May 21, 2025

मुम्बई र दिल्लीबीच महत्वपूर्ण खेल हुँदै

एजेन्सी – मुंबई इन्डियन्स र दिल्ली क्यापिटल्स दुबैको लागि इन्डियन प्रिमियर लिग (आइपिएल) को आजको खेल महत्वपूर्ण रहेको छ। खेल नेपाली समयअनुसार साँझ ७:४५ बजे सुरु हुनेछ। आइपिएल २०२५ पुनः सुरु भएको पाँचौं दिन मुंबई मैदानमा उत्रिनेछ । मे ६ मा गुजरात टाइटन्स (GT) सँगको अन्तिम खेलपछिको दुई हप्ताभन्दा लामो अन्तरालपछि मुम्बई खल्दैछ । प्ले […]

Success

Thank you for your time.