May 17, 2025
काठमाडौं (हाम्रो खेलकुद) – संयुक्त अरब इमिरेट्स (यूएई) मा व्यावसायिक फुटबल खेलिरहेकी राष्ट्रिय महिला फुटबल टोलीकी सदस्य रेखा पौडेललाई अबुधाबी स्थित नेपाली समुदाय क्लब नखील गुर्खा एफसीले शुक्रबार नगद सहित सम्मान गरेको छ । रेखा आवद्ध रहेको आबुधाबी कन्ट्री क्लब र नेपाली समुदायका नखील गुर्खा एफसीबीच शुक्रबार भएको मैत्रीपूर्ण खेल पश्चात क्लबले रेखालाई सम्मान गरेको […]
May 17, 2025
काठमाडौं (हाम्रो खेलकुद)– त्रिभुवन आर्मी फुटबल क्लबका फरवार्ड नवयुग श्रेष्ठको दम्पतीले पुत्रलाभ गरेका छन्। राष्ट्रिय फुटबल टोलीको कप्तानी समेत गरिसकेका नवयुगकी श्रीमती पूजा श्रेष्ठले पहिलो सन्तानका रुपमा छोरालाई बुद्ध जयन्ती (बैशाख २९ गते) को दिन बिहान ६:५० बजे जन्म दिएकी हुन्। इलाम मंगलबारे देउमाई ४ का नवयुग झापा मेचीनगर १२ की पूजा झन्डै डेढ वर्ष […]
May 17, 2025
रविन्द्र वाईबा, मकवानपुर वडा नम्बर ११ ले पाँचौ संस्करणको हेटौंडा मेयर कप फुटबल प्रतियोगितामा विजयी सुरुवात गरेको छ । हेटौंडा नगर खेलकुद विकास समितिको आयोजनामा शनिवार सुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा साविक विजेता हेटौंडा-४ लाई ३-० गोलले हराउँदै ११ नम्बरले सुखद सुरुवात गरेको हो । हेटौंडा–५ स्थित पिप्ले–क्याम्पा रंगशालामा भएको खेलमा ११ नम्बरका लागि पदम […]
May 17, 2025
सुमन अधिकारी, बुटवल लुम्बिनी प्रदेश क्रिकेट संघका अध्यक्ष संजय गुरुङविरुद्ध विशेष साधारण सभामार्फत अविश्वासको प्रस्ताव पारित भएको छ । संघको शनिवार कपिलवस्तुमा भएको विशेष साधारण सभामा गुरुङविरुद्ध दर्ता भएको अविश्वासको प्रस्ताव पारित भएपछि उनी पदमुक्त भएका छन् । २०८१ चैत्र २२ गते संघका उपाध्यक्ष विनय राजभण्डारी प्रस्तावक बस्दै ३१ जना प्रतिनिधिले हस्ताक्षर गरेर गुरुङविरुद्ध अविश्वासको […]
May 17, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल ओलम्पियन्स संघको स्कुल टु ओलम्पिक कार्यक्रम यो वर्ष पनि सुरु भएको छ। झन्डै ४ वर्ष अघि कर्णालीको सुर्खेतबाट स्कुल ओलम्पिक कार्यक्रम सुरु भएको थियो। संघले बागमती प्रदेश युवा तथा खेलकुद मन्त्रालय, प्रदेश खेलकुद विकास परिषद्को सहयोगमा काभ्रेपलाञ्चोकको साँगास्थित नेपाल पुलिस स्कुलमा ओलम्पियन र अन्य अन्तराष्ट्रिय खेलाडीको उपस्थितिमा शुक्रवार स्कुल टु ओलम्पिक […]
May 17, 2025
ललितपुर (हाम्रो खेलकुद)- काठमाडौं महानगरपालिकाले लगातार दोस्रो पटक उपत्यकाव्यापी अन्तरपालिका खुला गोदावरी मेयर कप फुटबलको उपाधि जितेको छ । गोदावरी–१० टाहाखेलस्थित निर्माणाधीन गोदावरी बहुउद्देश्यीय रंगशालाको झ्यालुन्टार मैदानमा भएको फाइनलमा आयोजक गोदावरी नगरपालिकालाई सडन डेथमा काठमाडौंले उपाधि जितेको हो । निर्धारित ९० मिनेटमा गोलरहित बराबरी टाइब्रेकरमा ५-५ को बराबरीपछि सडनडेथमा काठमाडौंले बाजी मारेको थियो। काठमाडौं समग्रमा […]
May 17, 2025
एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) १० दिनपछि आज पुनः सुरु हुँदैछ। भारत र पाकिस्तानबीच चुलिएको तनावका कारण आइपिएल स्थगित भएको थियो। अहिले तनाव कम भइसकेको छ । दुवै देशले युद्धविरामको घोषणा गरेका छन् । आइपिएलको चर्चा विस्तारै पुनः सुरु भएको छ । विदेशी खेलाडीहरु आ-आफ्नो देश फर्किए पनि, यात्रा तालिका अचानक फेरिनु, उडान रद्द […]
May 17, 2025
एजेन्सी – चेल्सी र एस्टन भिल्ला इंग्लिस प्रिमियर लिगमा शुक्रवार विजयी भएका छन्। चेल्सीले म्यानचेस्टर युनाइटेडलाई १-० र भिल्लाले टोटेनहमलाई २-० ले हराएको हो। मार्क कुकुरेल्लाले चेल्सीलाई युइएफए च्याम्पियन्स लिग छनोटको आशा जीवित राख्न मद्दत गरे। कुकुरेल्लाले ७१औं मिनेटमा हेडरमार्फत गोल गरेका हुन् । यो जितले एन्जो मारेस्काको टोली तालिकाको चौथो स्थानमा पुग्यो । पहिलो […]
May 16, 2025
काठमाडौं (हाम्रो खेलकुद) – आइसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत स्कटल्याण्ड सिरिजको तयारीमा बेलायत पुगेको नेपाली टोलीले पहिलो अभ्यास खेलमा जित हासिल गरेको छ । न्यू पोर्ट क्रिकेट क्लबविरुद्ध नेपालले ३ विकेटको जित दर्ता गरेको हो । नेपालले २ सय १३ रनको लक्ष्य ७ विकेटको क्षतिमा ३८ औं ओभरमा प्राप्त गर्यो । शीर्षक्रमको ब्याटिङले कमजोर प्रदर्शन […]
May 16, 2025
काठमाडौं (हाम्रो खेलकुद) – अखिल नेपाल फुटबल संघ (एन्फा) ले थाइल्याण्डविरुद्धको आगामी दुई मैत्रीपूर्ण खेलको लागि दोस्रो चरणमा ३१ खेलाडी छनोट गरेका छन् । मुख्य प्रशिक्षक राजेन्द्र तामाङले झन्डै दुई साताको प्रशिक्षणपछि ४८ खेलाडीबाट दोस्रो चरणमा ३१ खेलाडी छनोट गरेका हुन् । दोस्रो चरणमा १७ खेलाडीले स्थान बनाउन सकेनन् । कोपिला खड्का, सबित्रा किशन, सजनी […]