default_image

December 1, 2017

आर्मीलाई मेची नेत्रालय गोल्ड कप

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल आर्मीले मनाङ मर्स्याङ्दी क्लबलाई पेनाल्टी सुट-आउटमा हराउँदै मेची नेत्रालय काकरभिट्टा गोल्ड कपको उपाधि जितेको छ । यो आर्मीको वर्षको तेस्रो उपाधि हो । निर्धारित समय गोलरहित बराबरीमा टुङ्गिएपछि खेल पेनाल्टी सुट-आउटमा पुगेको हो । सुट-आउटमा आर्मीले ३-२ ले बाजी मार्‍यो । आर्मीका लागि गोलकिपर विकेश कुथुले मनाङको तीन पेनाल्टी बचाउँदै […]

December 1, 2017

दोस्रो पेप्सी ओपन गल्फ शनिबार

काठमाडौं (हाम्रो खेलकुद) – दोस्रो संस्करणको पेप्सी ओपन गल्फ शनिबार हुने भएको छ । एक दिने एमेच्योर गल्फ प्रतियोगितामा ९० खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । बरुण बेवरेजको उत्पादन पेप्सीको मुख्य प्रायोजनमा हुन लागेको प्रतियोगिता शनिबार गोकर्ण गल्फ क्लबमा आयोजना हुने  गोकर्ण गल्फ क्लबका सिनियर गल्फ निर्देशक दीपक आचार्यले पत्रकार सम्मेलनमार्फत  जानकारी गराए । बरुण भेवरेजका बजार […]

world cup

December 1, 2017

रुस विश्वकप फुटबलको ‘ड्र’ आज

मस्को (एजेन्सी) – अर्काे वर्ष रुसमा आयोजना हुने रसिया विश्वकप फुटबल प्रतियोगिताको ड्र आज (शुक्रबार) हुदैछ । सन् २०१८ को जुन १४ देखि जुलाई १५ सम्म हुने २१ औं संस्करणको विश्वकपको ‘ड्र’ रुसको राजधानी मस्कोमा नेपाली समयअनुसार बेलुका सवा ८ बजे सुरु हुनेछ । रसिया विश्वकपको पोष्टर भने बुधबार नै सार्वजनिक भएको थियो । विश्वकपका […]

December 1, 2017

क्रिकेटर महेश क्षेत्री ‘नेपालगञ्ज स्पोर्टस अनर’बाट सम्मानित

काठमाडौं (हाम्रो खेलकुद) – क्रिएटिभ ह्याण्डसले नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य महेश क्षेत्रीलाई नेपालगञ्ज स्पोर्टस अनरले सम्मानित गरेको छ । आयोजक क्रिएटिभ ह्याण्डस्ले शुक्रबार राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै क्षेत्रीलाई स्कुटरसहित सम्मान गरेको हो । क्षेत्रीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव केशबकुमार विष्टले स्कुटरको साँचो हस्तान्तरण गरे । सम्मानित खेलाडी क्षेत्रीलाई बधाई दिँदै राखेपका सदस्यसचिव बिष्टले […]

December 1, 2017

मनाङ र आर्मीको वर्षको दोस्रो उपाधि भिडन्त आज

झापा (हाम्रो खेलकुद) – ‘ए’ डिभिजनका दुई चिरपरिचित प्रतिद्धन्द्धी लक्ष्मी हुन्डाई मनाङ मस्र्याङ्दी क्लब र त्रिभुवन आर्मी क्लब मेची नेत्रालय काकरभिट्टा गोल्ड कप फुटबल प्रतियोगिताको उपाधिको लागि आज प्रतिस्पर्धा गर्दैछ । आर्मी र मनाङबीच यो वर्षको दोस्रो उपाधि भिडन्त हो । यसअघि झापामै भएको सताक्षी गोल्ड कपमा आर्मी र मनाङले उपाधिको लागि प्रतिस्पर्धा गरेका थिए […]

real

December 1, 2017

रियलका लागि यो महिना महत्वपूर्ण

म्याड्रिड (एजेन्सी)– यो डिसेम्बर महिना स्पेनिस महारथी रियल म्याड्रिडका लागि सिजनमा महत्वपूर्ण रहनेछ । सिजनको पहिलो उपाधि जित्ने सम्भावना देखि ला लिगाको शीर्षस्थानको टोलीसँग अंक दुरी छोट्टाउने अवसर रियलसँग छ । तर, टोली त्यसमा कति खरो उत्रन्छ, त्यो झनै महत्वपूर्ण हुनेछ । यो महिनाले रियलले ६ वटा खेल खेल्दैछ । जसमा ला लिगाका ३, च्याम्पियन्स […]

November 30, 2017

ट्रिनिटी र सीसीआरसी क्वाटरफाइनलमा

काठमाडौं  ट्रिनिटी इन्टरनेसनल कलेज र सीसीआरसी दोस्रो रोज बड उपत्यकाव्यापी अन्तरकलेज बास्केटबल प्रतियोगिताको ब्वाइजतर्फ क्वाटरफाइनलमा प्रवेश गरेका छन् । समूह ‘सी’ को लिग खेलमा बिहिबार ट्रिनिटीले आयोजक रोज बडलाई ५६–३० ले पराजित गरी समूह विजेता बन्दै क्वार्टरफाइनलमा प्रवेश गर्न सफल भएको हो । ट्रिनिटीको जितमा साहिल विक्रम राणाले १७ अंक योगदान गरे । रोज बड […]

November 30, 2017

कुराँस टोली टर्की प्रस्थान

काठमाडौं (हाम्रो खेलकुद) – सिनियर विश्व कुराँस च्याम्पियनसिप र कंग्रेसका लागि दुई सदस्यीय नेपाली कुराँस टोली टर्कीको इस्तानबुल प्रस्थान गरेको छ । च्याम्पियनसिप तथा कंग्रेस यहि डिसेम्बर १ देखि ४ सम्म आयोजना हुँदैछ । विश्व च्याम्पियनसिपमा खेलाडी भगवती माझीले आफ्नो चुनौती पेश गर्ने छिन् । भगवतीका साथ कुराँस संघकी उपाध्याक्ष प्रतिक्षा खरेल पनि रहेकी छिन् […]

November 30, 2017

एसियन गेम्समा ४० खेल समावेश, सम्भावना बोकेका खेल प्राथमिकतामा

काठमाडौं (हाम्रो खेलकुद) – सन् २०१८ को अगष्टमा इन्डोनेसियामा आयोजना हुने १८ औं एसियन गेम्समा विभिन्न ४० खेल समावेश गरिएको छ । इन्डोनेसियाको दुई शहर जाकार्ता र पालेमबाङमा अगष्ट १८ देखि सेप्टेम्बर २ सम्म एसियन गेम्स हुनेछ जसमा यसपटक ४० खेलको ४६२ इभेन्ट्स समावेश गरिएको छ । नेपालबाट भने सहभागिता जनाउने खेलको तय भइसकेको छैन […]

November 30, 2017

च्याम्प अफ च्याम्पियन्सको सेमिफाइनल शनिबार

काठमाडौं (हाम्रो खेलकुद) – म्याक्स बक्सिङ प्रमोशन र डान्सिङ याकको आयोजनामा भइरहेको च्याम्प अफ च्याम्पियन्स (सीओसी) को सेमिफाइनलका खेलहरु शनिबार हुने भएको छ । आयोजक म्याक्स बक्सिङ प्रमोशन र डान्सिङ याकले बिहिबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गर्दै सेमिफाइनलको खेल शनिबार हुने जानकारी गराएको हो । खेल महाराजगञ्जस्थित जिमखानामा हुने छ । सेमिफाइनलमा सरोज सेवा (ओखलढुङ्गा) […]

Success

Thank you for your time.