default_image

August 9, 2016

राष्ट्रिय किर्तिमान राख्दै शिरिषको रियो ओलम्पिक यात्रा सकियो

ब्राजिलमा जारि रियो ओलम्पिक २०१६को पौडी अन्तर्गत पुरुष १०० मिटर फ्रिस्टाइलमा नेपालका शिरिष गुरुङले प्रतिस्पर्धा गरेका थिए। मोजाम्बिकका इगोर मोन्याले उक्त हिट जितेका थिए भने शिरिषले अन्तिम स्थानमा रहँदै हिट पुरा गरे। उनको व्यक्तिगत र राष्ट्रिय किर्तिमान् ५८:२२ रहँदै आएकोमा उनले आज ५७:७६ मिनेटमा पुरा गर्दै नयाँ राष्ट्रिय किर्तिमान कायम गरे।

August 9, 2016

बुबाको सपना पुरा गर्दै फुपूको ऐतिहासिक ओलम्पिक यात्रा सकियो

रियो ओलम्पिक २०१६ अन्तर्गत आज जुडोमा क्युबाकी एस्पिनोजासंग पराजित भएतापनि आफ्नो प्रदर्शनबाट सन्तुष्ट भएको फूपुले बताएकी छन्। ६३ केजी समुहमा प्रतिस्पर्धा गरेकी फूपुले पुरै चार मीनेट खेल्दै नेपालकै पहिलो महिला जुडोका भएकि हुन्। उनले आफु खेल सुरुहुनुअघि म्याटमा प्रवेश गर्दा आफ्नो बाबुको याद आएर भावुक भएको पनि बताइन । “म्याट प्रवेश गर्नुअघि बुबाको झल्झली याद […]

Dinesh byanjankar

August 9, 2016

दिनेश ब्यन्जन्कारको अदक्ष्यतामा कार्य समिती गठन

च्यासल फुटबल क्लब को सनिबार सम्पन्न बार्षिक साधारण सभाले दिनेश ब्यन्जन्कारको अदक्ष्यतामा कार्य समिती चयन गरेको छ  । त्यस्तै केशरमान ब्यन्जन्कार उपाधक्ष्यमा चयन भएका छन भने प्रदिप ब्यन्जन्कार सचिबमा । त्यस्तै सह सचिबमा शंकर बिर ब्यन्जन्कार छन भने कोषाध्यमा रमेश ब्यन्जन्कार छन । त्यस्तै रमेश ब्यन्जन्कार , सुरोज ब्यन्जन्कार , जिवन ब्यन्जन्कार , राजेश ब्यन्जन्कार , भोला ब्यन्जन्कार, कबिन ब्यन्जन्कार र प्रदिप ब्यन्जन्कार सदस्य […]

August 9, 2016

ओलम्पिक आर्चरीमा नेपालका जितबहादुर भारतका अतनुद्वारा पराजित

ब्राजिलमा जारि रियो ओलम्पिक २०१६ अन्तर्गत आर्चरीमा नेपालका जितबहादुर मोक्तानले भारतका अटनु दाससंग पराजय भोगेका छन्। पहिलो चरणमा ६०७ अंक जोडेर ६०औं स्थान हासिल गरेर दोश्रो चरण पुगेका मोक्तानले र्याँकिंग राउण्डमा पाँचौ स्थान हासिल गरेका अतनु दाससंग खेलेका थिए। पहिलो सेटमा २९-२६ले हारेका मोक्तानले दोश्रो सेट २९-२४ले गुमाए। तेश्रो सेटमा उनले खेलको दोश्रो  १० स्कोर […]

August 9, 2016

ओलम्पिकमा नेपाललाई अर्को झड्का; जुडोमा फूपुको पराजय

रियो ओलम्पिक २०१६ अन्तर्गत आज भएको जुडोको खेलमा नेपालकी फुपू ल्हामु खत्रीले क्युबाली खेलाडी मर्सिएट एस्पिनोजासंग पराजय व्यहोरेकी छिन। क्युबाली खेलाडीसंग हार व्यहोरेपनी उनले ‘रेपेचेज’द्वारा कास्य पदकको लागि भिडन्त गर्न पाउने आशा भने कायमै छ।

August 9, 2016

रौतहटलाई पाखा लगाउंदै एभरेष्ट क्वार्टरफाइनलमा

रौतहट जिल्ला फुृटबल संघलाई टाई ब्रेकरमा ५ – ४ गोल अन्तरले हराउँदै चितवनको एभरेष्ट क्लब चौथो नेपाल कप फुटबलको क्वाटरफाईनलमा प्रवेश गरेको छ । चितवनको क्याम्पाचौरमा भएको प्रतियोगिताको निर्धारित ९० मिनटको खेलमा दुवै तर्फबाट कुनै गोल हुन नसके पछि खेलको टुङ्गो टाई ब्रेकरबाट गरिएको थियो । राम्रो खेल प्रदर्शन गरेको रौतहटले निर्धारित समयमा थुप्रै गोलका […]

August 9, 2016

स्टोन्स सिटीमा अनुबन्धित; मुल्य ६ अर्ब ६० करोड

यो सिजन अगाडी खेलाडी अनुबन्धन गर्न निकैनै ब्यस्त रहेको म्यान्चेस्टर सिटी फूटबल क्लबले एभर्टनबाट जोन स्टोन्सलाई अनुबन्धन गरेको छ । म्यान्चेस्टर सिटीले स्टोन्सलाई अनुबन्धन गर्न ४७ ४ मिलियन पाउण्ड (६ अर्ब ६० करोड रुपँया) तिरेको छ ।  पछील्लो समयमा उत्कृष्ट प्रदर्शन गर्दै आइरहेका स्टोन्स ईंग्लिश नेशनल टिमका खेलाडी समेत हुन । स्टोन्सको पछील्लो ट्रन्सफर सत्रमा […]

August 9, 2016

गाउका विद्यालयमा टेवल टेनिस क्रेज बढ्दो

दिपक बोहोरा ,पाचथर पाचथरको दक्षिणी गा.बि.स सराङडाडा ८ स्थित सप्तमी बजारमा रहेको श्री युवा वर्ष उ. मा.वि मा बेलुका विद्यालय छुट्टि भए पछि युवाहरुका चहलपहल सुरु भएको देखिन्छ । हात हात मा टेवल टेनिसको ब्याट बोकेर युबाहरु दैनिक रुपमा बिद्यालय छुट्टि भए पछि टेवल टेनिस खेल्न आउने गरेका छन । १ वर्ष अगाडि विद्यालयले टेबल […]

August 9, 2016

रियो ओलम्पिकमा आज तीन खेलाडीले प्रतीनिधित्व भिड्दै

रियो ओलम्पिक २०१६ अन्तर्गत आज नेपालको प्रतिनिधित्व गर्दै तीन खेलाडीले प्रतिस्पर्धा गर्दै छन् । नेपालको पौडीमा शिरिष गुरुङ, जुडोकी फुपु ल्हामु खत्री र आर्चरीका जित बहादुर मोक्तान खेल्नेछन्। दोश्रो हिटमा प्रतिस्पर्धा गर्दै गरेका शिरिषले रातको ९:४७  बजे प्रतिस्पर्धा गर्दैछन्। जुडोकि फुपुले भने क्युबाली खेलाडीसंग प्रतिस्पर्धा गर्नेछिन्। जुडोमा बलियो मानिने क्युबाले उनिबाट स्वर्णपदक आशा गरेको छ। फुपुले साँझ […]

paul pogba

August 8, 2016

पोग्बा क्रीतिमानी रकममा म्यान्चेस्टर युनाईटेडसँग अनुबन्धित

हाम्रोखेलकुद फ्रान्सका अन्तराष्ट्रिय खेलाडी पल पोग्बालाई ईंग्लिश क्लब म्यान्चेस्टर युनाईटेडले युभेन्टसबाट क्रीतिमानी रकममा अनुबन्धित गरेको छ । म्यान्चेस्टर युनाईटेडले पोग्बालाई आबद्द गर्न युभेन्टसलाई १००मिलियन पाउण्ड तिरेको हो । यस अगि पनि म्यान्चेस्टर युनाईटेडबाट खेलिसकेका पोग्बा २०१२मा युभेन्टससँग अनुबन्धित भएका थिए । उनले  पर्याप्त खेल्ने मौकाको अभावमा म्यान्चेस्टर युनाईटेड छडेका थिए । २३बर्षिया पोग्बाले ४ बर्षको […]

Success

Thank you for your time.