default_image

दोर्जेलाई सेल्कन कप

August 15, 2015

दोर्जेलाई सेल्कन कप

दोर्जे गियर, ठमेलले सेल्कन कप प्रथम सिक्स ए साइड खुला फुटबल प्रतियोगिताको उपाधि शनिबार जितेको छ । चावहिलमा भएको फाइनलमा दोर्जेले हाइवे फुटसललाई ३–० गोलअन्तराले पराजित गर्‍यो । तीनै गोल सन्तोष तामाङबाट सम्भव भयो । सेमिफाइनलमा दोर्जेले लक्की ब्वाइजलाई टाइब्रेकरमा ३–२ तथा हाइवेले आयोजक चावहिल स्पोर्ट्स क्लबलाई १–० गोलले हराउदै फाइनलमा स्थान सुरक्षित गरेका थिए […]

राष्ट्रिय फुटबल टिम

August 15, 2015

बिष्ट दाजुभाई राष्ट्रिय फुटबल टिममा पर्न सफल

अखिल नेपाल फुटबल संघले आगामी भाद्र १४ गते हुने भारत विरुद्धको मैत्रीपुर्ण खेलमा सहभागी हुने सम्भावित ३० खेलाडीको नाम सार्वजनिक गरेको छ| ३ गोलकिपर, १० रक्षक, ९ मिडफिल्डर र ८ फरवार्ड सहितको ३० खेलाडीको नाम आज सार्वजनिक गरिएको छ| दाजुभाई अन्जन र रंजन बिष्ट दुवै जना ३० खेलाडीमा परेका छन्| थ्री स्टार क्लबका सात, आर्मीको […]

खेलकुद मन्त्रालयद्वारा बजेट तथा कार्यक्रम सार्वजनिक

August 14, 2015

खेलकुद मन्त्रालयद्वारा बजेट तथा कार्यक्रम सार्वजनिक

युवा तथा खेलकुद मन्त्रालयले चालु अर्थिक बर्षको लागि विनियोजित बजेट तथा कार्यक्रमको बारेमा पारदर्शी ढंगले कार्यान्वयन गर्ने उद्धेशयले पत्रकार सम्मेलन मार्फत बजेट तथा कार्यक्रम सार्वजनिक गरेकोछ । सिंहदरवारस्थित मन्त्रालयमा आयोजित कार्यक्रममा सह–सचिव चुडामणी पौडेलले खेलकुद मन्त्रालयलाई प्राप्त बजेट विगतको तुलनमा २५ प्रतिशतले बृद्धि भएता पनि समष्टिगत बजेटको तुलनमा ०.३ प्रतिशत भन्दा माथि जान नसकेको बताए […]

पाटन ‘सी’ लाई फुटसल उपाधि

August 14, 2015

पाटन ‘सी’ लाई फुटसल उपाधि

काठमाडौं, साउन २९ गते । पाटन संयुक्त क्यामपस ‘सी’ ले प्रथम क्रान्तिकारी कप अन्तरकलेज फुटसल प्रतियोगिताको उपाधि शुक्रबार जितेको छ ।   शान्तिनगर फुटसलमा भएको फाइनलमा पाटन ‘सी’ ले आफ्नै ‘बी’ टिमलाई टाइब्रेकरमा ३–२ गोलले पराजित गर्‍यो । पेनाल्टी सुटआउटमा पाटन ‘सी’ का नगेन्द्र पुन, अशोक खड्का र आशिष केसीले गोल गरे । पाटन ‘बी’ […]

August 14, 2015

बिमल नेपाल फर्के

उन्नाइस वर्ष मुनिको नेपाली फुटबल टिमका कप्तान बिमल घर्ती मगर नेपाल फर्केका छन् । बिमल वेल्जियमको फुटबल क्लव ‘क्लब ब्रुज के.के.भी.’मा प्रशिक्षण गर्न गएका थिए । करिब ५ हप्ता उनले बेल्जियमको प्रतिष्ठित क्लबमा प्रशिक्षण गरेका थिए। यो बिमलको युरोपमा तेश्रो अभ्यास हो । बिमलले यसअघि गएको मंसिरमा नेदरल्यान्ड्सको उच्च डिभिजनको क्लब एफसी ट्वेन्टेमा ट्रायलका साथै […]

August 13, 2015

फुपुलाई नगद पुरस्कार

वल्र्ड र्‍याङकिङ इभेन्टअन्तर्गत हङकङ र मकाउमा सम्पन्न जेयुए क्याडेट तथा जुनियर जुडो च्याम्पियनसिपकी पदक विजेता फुपु ल्हामु खत्रीलाई नेपाल जुडो संघले नगद पुरस्कार प्रदान गर्ने भएको छ । दुवै स्थानमा भएको च्याम्पियनसिपमा फुपुले पदक जितेकी थिइन् । जुलाई १७ देखि १९ तारिखसम्म हङकङमा भएको प्रतियोगितामा फुपुले रजत हात पारेकी थिइन् । त्यस्तै जुलाई २४ देखि […]

रग्बी प्रशिक्षण कोर्ष शुरु

August 13, 2015

रग्बी प्रशिक्षण कोर्ष शुरु

विश्व रग्बी महाघंको तत्ववाधनमा नेपाल रग्वी संघको आयोजनामा रग्बीको प्रशिक्षक कोर्ष बिहिबारदेखि कीर्तिपुरमा सुरु भएको छ । तीन दिनसम्म सञ्चालन हुने उक्त कोर्ष तथा तालिम राष्ट्रिय खेलकुद परिषदका सदस्य राजेन्द्र श्रेष्ठ र रग्बी सघंका अध्यक्ष टङ्कलाल घिसिङले गर्नेू भयो । तालिममा पहिलो दिन गेट इन्टु रग्बी,दोस्रो दिन लेभल ए प्रशिक्षक कोर्ष तथा अन्तीम दिन अफिसियल […]

प्रथम क्रान्तिकारी कप अन्तरकलेज फुटसल प्रतियोगिता

August 13, 2015

ग्लेसियर र पाटन फुटसल प्रतियोगिताको सेमिफाइनलमा

काठमाडौं, साउन २८ गते । ग्लेसियर र पाटन ‘बी’ प्रथम क्रान्तिकारी कप अन्तरकलेज फुटसल प्रतियोगितामा बिहीबार सेमिफाइनलमा प्रवेश गरेका छन् । शान्तिनगरमा भएको खेलमा ग्लेसियरले काठमाडौं इन्जिनिएरिङ कलेज (केइसी) लाई ३–१ गोलले पराजित गर्‍यो । ग्लेसियरका करुणराज ढकालले ह्याट्रिक गरे । केइसीका सचेत लामिछानेले १ गोल फर्काए । पाटन ‘बी’ ले अस्कल ‘ए’ लाई ५–० गोलले […]

एनप्याब्सनका अध्यक्ष कर्ण शाही र उनको जोडी प्रतिस्पर्धा गदै ।

August 13, 2015

सुभाष र भुमिको जोडीे बिजयी

सुभाष श्रेष्ठ र भुमि गुरुङको जोडीले प्रथम ढोरपाटन याज गल्स ब्याडमिन्टन प्रतियोगितामा बिजयी शुरुवात गरेका छन् । उनीहरुले बुधवार भएको ए लेवलको खेलमा कमल थापा र चन्द्रवहादुर चन्दको जोडीलाई २१–६ र २१–१४ को सोझो सेटमा हराउदै दोश्रो चरणमा स्थान बनाएका हुन । ए लेवलकै खेलबाट सफलता हातपादै गणेश छन्त्याल र तिलक छन्त्याल,रबि चन्द र अशोक […]

खेलकुद प्रतिभा सम्मान पुरस्कार

August 12, 2015

नौ खेलाडी सहित दुइ प्रशिक्षक पनी सम्मनित

युवा तथा खेलकुद मन्त्रालयले ९ खेलाडी र २ प्रशिक्षक गरी ११ जनालाई राष्ट्रिय खेलकुद प्रतिभा सम्मान पुरस्कार बुधबार प्रदान गरेको छ । सम्मानित हुने सबै भन्दा बढी एथलेटिक्स खेलाडीको संख्या तीन रहेको छ । केशरी चौधरी, सुनील चौधरी र प्रमिला चौधरी सम्मानित भए । त्यस्तै सम्मानित हुने अन्य खेलाडीमा करातेकी विमला तामाङ, क्रिकेटका सोमपाल कामी, […]

Success

Thank you for your time.