default_image

2 years ago

July 5, 2022

शंकरदेवको अध्यक्षतामा काठमाडौं आइटिएफ संघ

काठमाडौं (हाम्रो खेलकुद) – शंकरदेव श्रेष्ठको अध्यक्षतामा रहेको नेपाल आइटिएफ काठमाडौं जिल्ला संघले पूर्णता पाएको छ । काठमाडौं जिल्ला खेलकुद विकास समितिले पूर्वखेलाडी शंकरदेवको अध्यक्षतामा रहेको काठमाडौं जिल्ला आइटिएफ तेक्वान्दो संघलाई मान्यता दिएको हो । मंगलबार आयोजित एक कार्यक्रमका बीच काठमाडौं जिल्ला खेलकुद विकास समितीका अध्यक्ष गणेशलाल कक्षपतिले निर्वाचित कार्यसमितिका पदाधिकारी र सदस्यलाई फूलमाला र […]

149 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – शंकरदेव श्रेष्ठको अध्यक्षतामा रहेको नेपाल आइटिएफ काठमाडौं जिल्ला संघले पूर्णता पाएको छ । काठमाडौं जिल्ला खेलकुद विकास समितिले पूर्वखेलाडी शंकरदेवको अध्यक्षतामा रहेको काठमाडौं जिल्ला आइटिएफ तेक्वान्दो संघलाई मान्यता दिएको हो ।

मंगलबार आयोजित एक कार्यक्रमका बीच काठमाडौं जिल्ला खेलकुद विकास समितीका अध्यक्ष गणेशलाल कक्षपतिले निर्वाचित कार्यसमितिका पदाधिकारी र सदस्यलाई फूलमाला र खादा लगाएर बधाई दिएका थिए ।

यसअघि एक भेलाले शंकरदेवको अध्यक्षतामा सर्वसम्मत ११ सदस्यीय नेपाल आइटिएफ काठमाडौं जिल्ला संघको तदर्थ कमिटी गठन भएको थियो । तर, जिल्ला खेलकुद समितिले मंगलबार मान्यता दिएसंगै काठमाडौं जिल्ला आइटिएफ संघले पूर्णता पाएको हो ।

निर्वाचित अध्यक्ष शंकरदेव आइटिएफ तेक्वान्दोका पाँचौं डान प्राप्त खेलाडी समेत हुन् । नेपाल आइटिएफ काठमाडौं जिल्ला संघको उपाध्यक्षमा सरोज ठकुरी र सचिवमा रितिज पुरी निर्विरोध निर्वाचित भए । कोषाध्यक्षमा डेविड घलेले जिम्मेवारी पाएका छन् ।

त्यस्तै सदस्यहरू निस्मा बस्याल, सचिना सुनार, रञ्जन श्रेष्ठ, कर्साङ दोर्जे, स्याङ्का तामाङ ,रन्जु पुलामी मगर र सर्मिला परियार छन् । निस्मा एसियन च्याम्पियनसिपका पदक विजेता समेत हुन् । निर्वाचित कार्यसमितिको पहिलो बैठकले सुदेव पण्डित, गोपाल श्रेष्ठ र नीरञ्जन सेढाईंलाई सल्लाहकारमा चयन गरेको छ ।

March 24, 2024

दोस्रो गल्कोट कप भलिबल अर्काे साता

सिड्नी (हाम्रो खेलकुद) – अस्ट्रेलियाको सिड्नीमा अर्काे साता दोस्रो गल्कोट कप भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । अस्ट्रेलियामा रहेका बागलुङस्थित गल्कोटबासीको सक्रियतामा स्थापना भएको गल्कोट समाज अस्ट्रेलिया (जिएसए) को आयोजनामा अर्काे साता अर्थात मार्च ३१ तारिखमा एकदिने पुरुष भलिबल प्रतियोगिता आयोजना हुन लागेको हो । एक दिने प्रतियोगिता सिड्नीको ओवर्नस्थित ओवर्न बास्केटबल सेन्टरमा हुनेछ […]

March 23, 2024

फखरउद्दिन र केपी अनुश्री सर्वाेत्कृष्ट

काठमाडौं (हाम्रो खेलकुद) – च्याम्पियन टिप टप हेल्प नेपाल स्पोर्ट्स क्लबका पाकिस्तानी स्पाइकर फखरउद्दिन र एभरेस्ट भलिबल क्लबकी भारतीय स्पाइकर केपी अनुश्री आठौं आरबीबी एनभिए महिला तथा पुरुष भलिबल च्याम्पियनसिपको सर्वोत्कृष्ट खेलाडी चुनिएका छन् । फखरउद्दिन र केपी अनुश्रीले आ–आफ्नो टोलीलाई च्याम्पियन बनाउन महत्वपूर्ण भुमिका निभाएका थिए । फाइनलमा आफ्ना सहयात्री उस्मान फरयाद अलीले प्रदर्शन […]

March 23, 2024

आर्मीमाथि राेमाञ्चक जित निकाल्दै हेल्प नेपाल च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद) – विभागीय त्रिभुवन आर्मी क्लबमाथि रोमाञ्चक र प्रतिस्पर्धात्मक जित निकाल्दै टिप टप हेल्प नेपाल आठौं आरबीबी एनभिए महिला तथा पुरुष भलिबल च्याम्पियनसिपको पुरुषतर्फ च्याम्पियन बनेको छ । तीन पाकिस्तानी र घरेलु भलिबलका चर्चित खेलाडीसम्मिलित हेल्प नेपालले आर्मीमाथि ३–२ को रोमाञ्चक र प्रतिस्पर्धात्मक जित निकाल्दै लगातार च्याम्पियन बन्न सफल भएको हो । त्रिपुरेश्वरस्थित […]

Success

Thank you for your time.