default_image

3 weeks ago

October 27, 2025

भूपेन्द्रलाई विश्व मार्सल आर्ट्समा स्वर्णसहित ३ पदक

210 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)- भूपेन्द्र गुरुङले विश्व खुला मार्सल आर्ट्स च्याम्पियनसिपमा ३ पदक जितेका छन् ।

अमेरिकाको बोस्टनमा आइतवार प्रतियोगितामा भूपेन्द्रले ३ फरक स्पर्धामा २ स्वर्ण र १ रजत पदक जितेका हुन् ।

वर्ल्ड फाइटिङ मार्सल आर्ट्स फेडरेसनको आयोजनामा भएको प्रतियोगितामा भूपेन्द्रले ताइची छ्वान ओपन ह्यान्ड र छाङ छ्वानमा स्वर्ण पदक जिते । उनले ताइची छ्वान ओपन ह्यान्डमा ९.५ अंक र छाङ छ्वानमा ९.०३३ अंक जोड्दै स्वर्ण पदक प्राप्त गरे।

ताइची छ्वान सर्ट वेपनमा रजत जितेका भूपेन्द्रले ९.२ अंक बटुले । तीनै स्पर्धाको पूर्णाङक १० थियो ।
यसअघि उनले अमेरिकाको विभिन्न शहरमा भएका ३ प्रतियोगितामा प्रतिस्पर्धा गरेका थिए । उक्त प्रतियोगितामा भूपेन्द्रले ३ स्वर्ण र ३ रजत पदक जितेका थिए ।

भूपेन्द्रले जर्मनी, युके र थाइल्यान्डमा भएका विभिन्न प्रतियोगितामा पनि पदक जितेका छन् । उनले विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा निर्णायकको भूमिका पनि निर्वाह गरेका छन् । भूपेन्द्र नेपाल उमा कुङफु संघका उपाध्यक्ष पनि हुन् ।

भूपेन्द्रले राष्ट्रलाई पदक दिलाउन सकेकोमा खुशी व्यक्त गर्दै प्रतियोगितामा सहभागी हुन विशेष सहयोग गरेकोमा टिम व्यवस्थापकको भूमिका निर्वाह गरेका समाजसेवी एवं कलाकार प्रेम गुरुङ, लम्जुङ सेवा समाज, न्युयोर्कका अध्यक्ष गम गुरुङलगायत सम्पूर्ण सहयोगी प्रति आभार व्यक्त गरे ।

November 11, 2025

मानन्धर, श्रेष्ठ र गुरुङलाई सम्मानित

सुशील पन्त क्षेत्री,चितवन नारायणी नदी किनारमा जारी खेलकुद तथा बृहत व्यापार महोत्सवमा ओलम्पियन बैकुण्ठ मानन्धर, सागका दोहोरो स्वर्ण पदक विजेता दीपक श्रेष्ठ, एसियाली खेलकुदकी कीर्तिमानी पदक विजेता करातेकी एरिका गुरुङ सम्मानित भएका छन् । आयोजक चितवन जिल्ला खेलकुद विकास समितिले आज उनीहरुलाई सम्मान गरेको हो । नेपाली खेलकुद क्षेत्रमा पुराएको योगदानको कदर गर्दै समितिले महोत्सवको […]

October 27, 2025

एरिकाले विश्व कराते च्याम्पियनसिप खेल्ने

काठमाडौं (हाम्रो खेलकुद)- नेपालकी कराते स्टार खेलाडी एरिका गुरुङले विश्व कराते च्याम्पियनसिप खेल्ने भएकी छिन्। एसियाली खेलकुद र एसियन च्याम्पियनसिपकी एक मात्र रजत पदक विजेता नेपाली एरिकाले युनिभर्सालिटी कोटा मार्फत च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्ने नेपाल कराते महासंघले जनाएको छ। एरिकाको सहभागिताका लागि युनिभर्सालिटी कोटा मार्फत अवसर मिलेको विश्व कराते महासंघले पठाएको पत्रमा उल्लेख छ। एरिकाले […]

October 27, 2025

जुडोकी समिता एसियाली युथ गेम्स खेल्न जाँदै

काठमाडौं (हाम्रो खेलकुद)- बहराइनमा जारी तेश्रो एसियाली युथ गेम्समा सहभागी हुन नेपाली जुडो टोली आज त्यसतर्फ जाने भएको छ । एसियाली युथ गेम्स सुरु भइसकेपनि जुडोको प्रतिस्पर्धा बुधवार सुरु हुनेछ । जुडोमा नेपालबाट महिला ४४ केजीमुनि समिता नेपालीले चुनौती प्रस्तुत गर्ने छिन् । समितासहित उनको स्पर्धामा १३ प्रतिस्पर्धी छन् । समिता बन्दी सहायता नियोग (पाम) […]

Success

Thank you for your time.