default_image

3 weeks ago

October 27, 2025

एरिकाले विश्व कराते च्याम्पियनसिप खेल्ने

295 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)- नेपालकी कराते स्टार खेलाडी एरिका गुरुङले विश्व कराते च्याम्पियनसिप खेल्ने भएकी छिन्।

एसियाली खेलकुद र एसियन च्याम्पियनसिपकी एक मात्र रजत पदक विजेता नेपाली एरिकाले युनिभर्सालिटी कोटा मार्फत च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्ने नेपाल कराते महासंघले जनाएको छ।

एरिकाको सहभागिताका लागि युनिभर्सालिटी कोटा मार्फत अवसर मिलेको विश्व कराते महासंघले पठाएको पत्रमा उल्लेख छ। एरिकाले ६८ केजी तौल समुहमा प्रतिस्पर्धा गर्नेछिन्।

केहि दिन अगाडि पेरिसमा भएको विश्व च्याम्पियनसिपको छनोटमा भने एरिका छनोट चरण पार गर्न असफल भएकी थिइन्। सो छनोटमा उनी मात्र एक कदम टाढा रहेकी थिइन्।

उनी राउन्ड अफ १६ मा अस्ट्रियाकी लोरा जिलरसँग ५-२ ले पराजित भएकी थिइन् । यसअघि उनले प्रारम्भिक चरणमा लगातार ३ खेल जित्दै उत्कृष्ट प्रदर्शन गरेकी थिइन्।

एरिकाले स्लोभेनियाकी ३३औं वरीयताकी मारिया जिब्रेट जालालाई २-०, मलेसियाकी मिर्जा अमिरा सुहादा बिन्ती फैजललाई ६-० र ब्राजिलकी ४८औं वरीयताकी अनुभवी खेलाडी ब्रेन्डा पेरेरालाई १-० को स्कोरमा पराजित गर्दै समूह चरणको विजेता बनेकी थिइन्। ३४ प्रतिस्पर्धीमध्ये समूह ४ मा परेकी एरिका दोस्रो चरणसम्म पुगेकी थिइन्।

पेरिस छनोटबाट हरेक तौल समूहका शीर्ष ६ खेलाडीले इजिप्टको काइरोमा हुने विश्व कराते च्याम्पियनसिपको लागि स्थान बनाएका थिए। यसअघि विभिन्न प्रतियोगिताबाट २४ खेलाडी पहिले नै छनोट भइसकेका थिए।

प्रत्येक तौल समूहमा ३२ खेलाडी सहभागी हुने छन्। जसमा दुई खेलाडी युनिभर्सालिटी कोटाबाट चयन गरिने नियम अनुसार एरिकाले विश्व कराते च्याम्पियनसिप खेल्ने मौका पाएकी हुन्। विश्व च्याम्पियनसिप नोभेम्बर २७ देखि ३० तारिखसम्म हुनेछ।

सानुमाया पहिला नै छनोट

करातेकी अर्की खेलाडी सानुमाया थिङ च्याम्पियनसिपमा एकल काताका लागि छनोट भएकी थिइन्।

विश्व कराते महासंघले नेपाल कराते महासंघलाई पत्र पठाउँदै नेपालकी सानुमाया आगामी विश्व च्याम्पियनसिपका लागि छनोट भएको जनाएको थियो ।
विश्व वरीयताको आधारमा उनी छनोट भएकी हुन् ।

गत मेमा उज्वेकिस्तानमा भएको एसियन च्याम्पियनसिपमा गरेको प्रदर्शनका आधारमा सानुमायाले यो सफलता पाएकी हुन् । छनोट भएर नेपाली खेलाडीले पहिलो पटक विश्व च्याम्पियनसिप खेल्ने पाउन लागेकी हुन् ।

November 11, 2025

मानन्धर, श्रेष्ठ र गुरुङलाई सम्मानित

सुशील पन्त क्षेत्री,चितवन नारायणी नदी किनारमा जारी खेलकुद तथा बृहत व्यापार महोत्सवमा ओलम्पियन बैकुण्ठ मानन्धर, सागका दोहोरो स्वर्ण पदक विजेता दीपक श्रेष्ठ, एसियाली खेलकुदकी कीर्तिमानी पदक विजेता करातेकी एरिका गुरुङ सम्मानित भएका छन् । आयोजक चितवन जिल्ला खेलकुद विकास समितिले आज उनीहरुलाई सम्मान गरेको हो । नेपाली खेलकुद क्षेत्रमा पुराएको योगदानको कदर गर्दै समितिले महोत्सवको […]

October 27, 2025

भूपेन्द्रलाई विश्व मार्सल आर्ट्समा स्वर्णसहित ३ पदक

काठमाडौं (हाम्रो खेलकुद)- भूपेन्द्र गुरुङले विश्व खुला मार्सल आर्ट्स च्याम्पियनसिपमा ३ पदक जितेका छन् । अमेरिकाको बोस्टनमा आइतवार प्रतियोगितामा भूपेन्द्रले ३ फरक स्पर्धामा २ स्वर्ण र १ रजत पदक जितेका हुन् । वर्ल्ड फाइटिङ मार्सल आर्ट्स फेडरेसनको आयोजनामा भएको प्रतियोगितामा भूपेन्द्रले ताइची छ्वान ओपन ह्यान्ड र छाङ छ्वानमा स्वर्ण पदक जिते । उनले ताइची छ्वान […]

October 27, 2025

जुडोकी समिता एसियाली युथ गेम्स खेल्न जाँदै

काठमाडौं (हाम्रो खेलकुद)- बहराइनमा जारी तेश्रो एसियाली युथ गेम्समा सहभागी हुन नेपाली जुडो टोली आज त्यसतर्फ जाने भएको छ । एसियाली युथ गेम्स सुरु भइसकेपनि जुडोको प्रतिस्पर्धा बुधवार सुरु हुनेछ । जुडोमा नेपालबाट महिला ४४ केजीमुनि समिता नेपालीले चुनौती प्रस्तुत गर्ने छिन् । समितासहित उनको स्पर्धामा १३ प्रतिस्पर्धी छन् । समिता बन्दी सहायता नियोग (पाम) […]

Success

Thank you for your time.