1 month ago
November 11, 2025
सुशील पन्त क्षेत्री,चितवन
नारायणी नदी किनारमा जारी खेलकुद तथा बृहत व्यापार महोत्सवमा ओलम्पियन बैकुण्ठ मानन्धर, सागका दोहोरो स्वर्ण पदक विजेता दीपक श्रेष्ठ, एसियाली खेलकुदकी कीर्तिमानी पदक विजेता करातेकी एरिका गुरुङ सम्मानित भएका छन् ।
आयोजक चितवन जिल्ला खेलकुद विकास समितिले आज उनीहरुलाई सम्मान गरेको हो । नेपाली खेलकुद क्षेत्रमा पुराएको योगदानको कदर गर्दै समितिले महोत्सवको अवसर पारेर उनीहरुलाई जनही ५० हजार रूपैयाँले सम्मान गरिएको हो ।
तिनै जनालाई समितिका अध्यक्ष राजन कार्कीले नगद र सम्मानपत्रले सम्मान गरे । हाल वर्ल्ड च्याम्पियनका लागि इजिप्टमा रहेकी एरिका भने भर्चुअल माध्यमबाट जोडिएकी थिईन् । उनले यो सम्मानले हौसला मिलेको बताइन् ।
धावक मानन्धर दक्षिण एसियाली खेलकुद (साग) को सुरुवाती ३ संस्करणमा लगातार स्वर्ण जित्ने पहिलो नेपाली खेलाडी हुन् । उनले म्याराथनमा स्वर्ण जितेका थिए ।
भारतमा सन् १९८७ मा भएको तेश्रो सागमा मानन्धरले बनाएको २ घण्टा १५ मिनेट ०३ सेकेन्डको कीर्तिमान अहिले पनि कायम छ । ४ फरक संस्करणको ओलम्पिकमा सहभागिता जनाइसकेका मानन्धरले एसियाली खेलकुदमा पनि प्रतिस्पर्धा गरेका थिए ।
यस्तै श्रेष्ठ आठौं र नवौं सागका स्वर्ण विजेता हुन् । उनी नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्ष हुन्।
एरिकाले २०२३ मा भएको १९ औं एसियाली खेलकुदमा नेपाललाई रजत पदक दिलाएकी थिइन्। करातेमा नेपालले त्यो पहिलो रजत पदक हो । यस्तै उनी डब्लुकेएफ सिरिज वानमा पदक जित्ने पहिलो नेपाली खेलाडीसमेत हुन् ।
एरिकाले नोभेम्बर अन्तिममा इजिप्टमा हुने विश्व कराते च्याम्पियनसिपमा सहभागिता जनाउने छिन् । उनले युनिभर्सालिटी कोटामा इजिप्ट यात्रा पक्का गरेकी हुन् ।
यसैबीच महोत्सवमा आजबाट एथ्लेटिक्सका खेलहरु सुरु भएको छ । खेलको आज एक कार्यक्रमकाबीच प्रमुख अतिथि जिल्ला प्रहरी कार्यालय चितवनका डिएसपी रविन्द्र खनालले उद्घाटन गरेका थिए ।
भलिबल, करातेलगायतका खेलहरु यस अघि सम्पन्न भइसकेका छन् । महोत्सवमा तेक्वान्दो, कबड्डी, सेपाकताक्रो, बुद्धिचाललगायतका खेलहरु पनि हुने खेलकुद संयोजक छवी तिमल्सिनाले जानकारी दिए ।
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय खेलकुद परिषद्ले सन्चालन गरेको मिसन २०२६ मा रहेका त्रिभुवन आर्मी क्लबकी गीता कठायत र नेपाल पुलिस क्लबका अभिषेक बरालले १३औं कोरियन एम्बेस्डर अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा स्वर्ण पदक जितेका छन् । सातदोबाटोस्थित नेपाल तेक्वान्दो संघको हलमा शुक्रवार भएको सिनियर महिलाको ५३ केजीमुनिको तौल समूहमा गीताले पहिलो स्थान प्राप्त गरेकी हुन्। गीताले फाइनलमा […]
November 28, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एसियाली खेलकुदकी रजत पदक विजेता एरिका गुरुङ इजिप्टमा जारी डब्लुकेएफ २७ औं कराते विश्व च्याम्पियनसिपको अन्तिम १६ मा प्रवेश गर्न सफल भएकी छिन्। महिला ६८ केजी माथि तौल समूहको पुल-७ मा रहेकी एरिका समूह उपविजेता बनेर प्रि-क्वाटरफाइनलमा प्रवेश गर्न सफल भएकी हुन्। उनले चिल्लीकी गोन्जालेज लाभिनलाई ५-१ को अन्तरमा पराजित गरिन्। त्यसअघिको […]
November 28, 2025
काठमाडौं (हाम्रो खेलकुद )- न्युजिल्यान्डमा भएको ‘उसु हिरोज’ प्रथम अन्तर्राष्ट्रिय आमन्त्रण उसु प्रतियोगितामा नेपालले ४ स्वर्ण जितेको छ । विजय सिन्जाली, पासाङ शेर्पा, निमा घर्ती मगर र जुनु स्याङ्बो लामाले स्वर्ण जितेको नेपाल उसु महासंघका उप–महासचिव राजीव महर्जनले जनाएका छन् ।