default_image

4 weeks ago

November 17, 2025

जेम्स स्कुल सेल्फ डिफेन्स कार्यशाला

474 views

0 Bookmark

ललितपुर (हाम्रो खेलकुद)- धापाखेलस्थित जेम्स स्कुलमा रोटाकिड्स नेपालले रोटरी ई क्लब अफ डिस्ट्रिक्ट ३२९२, नेपाल र थन्डरबोल्ट्स डेभलपमेन्ट सेन्टरको सहकार्यमा ‘सेल्फ–डिफेन्स कार्यशाला २०२५’ आयोजना गरेको छ।

८ देखि १४ वर्ष उमेरका करिब ५० बालबालिकालाई लक्षित कार्यशालामा व्यक्तिगत सुरक्षा, स्थितिजन्य सजगता र आधारभूत आत्म–रक्षा सीप सिकाइयो। बालबालिकाको आत्मविश्वास, सजगता र सुरक्षाबोध बढाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको रोटाकिड्स नेपालले जनाएको छ।

दक्षिण एसियाली खेलकुद (साग) मा ३ वटा स्वर्ण पदक जितेकी तेक्वान्दो प्रशिक्षक आयशा शाक्यले संचालन गरिन्। उनलाई अन्तर्राष्ट्रिय तेक्वान्दो खेलाडी सीता तामाङले विभिन्न अभ्यास, जुम्बा र खेलकुद गतिविधिमा सहयोग गरिन्, जसले बालबालिकालाई सिकाइसँगै मनोरञ्जन पनि प्रदान गर्‍यो।

रोटाकिड्स नेपालका अध्यक्ष सम्यक राज श्रेष्ठले सहभागी बालबालिकालाई आत्म रक्षाका सीप जीवनभर काम लाग्ने भन्दै निरन्तर सिकाइमा प्रोत्साहित गरे।

ओलम्पियन तथा सागका ४ पटकका स्वर्ण पदक विजेता दीपक विष्टले पखेलले अनुशासन, आत्मविश्वास र कडा मेहनत सिकाउने बताए।

रोटरी ई–क्लबका उपाध्यक्ष कविन्द्र नापितले कार्यक्रम सफल बनाउन सहयोग गर्ने सबैलाई धन्यवाद दिए र यस्ता बाल–केन्द्रित कार्यक्रमलाई निरन्तर समर्थन गर्ने प्रतिबद्धता व्यक्त गरे।

December 5, 2025

मिसन २०२६ का गीता र अभिषेकले स्वर्ण पदक जिते

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय खेलकुद परिषद्ले‌ सन्चालन गरेको मिसन २०२६ मा रहेका त्रिभुवन आर्मी क्लबकी गीता कठायत र नेपाल पुलिस क्लबका अभिषेक बरालले १३औं कोरियन एम्बेस्डर अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा स्वर्ण पदक जितेका छन् । सातदोबाटोस्थित नेपाल तेक्वान्दो संघको हलमा शुक्रवार भएको सिनियर महिलाको ५३ केजीमुनिको तौल समूहमा गीताले पहिलो स्थान प्राप्त गरेकी हुन्। गीताले फाइनलमा […]

November 28, 2025

एरिका कराते विश्व च्याम्पियनसिपको नकआउट चरणमा

काठमाडौं (हाम्रो खेलकुद)- एसियाली‌ खेलकुदकी रजत पदक विजेता एरिका गुरुङ इजिप्टमा जारी डब्लुकेएफ २७ औं कराते विश्व च्याम्पियनसिपको अन्तिम १६ मा प्रवेश गर्न सफल भएकी छिन्। महिला ६८ केजी माथि तौल समूहको पुल-७ मा रहेकी एरिका समूह उपविजेता बनेर प्रि-क्वाटरफाइनलमा प्रवेश गर्न सफल भएकी हुन्। उनले चिल्लीकी गोन्जालेज लाभिनलाई ५-१ को अन्तरमा पराजित गरिन्।‌ त्यसअघिको […]

November 28, 2025

न्युजिल्यान्डमा ४ उसु खेलाडीले जिते स्वर्ण

काठमाडौं (हाम्रो खेलकुद )- न्युजिल्यान्डमा भएको ‘उसु हिरोज’ प्रथम अन्तर्राष्ट्रिय आमन्त्रण उसु प्रतियोगितामा नेपालले ४ स्वर्ण जितेको छ । विजय सिन्जाली, पासाङ शेर्पा, निमा घर्ती मगर र जुनु स्याङ्बो लामाले स्वर्ण जितेको नेपाल उसु महासंघका उप–महासचिव राजीव महर्जनले जनाएका छन् ।

Success

Thank you for your time.