default_image

2 years ago

March 13, 2022

ललितपुरको विजयी सुरुवात

दिक्षान्स खड्का, हेटौडा वागमती प्रदेश खेलकुद विकास परिषद्को आयोजना भएको प्रथम खेलकुद प्रतियोगिताको अन्तर्गत पुरुष फुटबलमा ललितपुर जिल्लाले विजयी सुरुवात गरेको छ । हेटौंडाको क्याम्पा रंगशालामा ललितपुरले चितवनलाई १–० ले हराएको छ । वसन्त तामाङले ६८ औं मिनेटमा गरेको गोलमा ललितपुर विजयी भएको थियो । वसन्तनै खेलको म्यान अफ दी म्याच घोषित भए । सोमबार […]

87 views

0 Bookmark

दिक्षान्स खड्का, हेटौडा

वागमती प्रदेश खेलकुद विकास परिषद्को आयोजना भएको प्रथम खेलकुद प्रतियोगिताको अन्तर्गत पुरुष फुटबलमा ललितपुर जिल्लाले विजयी सुरुवात गरेको छ । हेटौंडाको क्याम्पा रंगशालामा ललितपुरले चितवनलाई १–० ले हराएको छ ।

वसन्त तामाङले ६८ औं मिनेटमा गरेको गोलमा ललितपुर विजयी भएको थियो । वसन्तनै खेलको म्यान अफ दी म्याच घोषित भए । सोमबार दुईवटा खेल हुनेछन् । पहिलो खेल रामेछाप र सिन्धुपाल्चोक तथा दोस्रो खेल मकवानपुर र नुवाकोटबीच हुने फुटबल खेल संयोजक कल्पना शर्माले जानकारी दिए ।

प्रथम खेलकुद प्रतियोगिताको ब्याटमिन्टन प्रतियोगितामा चितवन, सिन्धुली, रसुवा, काभ्रेपलान्चोक, ललितपुर, रामेछाप, धादिङ र नुवाकोट जिल्ला क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।

March 28, 2024

सुष्मा सेमिफाइनलमा

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी प्रदेशकी सुष्मा तामाङ र कर्णाली प्रदेशकी अस्मिता दुवाल छैटौं वीर गणेशमान सिंह राष्ट्रिय बक्सिङ प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेका छन् । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा जारी प्रतियोगितामा बिहिबार महिला ५० केजीमा सुष्माले मधेश प्रदेशकी मनीषा राई तथा अस्मिताले एपीएफकी सन्जुमाया थिङलाई पराजित गर्दै अन्तिम चारको यात्रा तय गरे । महिला ५४ […]

March 28, 2024

भलिबल संघ र केल्मीबीचको सम्झौता नविकरण

काठमाडौं (हाम्रो खेलकुद)– अन्तर्राष्ट्रिय खेल पोशाक तथा सामग्री निमार्ण कम्पनी केल्मी स्पोर्टस प्रोडक्ट कम्पनीले राष्ट्रिय खेल भलिबललाई आफ्नो प्रायोजनमा निरन्तरता दिएको छ । केल्मीको नेपालका लागि आधिकारिक विक्रेता कामारु ट्रेडिङ प्राली र नेपाल भलिबल संंघबीच बिहीबार ३ वर्षका लागि सम्झौता नविकरण भएको हो । कामारुका निर्देशक प्रदीप न्यौपाने र संघका अध्यक्ष जीतेन्द्रबहादुर चन्दले सम्झौता पत्रमा […]

March 28, 2024

राष्ट्रपतिलाई निमन्त्रणा

काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले १४ औं केन्द्रस्तरीय राष्ट्रपति रनिङ सिल्ड खेलकुद प्रतियोगिताको उद्घाटन समारोहको प्रमुख अतिथिका लागि राष्ट्रपति रामचन्द्र पौडेललाई बिहीबार निमन्त्रणा गरेको छ । राखेपको आयोजनामा १४ औं केन्द्रस्तरीय राष्ट्रपति रनिङ सिल्ड खेलकुद प्रतियोगिता वैशाख ४ देखि ६ गते काठमाडौंमा हुँदैछ । सदस्य सचिव टंकलाल घिसिङले शितल निवासमा राष्ट्रपति […]

Success

Thank you for your time.