3 years ago
August 9, 2022
काठमाडौं (हाम्रो खेलकुद) – किङ्स क्लब काठमाडौं र चिरायु अस्पताल एण्ड मेडिकल इन्स्टिच्युट प्रालिबीच सम्झौता भएको छ । किङ्स र चिरायु अस्पतालबीच खेलाडीसँगै खेलाडीको परिवार र रिफरल्सलाई विशेष सहुलियतमा उपचार गर्नको लागि १ वर्षको लागि सम्झौतामा मंगलबार हस्ताक्षर भएको छ ।

सम्झौतामा किङ्सका तर्फबाट अध्यक्ष अञ्चल शाही र चिरायुको तर्फबाट निर्देशक सन्जीव राजभण्डारीले हस्ताक्षर गरे । सम्झौताअनुसार अस्पतालले क्लबबाट सिफारिस भई आएका खेलाडीसँगै खेलाडीको परिवार र रिफरल्सलाई विशेष सहुलियतमा उपचार सेवा उपलब्ध गराउनेछ ।
क्लबले पनि चिरायु अस्पतालको प्रचार–प्रसारमा सहयोग गर्नेछ । सम्झौतापछि निर्देशक राजभण्डारीले सकेसम्म अस्पताल आउन नपरोस् भन्ने चाहना रहेको र मान्छेको शरीरमा कुनै नै कुनै रोग रहने भएकाले खेलाडीको स्वास्थ्यलाई मध्यनजर गर्दै सम्झौता गरिएको बताए ।
‘सकेसम्म अस्पताल आउन नपरोस् भन्ने चाहना हो । तर, मान्छेको शरीरमा रोग नहुने भन्ने हुँदैन । त्यसैले उपचारको लागि चिरायुलाई नै सम्झेर आँउनको लागि यो सम्झौता एक आधार बन्ने छ ’ निर्देशक राजभण्डारीले भने, ‘स्पोर्ट्स र मेडिसिन परिहार्य छ । चिरायुमा स्पोर्ट्स मेडिसिन निकै राम्रो छ । यहाँबाट पौडीका शिरिष गुरुङ, क्रिकेटका शरद भेषवाकरलगायतले यहीबाट उपचार गराएर गएको उदहारणछ । राम्रो नभएको खण्डमा यहाँ आउने थिएन होला ।’

चिरायुका अपरेसन निर्देशक चन्डेश्वरा राजवैद्यले ३–४ वर्षको सम्बन्धबाट आधिकारिक रुपमा कागजी प्रक्रिया मात्रै पूरा गरेको बताए । उनले चिरायुमा उपचार गराउन उपचारको प्रकृति हेरेर क्लबका कुनै पदाधिकारीको फोन सम्पर्कमार्फत पनि उपचार थालिने र तत्कालै सिफारिस पत्र आवश्यक नपर्ने जानकारी दिए ।
सम्झौता विशेष गरी भलिबल खेलाडीका लागू हुने र अन्य खेलका खेलाडीलाई पनि रहेको क्लबका अध्यक्ष शाहीले बताए । उनले भने ‘हाम्रो विशेष प्राथमिकता भलिबल खेलाडीको लागि हो । अन्य खेलका खेलाडी हाम्रो सम्पर्कमा आएको खण्डमा पनि हामी सिफारिस गरिदिनेछौं ।’
काठमाडौंका बसुन्धारामा रहेको चिरायुले यसअघि विभिन्न प्रतियोगितामा मेडिकल पार्टनरको रुपमा निशुल्क स्वास्थ्य शिविर र जनचेतनामुलक कार्यक्रमहरु सञ्चालन गर्दै आइरहेको छ । किङ्स क्लब काठमाडौं यसै वर्ष स्थापित क्लब हो । क्लबले यसैसाता विनय पन्त स्मृति पुरुष पार्क भलिबल प्रतियोगिताको आयोजना गरेको थियो । क्लबले विभिन्न सामाजिक कार्य पनि गर्दै आइरहेको छ ।
सम्झौता कार्यक्रममा अस्पतालबाट अपरेसन निर्देशक चन्डेश्वर नन्द राजवैद्य, विजनेस डेभलपमेन्ट म्यानेजर हिमाल बहादुर राना, अफिसर नवराज भुजेल, मार्केटिङ अफिसर किरण फुयाल र आइटी अफिसर बसन्त खनाल, किङ्स क्लबका कोषाध्यक्ष गोविन शाही, सचिव लक्ष्मण काप्री र सदस्य अमृत केसीलगायतको उपस्थिति थियो ।
काठमाडौंका बसुन्धारामा रहेको चिरायुले यसअघि विभिन्न प्रतियोगितामा मेडिकल पार्टनरको रुपमा कार्यसँगै निशुल्क स्वास्थ्य शिविर र जनचेतनामुलक कार्यक्रमहरु सञ्चालन गर्दै आइरहेको छ ।
किङ्स क्लब काठमाडौं भर्खरै स्थापित क्लब हो । क्लबले यसैसाता विनय पन्त स्मृति पुरुष पार्क भलिबल प्रतियोगिताको सफलतापूर्वक आयोजना गरेको छ । क्लबले विभिन्न सामाजिक कार्य पनि गर्दै आइरहेको छ ।
सम्झौता कार्यक्रममा अस्पतालबाट अपरेसन निर्देशक चन्डेश्वर नन्द राजवैद्य, विजनेस डेभलपमेन्ट म्यानेजर हिमाल बहादुर राना, अफिसर नवराज भुजेल, मार्केटिङ अफिसर किरण फुयाल र आइटी अफिसर बसन्त खनाल, किङ्स क्लबका कोषाध्यक्ष गोविन शाही, सचिव लक्ष्मण काप्री र सदस्य अमृत केसीलगायतको उपस्थिति रहेको थियो ।
November 9, 2025
नेपालगन्ज (हाम्रो खेलकुद)- धारा नेपालगन्ज म्याराथनले मलेसियामा दशक यात्रा पूरा गर्न सफल शीर्ष म्याराथनमध्येको स्कोर म्याराथनसँग सहकार्य गर्ने भएको छ । मलेसिया र सिंगालपुरमा रनिङ इभेन्ट सन्चालन गर्दै आएको स्कोर स्पोर्ट्स म्यानेजमेन्ट र धारा नेपालगन्ज म्याराथनबीच आपसी भाइचारा स्थापित गर्न संस्कृति विज्ञता सहितको सहयोग आदानप्रदान गर्ने सम्झौता भएको धारा नेपालन्ज म्याराथनका रेस डाइरेक्टर चन्द्रबहादुर गुरुङले […]
November 8, 2025
नेपालगन्ज (हाम्रो खेलकुद)- करण नेपाली र आयुषासिंह ठकुरीले दोस्रो राप्ती सोनारी नेचर रनको उपाधि जितेका छन् । करण छात्र र आयुषा छात्रातर्फ विजयी भएका हुन्। एसोसियसन अफ इन्टरनेसनल म्याराथन एण्ड डिस्टेन्स रेस(एम्स)को बार्षिक कार्यक्रम धारा नेपालगन्ज म्याराथनको भगिनी रनिङ इभेन्ट राप्ती सोनारी नेचर रन स्थानीय स्कुले बालबालिकालाई प्रकृतिको महत्व दर्शाउँदै दौडमा आकर्षिक गर्ने उद्देश्यले गत […]
November 6, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाली टोलीले श्रीलंकामा जारी काभा महिला यु १९ च्याम्पियनसिपमा आज घरेलु टोलीलाई पराजित गरेको छ। नेपालले श्रीलंकालाई ३-१ ले हराएको थियो। नेपालले २५-१८,२६-२४,१९-२५,२५-२० विजयी भएको थियो। नेपालले आफ्नो पहिलो खेलमा कीर्गिस्तानसँग ३-२ ले पराजित भएको थियो। कीर्गिस्तान २२-२५,२५-१४,१८-२५,२५-२२,१५-९ विजयी भएको थियो। च्याम्पियनसिपमा ४ टोलीको मात्र सहभागिता छ। राउन्ड रोबिन लिगपछि अंक तालिकाको […]