3 years ago
September 19, 2022
तनहुँ (हाम्रो खेलकुद) – तनहुँको व्यास युवा क्लबको आयोजनामा व्यास युवा कप २०७९ फुटबल प्रतियोगिता सोमबार सुरु भएको छ ।

व्यास नगरपालिका–४ को व्यवास युवा क्लबले दमौलीको बीपी वन बाटिकाको मैदानमा प्रतियोगिता आयोजना गरेको हो । प्रतियोगिताको उद्घाटन खेलमा भुयङ्गा युथ क्लब टाइब्रेकरमा विजयी भएको छ । भुयङ्गा र बाराही कलेजबीचको खेलको १–१ को बराबरीपछि टाइब्रेकरमा भुयङ्गा क्लब ४–३ गोल विजयी भएको थियो । पहिलो दिनको अर्को खेलमा खेलमा पाटन युथ क्लबले मुनसाइन एफसीलाई ४–० ले हराएको थियो ।
अखिल नेपाल फुटबल संघ एन्फाको प्राविधिक सहयोगमा जारी प्रतियोगिताको विजेताले १ लाख ११ हजार १ सय ११ रुपैयाँ तथा दोस्रो हुने टोलीले ५५ हजार ५ सय ५५ रुपैयाँमा प्राप्त गर्नेछ । प्रतियोगितामा उत्कृष्ट खेलाडी, उत्कृष्ट गोल किपर र सर्वाधिक गोल कर्ताले समान ५ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । युवाहरुलाई फुटबल खेलतर्फ आकर्षण गर्ने र राष्ट्रिय एवं अन्तर्राष्ट्रिय फुटबल खेलाडी उत्पादन गर्ने उद्देश्यले उक्त प्रतियोगिताको आयोजना गरिएको क्लबका अध्यक्ष मिनबहादुर गुरुङले बताए ।

१३ लाख रुपियाँ खर्च हुने अनुमान गरिएको प्रतियोगितालाई व्यास नगरपालिका, स्थानीय सहयोगी संस्था र विदेशमा भएका क्लबका शुभचिन्तकले सहयोग गरेका छन् । नेपालीहरुको महान पर्व विजयादशमी, शुभदिपावली र छठ पर्वको अवसरमा उक्त फुटबल प्रतियोगिताको आयोजना गरिएको हो । प्रतियोगिताको व्यास नगरपालिकाको मेयर बैकुण्ठ न्यौपानेले उद्घाटन गरेका थिए ।
November 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- काठमाडौं स्पाइकर्स आजको खेलमा विजयी भएपनि एभरेष्ट महिला भलिबल लिग (इडब्लुभी) को फाइनल पुग्न असफल भएको छ। पोखरा निन्जाजलाई आज ३-१ ले हराएपनि सेट गुमाएका कारण काठमाडौं फाइनल पुग्न सकेन । योसँगै ललितपुर क्विन्स फाइनलमा पुगेको छ। लिग चरणको अन्तिम खेलको नतिजाले ललितपुरलाई फरक पर्नेछ। लिगको अन्तिम दिन काठमाडौंले लुम्बिनी लायन्स र […]
November 12, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साविक विजेता कर्णाली याशविस एभरेष्ट महिला भलिबल लिग (इडब्लुभी) को फाइनल पुगेको छ। त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा आज मधेश युनाइटेडलाई ३-० को सोझो सेटमा हराउँदै उपाधि नजिक पुगेको हो। एकतर्फी जित निकाल्ने क्रममा कर्णालीले २५-१५,२५-१२,२५-१७ को जित निकालेको थियो। सबै ४ खेल जितेको कर्णालीको १२ अंक पुगेको छ। आज अर्को […]
November 11, 2025
सुशील पन्त क्षेत्री,चितवन नारायणी नदी किनारमा जारी खेलकुद तथा बृहत व्यापार महोत्सवमा ओलम्पियन बैकुण्ठ मानन्धर, सागका दोहोरो स्वर्ण पदक विजेता दीपक श्रेष्ठ, एसियाली खेलकुदकी कीर्तिमानी पदक विजेता करातेकी एरिका गुरुङ सम्मानित भएका छन् । आयोजक चितवन जिल्ला खेलकुद विकास समितिले आज उनीहरुलाई सम्मान गरेको हो । नेपाली खेलकुद क्षेत्रमा पुराएको योगदानको कदर गर्दै समितिले महोत्सवको […]