8 months ago
January 23, 2023
काठमाडौं (हाम्रो खेलकुद)– शसस्त्र प्रहरी बलले खेल पोशाक सामाग्रीलगायत खेलकुद गतिविधिमा सहयोग पुर्याएकोमा तीन संस्थालाई कदर पत्रले सम्मान गरेको छ । २२ औं सशस्त्र प्रहरी दिवसका अवसरमा सोमबार आयोजित कार्यक्रममा कामारु ट्रेडिङ्ग प्रा.लि.(केल्मी नेपाल)का, प्रबन्ध निर्देशक उत्तम न्यौपाने, चौधरी ट्रेडर्सका सञ्चालक प्रमोद चौधरी र ब्ल्याक हर्ष सुज ईन्डष्ट्रिज प्रा.लि.का सञ्चालक चिन बहादुर श्रेष्ठलाई कदर पत्रले […]
काठमाडौं (हाम्रो खेलकुद)– शसस्त्र प्रहरी बलले खेल पोशाक सामाग्रीलगायत खेलकुद गतिविधिमा सहयोग पुर्याएकोमा तीन संस्थालाई कदर पत्रले सम्मान गरेको छ ।
२२ औं सशस्त्र प्रहरी दिवसका अवसरमा सोमबार आयोजित कार्यक्रममा कामारु ट्रेडिङ्ग प्रा.लि.(केल्मी नेपाल)का, प्रबन्ध निर्देशक उत्तम न्यौपाने, चौधरी ट्रेडर्सका सञ्चालक प्रमोद चौधरी र ब्ल्याक हर्ष सुज ईन्डष्ट्रिज प्रा.लि.का सञ्चालक चिन बहादुर श्रेष्ठलाई कदर पत्रले सम्मान गरेको छ । शसस्त्र प्रहरी बलका महानिरीक्षक राजु आर्यालले उनीहरुलाई कदर पत्रले सम्मान गरेका थिए । केल्मीले राष्ट्रिय भलिबल टोलीलाई प्रायोजन गर्दै आएको छ ।
३१ जनालाई आइजी एपिएफ कमेन्डेसन सम्मान
नेपाली खेलकुदमा सर्वाधिक सफल खेलाडी दीपक विष्टसहित प्रशिक्षक र खेलाडीलाई शसस्त्र प्रहरी बलले सोमबार सम्मान गरेको छ । २२औं सशस्त्र प्रहरी दिवस–२०७९को अवसरमा विभिन्न क्षेत्रमा संगठनलाई अनुकरणीय योगदान पु¥याएकोमा संस्थापक महानिरीक्षक स्व. कृष्णमोहन श्रेष्ठ, महानिरीक्षक स्व सहबीर थापा, विष्टसहित ३१ जनालाई पहिलो पटक आइजी एपिएफ कमेन्डेसनबाट सम्मान गरिएको जनाएको छ ।
१३ औं दक्षिण एसियाली खेलकुद (साग) का स्वर्ण पदक विजेता एथलेटिक्स गोपीचन्द्र पार्की, १३ औं साग बीच भलिबलकी कास्य पदक विजेता विनिता बुढाथोकी, नवौं राष्ट्रिय खेलकुदमा कीर्तिमानी खेलाडी रमिताकुमारी थारु, सलिम देवान र राएन गुरुङलाई आइजी एपिएफ कमेन्डेसन सम्मान प्राप्त गरे ।
प्रशिक्षकहरु कुस्तीका खगेन्द्रबहादुर बस्नेत, करातेका दीपक श्रेष्ठ, जिम्याष्टिकका राजेश्वरमान स्थापित, भारोत्तोलनका सञ्जय महर्जन र टेबल टेनिसका राजेन्द्रबहादुर दुलालले पनि आइजी एपिएफ कमेन्डेनस सम्मान प्राप्त गरे । खेलाडी र प्रशिक्षकलाई शसस्त्र प्रहरी महानिरक्षक राजु अर्यालले सम्मान गरेका थिए ।
ओलम्पियन तेक्वान्दो विष्टले सागका ४ संस्करणमा स्वर्ण पदक, एसियाली खेलकुदमा दुई कास्य पदक जितेका थिए । त्यस्तै विष्ट छनोट चरण पार गरेर ओलम्पिक खेल्ने दोस्रो नेपाली खेलाडी हुन् । तेक्वान्दोकै संगिना वैद्य छनोट भएर ओलम्पिक खेल्ने पहिलो नेपाली खेलाडी हुन् । शसस्त्र प्रहरी बल आफ्ना १६ खेलाडीलाई बढुवा पनि दिएको छ ।
September 22, 2023
हाङ्गचौ (हाम्रो खेलकुद) – नेपालका अन्तर्राष्ट्रिय भलिबल रेफ्री पूर्ण प्रसाद चौलागाईं चीनको हाङ्गचौमा जारी १९ औं एसियाली खेलकुदको पुरुष भलिबलमा खेल संचालनका क्रममा विभिन्न जिम्मेवारी निर्वाह गरेका छन् । उद्घाटन समारोह अघि नै सुरु भएको पुरुष भलिबलमा चौलागाईंले विगत चार दिन देखि हरेक दिन जिम्मेवारी पाउँदै आएका छन् । शुक्रबार उनले जापान र काजक्सतानबीचको खेलमा […]
September 22, 2023
काठमाडौं (हाम्रो खेलकुद)– ट्रेकिङ , स्पोर्टस र क्याजुल वेयर कम्पनी हुम्तोको उत्पादन अब नेपालमा पनि विक्री हुने भएको छ । नेपालका लागि हुम्तोको आधिकारिक विक्रेता कुमारी इनकर्पोरेसन प्राली रहेको छ । कुमारीको संस्थापकमा अध्यक्ष सुदर्शन न्यौपानेसहित उत्तम न्यापाने र प्रदीप न्यौपाने रहेका छन् । हुम्तोको मार्केटिङ भने जाल्पा इन्टरनेसनल ग्रुप प्रालीले गर्नेछ । १३ औं […]
September 21, 2023
काठमाडौं (हाम्रो खेलकुद) – खेल पोशाक तथा समाग्री निर्माण कम्पनी लि निङले एसियाली खेलकुद (एसियाड) मा भाग लिने नेपाली म्याराथन धावकद्धय पुष्पा भण्डारी र राजन खत्रीलाई प्रायोजन गरेको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) मा बिहीबार कार्यक्रममार्फत खेलाडीलाई लि निङको किट्स हस्तान्तरण गरिएको थियो ।राखेपका निमित्त सदस्य सचिव सम्राट कुसारी, लि निङको नेपालका लागि आधिकारिक […]