default_image

8 months ago

February 12, 2023

रग्बी लिगमा गोर्खालीको विजयी सुरुवात

काठमाडौं (हाम्रो खेलकुद)– तेस्रो फिफ्टिन्स रग्बी लिगमा गोर्खाली रग्बी क्लबले विजयी सुरुवात गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आइतबार सुरु भएको लिगमा गोर्खालीले हिमालयन टाइगर रग्बी क्लबलाई ६७–१७ ले हराएको छ । ८० मिनेटको खेलको पहिलो हाफमा ४५–१० ले अगाडि लागेको थियो । आजै हुने दोस्रो त्रिभुवन आर्मी क्लब र आकाश भैरव रग्बी क्लबबीच प्रतिस्पर्धा […]

54 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– तेस्रो फिफ्टिन्स रग्बी लिगमा गोर्खाली रग्बी क्लबले विजयी सुरुवात गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आइतबार सुरु भएको लिगमा गोर्खालीले हिमालयन टाइगर रग्बी क्लबलाई ६७–१७ ले हराएको छ ।

८० मिनेटको खेलको पहिलो हाफमा ४५–१० ले अगाडि लागेको थियो । आजै हुने दोस्रो त्रिभुवन आर्मी क्लब र आकाश भैरव रग्बी क्लबबीच प्रतिस्पर्धा हुनेछ । नेपाल रग्बी संघको आयोजना भएको तेस्रो संस्करणको लिगमा ४ टोलीको सहभागिता रहेको छ ।

राउन्ड रोविनका आधारमा हुने लिगको दुई खेल फागुन ३ गते र अन्तिम दुई खेल फागुन ६ गते हुनेछ । राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङले लिगको उद्घाटन गरेका थिए ।

September 25, 2023

अस्ट्रेलियामा ढोरपाटन रनिङ कप महिला र पुरुष भलिबल हुने

सिड्नी (हाम्रो खेलकुद) – ढोरपाटन क्लब अस्ट्रेलियाको आयोजनामा चौथो संस्करणको महिला र पुरुष ढोरपाटन रनिङ कप २०२३ यसै महिना आयोजना हुने भएको छ । एकदिने महिला र पुरुष ढोरपाटन रनिङ कप २०२३ असोज १४ गते आइतबार (अक्टोवर १) अवर्न बास्केटबल सेन्टर लिडकममा हुनेछ । रनिङ कपमा पुरुषतर्फ १० र महिलामा ५ टोलीको सहभागिता रहेको छ […]

September 25, 2023

रेडियन्टलाई  पुष्पसदन कप बास्केटबलमा दोहोरो उपाधि

ललितपुर (हाम्रो खेलकुद)– रेडियन्ट पब्लिक बोर्डिङ स्कुलले आइतबार  तेस्रो पुष्पसदन कप काठमाडौं उपत्यकाव्यापी अन्तर विद्यालय बास्केटबल प्रतियोगितामा दोहोरो उपाधि  जितेको छ । सिनियर र जुनियर ब्वाईजतर्फ दुबैमा रेडियन्टले ब्राईट होराईजन स्कूललाई हराउँदै उपाधि जितेको हो । गल्र्स थ्री बाइ थ्री बास्केटबलको उपाधि भने स्वर्णीम शिक्षा सदन स्कुलले जितेको छ । सिनियर ब्वाईजको फाइनलमा रेडियन्टले ब्राईट […]

September 22, 2023

एसियाडमा अनुभव बटुल्दै भलिबल रेफ्री चौलागाईं 

हाङ्गचौ (हाम्रो खेलकुद) – नेपालका अन्तर्राष्ट्रिय भलिबल रेफ्री पूर्ण प्रसाद चौलागाईं  चीनको हाङ्गचौमा जारी १९ औं एसियाली खेलकुदको पुरुष भलिबलमा खेल संचालनका क्रममा विभिन्न जिम्मेवारी निर्वाह गरेका छन् । उद्घाटन समारोह अघि नै सुरु भएको पुरुष भलिबलमा चौलागाईंले विगत चार दिन देखि हरेक दिन जिम्मेवारी पाउँदै आएका छन् । शुक्रबार उनले जापान र काजक्सतानबीचको खेलमा […]

Success

Thank you for your time.