default_image

9 months ago

September 6, 2024

शान्तिले जितिन् हिमालयन तीज चेसको उपाधि

787 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)- शान्ति धिमालले
‘हिमालयन तीज चेस टोर्नी’ को उपाधि जितेकी छन् ।
हरितालिका तीजको अवसरमा हिमालयन चेस एकेडेमीद्वारा शुक्रवार आयोजित प्रतियोगितामा शतप्रतिशत जितसहित शान्तिले उपाधि जितेकी हुन्।

स्वीस प्रणालीको आधारमा पाँच चरणमा सञ्चालित र्यापिड चेसमा १६५७ रेटिङकी शान्ति पहिलो चरणमा प्रियंशा प्रधान, त्यसपछि इशा कोइराला पौडेल, अनैया सैंजु, निहाना श्रेष्ठ र एन्जल महर्जनलाई पराजित गर्दै सर्वाधिक ५ अंकसहित च्याम्पियन भएकी हुन् ।

३० वर्षीया शान्ति अर्को सातादेखि हंगेरीको बुडापेस्टमा हुने ४५ औं चेस ओलम्पियाड २०२४ खेल्ने नेपाली टोलीकी खेलाडी पनि हुन् ।

दुई वर्षअघि चेन्नाईमा भएको ४४ औं ओलम्पियाडकी अनुभवी खेलाडी शान्तिले तीज चेस टोर्नीमा उपाधि होडको निर्णायक पाँचौं चरणमा १६४६ रेटिङकी एन्जललाई पराजित गर्दै सफलता हासिल गरेकी हुन् ।

निहाना श्रेष्ठ ४ अंकसहित दोश्रो भइन् । समान ४ अंक भएपनि निहानासँग ‘बुबल्स’मा पछाडि परेपछि अनैया संजु तेस्रो भइन् । निहाना र अनैयाले एकमात्र हार शान्तिसँगको खेलमा बेहोरेकी थिइन् ।

हिमालयन चेस एकेडेमीको थापाथलीस्थित चेस हलमा आयोति प्रतियोगितामा यू–१५ मा प्रज्ञा पन्त (४ अंक), यू–१३ मा एन्जल महर्जन (४ अंक), यू–११ मा नायुमा मगर (४ अंक), यू–९ मा प्रज्ना तुलाधर (३ अंक) र यू–७ मा चार्वी खेम्का (३.५ अंक) प्रथम भए । उनीहरू सबै हिमालयन चेस एकेडेमीका खेलाडी हुन् ।

५० वर्षमाथिको भेट्रानतर्फ राधा राई २.५ अंक बटुल्दै पहिलो भइन् । प्रतियोगितामा नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान अन्जिला तुम्बापो सुब्बा, मिडफिल्डर प्रिती राई, अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (समाजवादी) की अध्यक्ष आरती लामा, त्रिभुवन विश्वविद्यालयमा अन्तर्राष्ट्रिय सम्बन्धकी शिक्षक (लेक्चरर) विनिता नेपालीलगायत ३१ खेलाडीले प्रतिस्पर्धा गरेका थिए । प्रतियोगिताको प्राविधिक पक्ष पनि महिलाले नै सम्हालेका थिए ।

एकेडेमीकी संस्थापक मोनालिशा खम्बू, पारालिम्पिक २०२४ मा ऐतिहासिक कांस्यपदक जितेकी तेक्वान्दो खेलाडी पलेशा गोवर्धनका प्रशिक्षक कविराज नेगी लामा, परराष्ट्र मन्त्रालयकी अधिकृत प्रतीज्ञा राईले विजेताहरूलाई पुरस्कार तथा पदक प्रदान गरे ।

गत चैत १ गते उद्घाटन गरिएको हिमालयन चेस एकेडेमीले नियमित रुपमा ७३ जना बालबालिकालाई चेस ट्रेनिङ दिइरहेको छ । उसले आयोजना गरेको तेस्रो प्रतियोगिता हो तीज चेस टोर्नी । उसले यसअघि एसईई कप र हिमालयन १०० सफलतापूर्वक आयोजना गरेको थियो ।

June 15, 2025

टेबल टेनिसमा स्वयम् र निर्जला झापा च्याम्पियन

हिमाल खरेल, बिर्तामोड झापामा संघ गठन भएको झन्डै अढाई दशकपछि आयोजना भएको जिल्लास्तरीय टेबल टेनिस प्रतियोगिताको उपाधि स्वयम् अधिकारी र निर्जला भट्टराईले जितेका छन् । झापाको बिर्तामोडमा भएको प्रतियोगिताको खुला सिंगल स्पर्धामा बिर्तामोडका स्वयम् र अर्जुनधाराकी निर्जलाले सोझो सेटमा जित निकाल्दै झापा च्याम्पियन बनेका हुन् । प्रतियोगितामा पुरुषतर्फ बिर्तामोडका दिपक भेटवाल दोस्रो र अर्जुनधाराका गौरव […]

June 15, 2025

विपना र अरहान्तलाई उपाधि

काठमाडौं (हाम्रो खेलकुद) – शीर्ष वरीयताकी विपना ब्लोन र शीर्ष वरीयता प्राप्त अरहान्त केशर सिंहले १३औं एनएसआरए राष्ट्रिय स्क्वास च्याम्पियनसिपको उपाधि जितेका छन् । विपना र अरहान्तले गत साता सम्पन्न भएकाे प्रथम बागमती प्रेसिडेण्ट स्क्वास कप २०८२ को पनि उपाधि जितेका थिए । नेपाल स्क्वास एन्ड र्‍याकेट्स संघको आयोजनामा सातदोबाटोस्थित आफ्नै भवनमा रहेको स्क्वास कोर्टमा शनिबार […]

June 15, 2025

अस्ट्रेलियामा दिवसले जिते स्वर्ण

काठमाडौं (हाम्रो खेलकुद) – छ वर्ष अघि स्वदेश मै भएको १३औं दक्षिण एसियाली खेलकुद (साग) का रजत विजेता कराते खेलाडी दिवस श्रेष्ठले अस्ट्रेलियामा न्यु साउथ वेल्स (एनएसडब्लु) कपमा स्वर्ण पदक जितेका छन् । अस्ट्रेलियाको सिड्नीमा भएको प्रतियोगितामा दिवसले पुरुष सिनियर १८ वर्षमाथि उमेर समूहको ७५ केजीमाथि एलिट समूहमा स्वर्ण जितेको कराते प्रशिक्षक कुशल श्रेष्ठले जनाएका […]

Success

Thank you for your time.