1 year ago
September 10, 2024
काठमाडौं (हाम्रो खेलकुद)- एनएसजेएफ–पल्सर स्पोर्ट्स अवार्ड २०८०’ को २१ औं संस्करणमा पनि अन्तर्राष्ट्रिय स्पोर्ट्स ब्रान्ड केल्मीको नेपालको आधिकारिक विक्रेता कामरु ट्रेडिङ प्रालिले सहप्रायोजनलाई निरन्तरता दिएको छ ।
नेपाल खेलकुद पत्रकार मञ्चको आयोजना नेपाल प्रज्ञा प्रतिष्ठानमा शुक्रवार हुने पल्सर स्पोर्ट्स अवार्डको सहप्रायोजनका लागि कामरुका प्रबन्ध निर्देशक उत्तम न्यौपाने र मञ्चका महासचिव प्रज्वल ओलीले सम्झौतापत्रमा मंगलवार हस्ताक्षर गरे ।
कामरुका निर्देशक न्यौपानेले स्पोर्ट्स अवार्डसँग पुनः सहकार्यको अवसरका लागि गर्न आभार व्यक्त गर्दै नेपाली खेलकुदको विकास र प्रबर्दधन कार्यमा आफ्नो तर्फबाट निरन्तर सहयोग रहने बताए ।
कामरु ट्रेडिङ प्रालि अन्तर्राष्ट्रिय स्पोर्ट्स ब्रान्ड केल्मीबाट उत्पादित सामग्रीको बिक्री–वितरण गर्ने नेपालको आधिकारिक संस्था हो ।
सह–प्रायोजक बनेवापत् केल्मी नेपालले अवार्डमा मञ्चका सदस्यका लागि केल्मी ब्रान्डको पोसाक उपलब्ध गराउने बताइएको छ।
पल्सर स्पोर्ट्स अवार्डअन्तर्गत ५ विधाको मनोनयन सार्वजनिक भइसकेको छ । यसपालि वर्ष खेलाडी पुरुष, महिला, युवा र प्रशिक्षक विधामा समान ५ खेलाडी/प्रशिक्षकको मनोनयन भइसकेको छ ।
त्यसमध्येबाट अवार्ड कार्यक्रमको दिन विजेता घोषणा हुनेछ । पिपल्स च्वाइस विधाको मनोनयन पनि सार्वजनिक भइसकेको छ ।
पिपल्स च्वाइस विधाको मनोनयनमा गुलसन झा (क्रिकेट), कविता भट्ट (भलिबल), मानमती विष्ट (कबड्डी), प्रीति राई (फुटबल) र श्रीराम श्रेष्ठ (रग्बी) रहेका छन् । उनीहरूको ई–सेवाबाट भोटिङ भइरहेको छ ।
त्यसबाहेक आयोजक मञ्चको आधिकारिक फेसबुक पेज र मुख्य प्रायोजक हंशराज हुलासचन्द कम्पनीको आधिकारिक फेसबुक पेज पल्सर बाट लाइक, सेयर र कमेन्ट गरेर पनि भोट गर्न सकिन्छ । त्यसबाहेक राष्ट्रिय खेलकुद संघका प्रमुख प्रशिक्षक र खेलकुद पत्रकार मञ्चका सदस्यले मत दिन पाउनेछन् ।
December 6, 2025
हिमाल खरेल, बिर्तामोड न्यु डायमन्ड क्लबका प्रशिक्षक कुमार राई झापामा १ लाख रुपैयाँसहित सम्मानित भएका छन् । झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगिताको दौरान राईलाई सम्मान गरिएको हो । बिर्तामोड तथा अर्जुनधाराका विभिन्न व्यक्ति तथा व्यावसायिक प्रतिष्ठानहरुले राष्ट्रिय यु १९ महिला टोलीका प्रशिक्षक समेत रहेका राईलाई १ लाख रुपैयाँभन्दा बढी धनराशिसहित आज सम्मान […]
December 6, 2025
हिमाल खरेल, बिर्तामोड नेपाल एपिएफ क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । आज भएको अन्तिम सेमिफाइनल खेलमा न्यु डायमन्ड क्लबलाई ३–१ को सेटमा पराजित गर्दै एपिएफ उपाधिनजिक पुगेको हो । प्रतिस्पर्धात्मक खेलमा एपिएफले पहिलो, दोस्रो र चौथो सेटमा न्यु डायमन्डलाई हराएको हो । एपिएफ २५–२२, २५–१६ ,२२-२५ र […]
December 6, 2025
हिमाल खरेल,बिर्तामोड नेपाल पुलिस क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगिताको फाइनलमा पुगेको छ। आज भएको पहिलो सेमिफाइनल खेलमा अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै पुलिस उपाधिनजिक पुगेको हो । पुलिसले आर्मीलाई २५-६, २५-१५ र २५-१७ को सोझो सेटमा हराएको हो । पुलिसले कम्तिमा १ लाख रुपैयाँ […]