1 year ago
September 13, 2024
काठमाडौं (हाम्रो खेलकुद)- पल्सर स्पोर्ट्स अवार्ड २०८० मा शुक्रवार लाइफ टाइम अचिभमेन्ट अवार्डबाट नेपाल क्रिकेट संघ (क्यान) का पूर्व अध्यक्ष विनयराज पाण्डे सम्मानित भएका छन्।
क्यानका संस्थापक मध्ये एक हुन् , पाण्डे। सन् १९६० को दशकमा हुने गरेको मदन मेमोरियल र विष्णु ट्रफी प्रतियोगिता नियमित हुन नसकेपछि एउटा संगठित संघ गठन गर्ने सल्लाह भयो। जहाँ जय कुमारनाथ शाह अध्यक्ष र पाण्डे महासचिवको जिम्मेवारीमा रहे।
यसपछि उनले नेपाली क्रिकेटको विकासमा ६ दशक भन्दा वढी समय दिएका छन। १९६४ देखि २००२ सम्म ३८ वर्ष उनी महासचिवको जिम्मेवारीमा रहे।
घरेलु संरचना, जिल्लामा विस्तार, उमेर समुहको प्रतियोगिता अनि अन्तर्राष्ट्रिय क्रिकेटमा पाइला वढाउने क्रममा आइसीसी र एसीसीको मान्यता, अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा प्रवेश र एकपछि अर्को सफलतामा पाण्डेको भुमिका महत्वपूर्ण रह्यो।
२००५ देखि २०११ सम्म पाण्डे क्यानको अध्यक्षको पदमा रहे। त्यस्तै उनी एसियाली क्रिकेट परिषद (एसीसी) को केन्द्रिय सदस्य हुंदै उपाध्यक्ष सम्मको जिम्मेवारीमा पुगेका थिए। अन्तराष्ट्रिय सम्बन्ध स्थापित र विस्तराम उनको भुमिका विशेष रह्यो।
नेपाल आइसिसीको प्रतिबन्धमा परेपछि पुन प्रतिबन्ध फुकाउन उनले खेलेको भूमिका सँधै स्मरणीय रहनेछ। आइसिसी र एसिसीबाट प्राप्त लाइफटाइम सर्भिस अवार्ड उनले प्राप्त गरेको ठूलो पदक हो।
यीनै योगदानको कदर गर्दै पाण्डेलाई मञ्चले लाइफ टाइम अचिभमेन्ट अवार्ड सम्मान गरेको हो। उनलाई १ लाख रुपैयाँ प्रदान गरियो।
यो अवार्ड ग्रहण गरेपछि पाण्डेले नेपालमा एउटा मात्र अन्तराष्ट्रिय क्रिकेट मैदान मात्र भएपनि नेपालले दुई पटक विश्व कप जितेको बताए । उनले भौतिक पुर्वाधारको अभाव भएपनि नेपाली क्रिकेटमा प्रतिभाको कमी नभएको जिकिर गरे। उनले राष्ट्रिय खेलकुद परिषद, टियु विश्वविद्यालय र टियु मैदान निर्माण गरेको जी टिभीलाई पनि सम्झिए।
December 6, 2025
हिमाल खरेल, बिर्तामोड न्यु डायमन्ड क्लबका प्रशिक्षक कुमार राई झापामा १ लाख रुपैयाँसहित सम्मानित भएका छन् । झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगिताको दौरान राईलाई सम्मान गरिएको हो । बिर्तामोड तथा अर्जुनधाराका विभिन्न व्यक्ति तथा व्यावसायिक प्रतिष्ठानहरुले राष्ट्रिय यु १९ महिला टोलीका प्रशिक्षक समेत रहेका राईलाई १ लाख रुपैयाँभन्दा बढी धनराशिसहित आज सम्मान […]
December 6, 2025
हिमाल खरेल, बिर्तामोड नेपाल एपिएफ क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । आज भएको अन्तिम सेमिफाइनल खेलमा न्यु डायमन्ड क्लबलाई ३–१ को सेटमा पराजित गर्दै एपिएफ उपाधिनजिक पुगेको हो । प्रतिस्पर्धात्मक खेलमा एपिएफले पहिलो, दोस्रो र चौथो सेटमा न्यु डायमन्डलाई हराएको हो । एपिएफ २५–२२, २५–१६ ,२२-२५ र […]
December 6, 2025
हिमाल खरेल,बिर्तामोड नेपाल पुलिस क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगिताको फाइनलमा पुगेको छ। आज भएको पहिलो सेमिफाइनल खेलमा अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै पुलिस उपाधिनजिक पुगेको हो । पुलिसले आर्मीलाई २५-६, २५-१५ र २५-१७ को सोझो सेटमा हराएको हो । पुलिसले कम्तिमा १ लाख रुपैयाँ […]