1 year ago
September 15, 2024
काठमाडौं (हाम्रो खेलकुद)– नेपालका सिएम विवेक थिङले ओलम्पिक रिङ एक्स्ंपो क्लासिक बुद्धिचाल प्रतियोगितामा आफ्नो व्यक्तिगत रेटिङ १९.४ बढाएर २३०१.४ रेटिङ पु¥याउदै पर्फोमेन्सका आधारका नेपाल कै पहिलो फिडे मास्टरको टाइटल प्राप्त गरेका छन् ।
हंगेरी चेस फेडेरेसनको आयोजनामा सञ्चालन भइरहेको ओलम्पिक रिङ एक्स्पो क्लासिक बुद्धिचाल स्पर्धमा नेपालका क्याण्डिडेट मास्टर विवेकले एकल अग्रता कायम गरेका छन् । अन्तर्राष्ट्रिय प्रतियोगितामा रेटिङ २२८२ प्राप्त सिएम विवेकले चौथो चरणको खेलमा दोश्रो वरियताका २२७८ रेटेड हंगेरियन अन्तर्राष्ट्रिय मास्टर टर्जु अटिलालाई पराजित गरेका छन् ।
हंगेरीको बुढापेष्ट स्थित स्पोर्ट्स हलमा चलिरहेको अन्तर्राष्ट्रिय खुल्ला रेटिङ बुद्धिचाल प्रतियोगितामा नेपालका उच्च रेटेड खेलाडी सिएम विवेक शीर्ष वरियतामा रहेका छन् । विश्वका ११ राष्ट्र सहभागी प्रतियोगितामा चौथो चरण सम्म २६ अन्तर्राष्ट्रिय खेलाडीहरु प्रतिस्पर्धा गरिरहेका छन् ।
विवेकले पहिलो चरणमा जर्मनका हाहन निक्लासलाई , दोश्रो चरणमा हंगेरिका बाकी बेन्स र तेश्रो चरणको खेलमा अर्का हंगेरियन २११९ रेटेड अन्तर्राष्ट्रिय मास्टर मेस्जारोस आन्द्रासलाई हाराएका थिए ।
स्पर्धामा ४ चरणको खेल सकिदा सम्म विवेकले ४ अंक जोडेका छन् । दोश्रो स्थानका ३.५ अंक प्राप्त इटालिका २०७० रेटेड ला बार्बेरा मानफ्रेडि सँग विवेकले पाँचौ चरणमा प्रतिस्पर्धा गर्ने छन् । ३ अंकका साथ तेश्रो स्थानमा हंगेरिका मेस्जारोस आन्द्रास, युक्रेनका सज्तोज्का साज्दोर र युएईका सिएम मोहम्मद सइद लाइली छन् ।
नेपालका शीर्ष २२८२ रेटेड खेलाडी सिएम विवेकले यस प्रतियोगितामा २८५० रेटिङ्ग पर्फोमेन्स गरेका छन्। प्रतियोगिता ९ चरणको खेल हुनेछ । २१ सेप्टेम्बर सम्म चल्ने खेलमा नेपालका विवेक अष्ट्रेलियाबाट हंगेरी पुगेका थिए ।
December 6, 2025
हिमाल खरेल, बिर्तामोड न्यु डायमन्ड क्लबका प्रशिक्षक कुमार राई झापामा १ लाख रुपैयाँसहित सम्मानित भएका छन् । झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगिताको दौरान राईलाई सम्मान गरिएको हो । बिर्तामोड तथा अर्जुनधाराका विभिन्न व्यक्ति तथा व्यावसायिक प्रतिष्ठानहरुले राष्ट्रिय यु १९ महिला टोलीका प्रशिक्षक समेत रहेका राईलाई १ लाख रुपैयाँभन्दा बढी धनराशिसहित आज सम्मान […]
December 6, 2025
हिमाल खरेल, बिर्तामोड नेपाल एपिएफ क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । आज भएको अन्तिम सेमिफाइनल खेलमा न्यु डायमन्ड क्लबलाई ३–१ को सेटमा पराजित गर्दै एपिएफ उपाधिनजिक पुगेको हो । प्रतिस्पर्धात्मक खेलमा एपिएफले पहिलो, दोस्रो र चौथो सेटमा न्यु डायमन्डलाई हराएको हो । एपिएफ २५–२२, २५–१६ ,२२-२५ र […]
December 6, 2025
हिमाल खरेल,बिर्तामोड नेपाल पुलिस क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगिताको फाइनलमा पुगेको छ। आज भएको पहिलो सेमिफाइनल खेलमा अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै पुलिस उपाधिनजिक पुगेको हो । पुलिसले आर्मीलाई २५-६, २५-१५ र २५-१७ को सोझो सेटमा हराएको हो । पुलिसले कम्तिमा १ लाख रुपैयाँ […]