7 months ago
May 10, 2025
पोखरा (हाम्रो खेलकुद)- नवौं पोखरा स्पोर्टस् अवार्डमा वर्ष खेलाडीको उपाधि महिलातर्फ अरुणा शाही र पुरुषतर्फ विश्वास अधिकारीले जितेका छन् ।
नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले शुक्रवार पोखरामा आयोजना गरेको समारोहमा मनोनयनमा परेका उत्कृष्ट ३ मध्ये वर्ष खेलाडी महिलातर्फ भलिबलकी अरुणा वर्ष खेलाडी घोषित भएकी हुन् ।
पुरुषतर्फ भलिबलकै विश्वास अधिकारी वर्ष खेलाडी बनेका हुन् । दुवैले टेल्जी इलेक्ट्रिक स्कुटर साथमा अवार्ड प्राप्त गरे।
वर्ष खेलाडी महिला विधामा आइटिएफ तेक्वान्दो/ मुआथाईकी सुस्मिता थापा मगर र फेन्सिङकी कृपा गुरुङ समेत मनोनयनमा परेका थिए ।
पुरुषतर्फ टेनिसका प्रदिप खड्का र फुटबलका सुमित श्रेष्ठ थिए । अरुणा नेपाली महिला भलिबल राष्ट्रिय टोलीकी कप्तान हुन् ।
पुरुषतर्फ वर्ष खेलाडी विश्वा नवलपुर बौद्धिकाली गाउँपालिका ३ बाझोबारीका उनले २ वर्षअघि गण्डकी प्रदेशको टोलीबाट डेब्यु गरेका थिए । मिडल ब्लकर विश्वास सम्मिलित टोलीले श्रीलंकामा गत वर्ष भएको काभा यु–२० भलिबल च्याम्पियनसिपमा रजत पदक जितेको थियो ।
त्यस्तै मञ्चले लाइफटाइम अचिभेमन्ट अवार्डबाट शुटिङकी प्रशिक्षक भगवती खत्री केसीलाई सम्मान गरेको छ ।
उदीयमान खेलाडीतर्फ क्रिकेटकी रचना चौधरी उत्कृष्ट बनिन् । सो विधामा भलिबलका जितबहादुर सार्की र एथ्लेटिक्सका बादल कार्की समेत उपाधि होडमा थिए ।
टेनिसका नीरज थापा र भलिबलका रमेश केसीलाई पछि पार्दै उत्कृष्ट प्रशिक्षक फुटबलका राजेन्द्र तामाङ बने । उत्कृष्ट खेल संस्थाको अवार्ड म्याग्दी जिल्ला भलिबल संघले प्राप्त गर्यो। वर्ष उत्कृष्ट खेल पत्रकारको अवार्ड विजय नेपालले पाए । उनीले समान ३५ हजारसहित अवार्ड प्राप्त गरे ।
मञ्च गण्डकीले २०७२ सालदेखि हरेक वर्ष पोखरा स्पोर्टस् अवार्ड गर्दै आइरहेको छ ।
December 6, 2025
हिमाल खरेल, बिर्तामोड न्यु डायमन्ड क्लबका प्रशिक्षक कुमार राई झापामा १ लाख रुपैयाँसहित सम्मानित भएका छन् । झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगिताको दौरान राईलाई सम्मान गरिएको हो । बिर्तामोड तथा अर्जुनधाराका विभिन्न व्यक्ति तथा व्यावसायिक प्रतिष्ठानहरुले राष्ट्रिय यु १९ महिला टोलीका प्रशिक्षक समेत रहेका राईलाई १ लाख रुपैयाँभन्दा बढी धनराशिसहित आज सम्मान […]
December 6, 2025
हिमाल खरेल, बिर्तामोड नेपाल एपिएफ क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । आज भएको अन्तिम सेमिफाइनल खेलमा न्यु डायमन्ड क्लबलाई ३–१ को सेटमा पराजित गर्दै एपिएफ उपाधिनजिक पुगेको हो । प्रतिस्पर्धात्मक खेलमा एपिएफले पहिलो, दोस्रो र चौथो सेटमा न्यु डायमन्डलाई हराएको हो । एपिएफ २५–२२, २५–१६ ,२२-२५ र […]
December 6, 2025
हिमाल खरेल,बिर्तामोड नेपाल पुलिस क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगिताको फाइनलमा पुगेको छ। आज भएको पहिलो सेमिफाइनल खेलमा अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै पुलिस उपाधिनजिक पुगेको हो । पुलिसले आर्मीलाई २५-६, २५-१५ र २५-१७ को सोझो सेटमा हराएको हो । पुलिसले कम्तिमा १ लाख रुपैयाँ […]