2 months ago
October 19, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल नम्बर एक एमेच्योर गल्फर सदभाव आचार्य र राहुल विश्वकर्माले दुबईस्थित इमिरेट्स गल्फ क्लबमा हुने एसिया-प्यासिफिक एमेच्योर च्याम्पियनसिप खेल्दैछन्।
अक्टोबर २३ देखि २६ सम्म हुने च्याम्पियनसिपमा भाग लिन जाने राहुललाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङले आज बिदाइ गरे।
अमेरिकामा उच्च अध्ययनसँगै एनसिएए डिभिजन वान खेलिरहेका सदभाव सिधै दुबई जानेछन्। राहुल सोमवार दुबई प्रस्थान गर्नेछन्।
सदभाव र राहुल दुवैले प्रतियोगिता सुरु हुनु अघि दुई अभ्यास राउन्ड खेल्नेछन्। उक्त च्याम्पियनसिपमा एसिया-प्यासिफिक क्षेत्रका उत्कृष्ट एमेच्योर खेलाडीले प्रतिस्पर्धा गर्नेछन।
यो प्रतियोगितामा नेपालको अहिलेसम्मको उत्कृष्ट प्रदर्शन गर्ने खेलाडी सुवास तामाङ हुन्। उनले २०२२ मा कट बनाएका थिए। उनी बाहेक अन्य नेपाली गल्फ खेलाडीले कट बनाउन सकेका छैनन्।
यो पटक सदभावले अमेरिकाको अनुभव र राहुलले पनि भारतको तरूण सरदेशाई एकेडेमीमा प्रशिक्षण गरेर तयारी गरेका छन्। त्यसैले उत्कृष्ट नतिजाको अपेक्षा गरिएको छ।
एसिया-प्यासिफिक एमेच्योर च्याम्पियनसिपको विजेताले द मास्टर्स प्रतियोगिता र द ओपन च्याम्पियनसिपमा स्थान बनाउनेछन्।
December 6, 2025
हिमाल खरेल, बिर्तामोड न्यु डायमन्ड क्लबका प्रशिक्षक कुमार राई झापामा १ लाख रुपैयाँसहित सम्मानित भएका छन् । झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगिताको दौरान राईलाई सम्मान गरिएको हो । बिर्तामोड तथा अर्जुनधाराका विभिन्न व्यक्ति तथा व्यावसायिक प्रतिष्ठानहरुले राष्ट्रिय यु १९ महिला टोलीका प्रशिक्षक समेत रहेका राईलाई १ लाख रुपैयाँभन्दा बढी धनराशिसहित आज सम्मान […]
December 6, 2025
हिमाल खरेल, बिर्तामोड नेपाल एपिएफ क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । आज भएको अन्तिम सेमिफाइनल खेलमा न्यु डायमन्ड क्लबलाई ३–१ को सेटमा पराजित गर्दै एपिएफ उपाधिनजिक पुगेको हो । प्रतिस्पर्धात्मक खेलमा एपिएफले पहिलो, दोस्रो र चौथो सेटमा न्यु डायमन्डलाई हराएको हो । एपिएफ २५–२२, २५–१६ ,२२-२५ र […]
December 6, 2025
हिमाल खरेल,बिर्तामोड नेपाल पुलिस क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगिताको फाइनलमा पुगेको छ। आज भएको पहिलो सेमिफाइनल खेलमा अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै पुलिस उपाधिनजिक पुगेको हो । पुलिसले आर्मीलाई २५-६, २५-१५ र २५-१७ को सोझो सेटमा हराएको हो । पुलिसले कम्तिमा १ लाख रुपैयाँ […]