default_image

2 weeks ago

October 28, 2025

मल्ल लुम्बिनी स्पोर्टस अवार्ड छनोट समिति संयोजक

136 views

0 Bookmark

नेपालगन्ज (हाम्रो खेलकुद)- लुम्बिनी स्पोर्टस अवार्ड छनोट समितिको संयोजकमा रमेश मल्ललाई मनोनित भएका छन् ।‌

आयोजक रंगशाला नेपाल मिडिया प्रालीले अवार्डको छनोट समिति संयोजकमा फोटो पत्रकार, सुटिङ खेलका पूर्व राष्ट्रिय खेलाडी तथा साईक्लिस्ट मल्ललाई छनोट गरिएको जनाएको छ ।

नेपालगन्जमा मंसिर १८ गते प्रथम लुम्बिनी स्पोर्टस अवार्ड–२०८२ हुँदैछ । मल्ल फोटो पत्रकारितासँगै खेलकुद प्रतियोगिता व्यवस्थापनमा पनि सक्रिय छन्। उनले नेपाल फोटो फेस्टिवलमा पनि छनोट समितिमा बसेर जिम्मेवारी निर्वाह गरेका छन् ।

मल्लले आयोजकलाई धन्यवाद दिएका छन् । उनले भने, ‘लुम्बिनी प्रदेशको लागि यो खुसीको कुरा हो । खेलाडी र खेलकर्मीको सम्मान गर्नु हाम्रो दायित्व हो । खेलले कुनै धर्म, समुदाय, वर्ग नभनेर आफनो समाज अनि देशलाई चिनाउने काम गरेको हुन्छ । खेलाडीले पनि राष्ट्रको गौरव बढाउन महत्वपुर्ण भूमिका निर्वाह गरिरहनु भएको हुन्छ । उहाँहरुको सम्मान हामीले गर्नु पर्छ । लुम्बिनी स्पोर्टस अवार्डले त्यो अभिभारा पूरा गर्ने विश्वास छ ।’

आयोजकले यसअघि अवार्डको संयोजकमा चाहना शाह र प्रचार–प्रसार संयोजकमा खेल पत्रकार गजे थापा(जी.थापा)मनोनित गरेको थियो ।

उत्कृष्ट पुरुष खेलाडी , उत्कृष्ट महिला खेलाडी, लाईफ टाइभ अचिभमेन्ट र उत्कृष्ट टिम गरि ४ विधामा अवार्ड प्रदान गरिने आयोजकले जनाएको छ । अवार्डलाई अन्तराष्ट्रिय स्पोर्टस ब्रान्ड केल्मीले सह–प्रायोजन गरेको छ ।

November 13, 2025

काठमाडौंले सेट गुमाएपछि ललितपुर फाइनलमा

काठमाडौं (हाम्रो खेलकुद)- काठमाडौं स्पाइकर्स आजको खेलमा विजयी भएपनि एभरेष्ट महिला भलिबल लिग (इडब्लुभी) को फाइनल पुग्न असफल भएको छ। पोखरा निन्जाजलाई आज ३-१ ले हराएपनि सेट गुमाएका कारण काठमाडौं फाइनल पुग्न सकेन । योसँगै ललितपुर क्विन्स फाइनलमा पुगेको छ। लिग चरणको अन्तिम खेलको नतिजाले ललितपुरलाई फरक पर्नेछ। लिगको अन्तिम दिन काठमाडौंले लुम्बिनी लायन्स र […]

November 12, 2025

कर्णाली यशविस इडब्लुभीको फाइनलमा

काठमाडौं (हाम्रो खेलकुद)- साविक विजेता कर्णाली याशविस एभरेष्ट महिला भलिबल लिग (इडब्लुभी) को फाइनल पुगेको छ। त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा आज मधेश युनाइटेडलाई ३-० को सोझो सेटमा हराउँदै उपाधि नजिक पुगेको हो। एकतर्फी जित निकाल्ने क्रममा कर्णालीले २५-१५,२५-१२,२५-१७ को जित निकालेको थियो। सबै ४ खेल जितेको कर्णालीको १२ अंक पुगेको छ। आज अर्को […]

November 11, 2025

मानन्धर, श्रेष्ठ र गुरुङलाई सम्मानित

सुशील पन्त क्षेत्री,चितवन नारायणी नदी किनारमा जारी खेलकुद तथा बृहत व्यापार महोत्सवमा ओलम्पियन बैकुण्ठ मानन्धर, सागका दोहोरो स्वर्ण पदक विजेता दीपक श्रेष्ठ, एसियाली खेलकुदकी कीर्तिमानी पदक विजेता करातेकी एरिका गुरुङ सम्मानित भएका छन् । आयोजक चितवन जिल्ला खेलकुद विकास समितिले आज उनीहरुलाई सम्मान गरेको हो । नेपाली खेलकुद क्षेत्रमा पुराएको योगदानको कदर गर्दै समितिले महोत्सवको […]

Success

Thank you for your time.