default_image

2 weeks ago

October 29, 2025

आरसिएचजी र अवानीबीच सम्झौता

119 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)- रोटरी क्लब अफ हिमालयन गल्फर्स (आरसिएचजी) र युवा गल्फर अवानी राईबीच आज सम्झौता भएको छ।

भारतमा व्यावसायिक गल्फ प्रशिक्षण तथा अध्ययनका लागि अवानीको अभिभावक मनोज खालिङ र आरसिएचजीका अध्यक्ष दमन घलेबीच सम्झौता भएको हो। सम्झौतामा अवानीको पनि उपस्थिति थियो।

सम्झौता अनुसार आरसिएचजीले अवानीलाई भारतको बेंगलोरस्थित तरुण सरदेसाई गल्फ एकेडेमीमा एक वर्षको अध्ययन र प्रशिक्षणको छात्रवृत्ति प्रदान गर्नेछ।

अवानीको प्रशिक्षण र अध्ययनमा लाग्ने कुल खर्च मध्ये ८० प्रतिशत आरसिएचजीले र बाँकी २० प्रतिशत परिवारले व्योहर्ने सम्झौतामा उल्लेख छ। उनको एक वर्षको खर्च २५ देखि ३० लाख रुपैयाँ लाग्ने अनुमान गरिएको छ।

यो छात्रवृत्ति आरसिएचजीको प्रमुख परियोजना ‘गल्फ फर अल’ अन्तर्गतको पहिलो कार्यक्रम हो। जसको उद्देश्य देशभरका युवा विशेषगरी महिलालाई गल्फ खेलप्रति आकर्षित गर्दै अवसर सिर्जना गर्नु हो।

कार्यक्रममा अध्यक्ष दमन घलेले सम्झौता नेपालका युवा प्रतिभामा लगानी गर्ने आरसिएचजीको प्रतिबद्धताको प्रतीक भएको बताए। उनले भने, ‘यो साझेदारी अवानीको सम्भावना र नेपाली गल्फको उज्ज्वल भविष्यप्रति हाम्रो विश्वासको अभिव्यक्ति हो।’

अवानीका पिता मनोज खालिङले क्लबप्रति आभार व्यक्त गर्दै भने, ‘हामी रोटरी क्लब अफ हिमालयन गल्फर्सप्रति हृदयदेखि आभारी छौं, जसले अवानीको समर्पणलाई पहिचान गरेर उसको सपना पूरा गर्न सहयोग गरेको छ।’

यही अभियानका लागिआरसीएचजीले शनिबार गोकर्ण फरेस्ट रिसोर्टमा ‘द हिमालयन स्विङ ओपन २०२५’ च्यारिटी गल्फ प्रतियोगिता आयोजना गर्दैछ। प्रतियोगिताबाट क्लबले ४० देखि ५० लाख रुपैयाँ संकलन गर्ने योजना बनाएको छ।

November 9, 2025

धारा नेपालगन्ज र मलेसियाको स्कोर म्याराथनबीच सहकार्य

नेपालगन्ज (हाम्रो खेलकुद)- धारा नेपालगन्ज म्याराथनले मलेसियामा दशक यात्रा पूरा गर्न सफल शीर्ष म्याराथनमध्येको स्कोर म्याराथनसँग सहकार्य गर्ने भएको छ । मलेसिया र सिंगालपुरमा रनिङ इभेन्ट सन्चालन गर्दै आएको स्कोर स्पोर्ट्स म्यानेजमेन्ट र धारा नेपालगन्ज म्याराथनबीच आपसी भाइचारा स्थापित गर्न संस्कृति विज्ञता सहितको सहयोग आदानप्रदान गर्ने सम्झौता भएको धारा नेपालन्ज म्याराथनका रेस डाइरेक्टर चन्द्रबहादुर गुरुङले […]

November 8, 2025

करण र आयुषालाई राप्ती सोनारी नेचर रनको उपाधि

नेपालगन्ज (हाम्रो खेलकुद)- करण नेपाली र आयुषासिंह ठकुरीले दोस्रो राप्ती सोनारी नेचर रनको उपाधि जितेका छन् । करण छात्र र आयुषा छात्रातर्फ विजयी भएका हुन्। एसोसियसन अफ इन्टरनेसनल म्याराथन एण्ड डिस्टेन्स रेस(एम्स)को बार्षिक कार्यक्रम धारा नेपालगन्ज म्याराथनको भगिनी रनिङ इभेन्ट राप्ती सोनारी नेचर रन स्थानीय स्कुले बालबालिकालाई प्रकृतिको महत्व दर्शाउँदै दौडमा आकर्षिक गर्ने उद्देश्यले गत […]

November 6, 2025

नेपालसँग श्रीलंका पराजित

काठमाडौं (हाम्रो खेलकुद)- नेपाली टोलीले श्रीलंकामा जारी काभा महिला यु १९ च्याम्पियनसिपमा आज घरेलु टोलीलाई पराजित गरेको छ। नेपालले श्रीलंकालाई ३-१ ले हराएको थियो। नेपालले २५-१८,२६-२४,१९-२५,२५-२० विजयी भएको थियो। नेपालले आफ्नो पहिलो खेलमा कीर्गिस्तानसँग ३-२ ले पराजित भएको थियो। कीर्गिस्तान २२-२५,२५-१४,१८-२५,२५-२२,१५-९ विजयी भएको थियो। च्याम्पियनसिपमा ४ टोलीको मात्र सहभागिता छ। राउन्ड रोबिन लिगपछि अंक तालिकाको […]

Success

Thank you for your time.